नारायण भण्डारी हङकङ २५ अप्रिल २०२२
हङकङमा कोरोनाको पाचौ लहरले विदा माग्नै थालेको छ। दैनिक रुपमा ओरालो लाग्दै आएको कोरोना संक्रमित आज ४३१ वचा केसहरू छन जसमा २४२ जनामा न्यूक्लिक एसिड परीक्षण र पुष्टि भएको छ भने र्यापिड एन्टिजेन टेस्ट (RAT) अनलाइन मार्फत १८९ वटा केसहरू पुष्टि भयो। पाँचौं लहरमा हालसम्म कुल १,१८९,६६० जना संक्रमित भएका छन।
आज १६ केस आयातित रहेका छन। तीमध्ये ७ जना हिजो आइपुगेका थिए भने ९ जना पहिले आइपुगेका थिए । आज नयाँ पुष्टि भएका २४२ जनामा अस्पताल प्राधिकरणबाट ६७, स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशालाबाट ४७ र बाँकी १२८ निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष पुष्टि भएका केसहरु रहेका छन ।परीक्षण गरिएका ९६ मामिलाहरूमध्ये डेल्टा भेरियन्ट समावेश भएको कुनै पनि केस थिएन।
६०० भन्दा बढी विद्यालयले आजदेखि कक्षा सुचारु गरेका छन। र्यापिड एन्टिजेन टेस्ट (आरएटी) गर्दा पोजिटिभ परीक्षण गर्ने १४ जनासहित कुल १९ जना नयाँ पुष्टि भएका कोभिड-१९ घटनाहरू रेकर्ड भएका थिए भने १९ सम्बन्धित विद्यालयमा न्यूक्लिक एसिड परीक्षणबाट ५ जनामा पोजेटिभ देखिएको थियो जसमा १३ जना विद्यार्थी र ६ जना शिक्षक कर्मचारी रहेका छन।
पाँचौं लहरको शुरुवातदेखि कुल ९०५४ जना बिरामीको मृत्यु भएको छ र आज कुल ११ नयाँ मृत्युको स्वास्थ्य प्राधिकरणले रिपोर्ट गरेको छ।
अस्पताल प्राधिकरणका डा लाउ का हिनले अहिलेसम्म २ हजार २ सयभन्दा बढी बिरामी अस्पतालमा भर्ना भइरहेको जानकारी दिए । हालसम्म २ जनाको अवस्था गम्भीर रहेको र ३ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा रहेका १६ जना बिरामीको अहिले सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
सरकारी अस्पतालमा आज बिहान १२ बजेसम्म ११ बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा ७२–९५ वर्षका ५ पुरुष ६ महिला रहेका छन।
पछिल्लो २४ घण्टामा १३९ जना निको भएका छन् । जसमध्ये ६२ जना डिस्चार्ज भइसकेका छन् । यसैबीच, भर्ना स्क्रिनिङका क्रममा ६ जना बिरामीको परीक्षण पोजेटिभ देखिएको छ भने निकट सम्पर्क भएका ७ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका २२ हजार २६६ कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । तीमध्ये २१ हजार ६९२ निको भएर काममा फर्किएका छन।