हङकङमा आज ८ जनाको मृत्यु संगै १० हजार ६८३ जना संक्रमित


140137C0 0C96 4258 A512 CB28390F257E

नारायण भण्डारी हङकङ ४ सेप्टेम्बर २०२२

हङकङमा आज १९३ आयातित घटना र १०,४९० स्थानीय कोभिड-१९ केस भएको बताए। जसमा न्यूक्लिक एसिड परीक्षणको क्रममा २,९३७ केसहरू पत्ता लगाइयो भने ७,५५३ केसहरू र्यापिड एन्टिजेन टेस्ट (RAT) मार्फत रेकर्ड गरियो र पछि प्रमाणित गरियो। आज रिपोर्ट गरिएको कुल COVID-19 केसहरू १०,६८३ पुगेको छ।

DFD3B0C5 389D 4C52 91D7 A3C3AA136794

आयातित १९३ केसमध्ये विमानस्थलमा ६५, तोकिएको क्वारेन्टाइन होटलमा ७५ र आइपुगेको पहिलो दिनदेखि तेस्रो दिनसम्म ४८ जना सामुदायिक आइसोलेसन सुविधामा फेला परेका थिए । ५८ घटनाहरू आगमनको चौथो दिन र ७ दिनको बीचमा पहिचान गरिएको थियो भने १६ घटनाहरू समुदायमा आइपुगेको ७ दिन पछि पहिचान गरिएको थियो। भारतबाट २९, फिलिपिन्सबाट २१, अमेरिकाबाट २१, यूकेबाट १९, थाइल्यान्डबाट १३ केस, इत्यादि गरी ५ देशबाट १० आयातित केस र थप रेकर्ड भएका छन।

ओमिक्रोन भेरियन्ट BA.5 समावेश भएका कुल केसहरू ५६.७% पुगेका छन।

DFD3B0C5 389D 4C52 91D7 A3C3AA136794

साथै, अस्पताल प्राधिकरणका डा. ल्यारी लीले आज थप ८ जनाको मृत्यु भएको जानकारी दिएका छन् जसमा ५९-१०२ वर्षका ४ पुरुष र ४ जना महिला छन्। तीमध्ये ६ जनाले खोपको ३ डोज पूरा गरेका थिएनन । तीमध्ये १ जनाले खोप नै लगाएका छैनन। तीमध्ये ४ जना आवासीय हेरचाह गृहका थिए। ती सबैलाई दीर्घकालीन रोग थियो। हालसम्म, हङकङमा कुल ९,५११ कोभिड-१९ बाट मृत्यु भएका घटनाहरू रेकर्ड गरिएको छ।

डा. लीले थप २,७९३ बिरामी अझै अस्पतालमा भर्ना भइरहेका छन्। ८ नयाँ बिरामीको अवस्था अति गम्भीर छ भने ९ नयाँ बिरामीको अवस्था गम्भीर छ । कूल बिरामीमध्ये ६४ जनाको अवस्था गम्भीर, कूल बिरामीमध्ये ५४ जनाको अवस्था गम्भिर रहेको र हाल गम्भीर अवस्थामा रहेका १८ जनाको आईसीयूमा उपचार भइरहेको छ ।

२९२ जना निको भएका छन् भने २६१ जना डिस्चार्ज भएका छन। भर्ना स्क्रिनिङका क्रममा ७ नयाँ केस फेला परेका छन् । एउटै वार्डमा १२ जना बिरामी नजिकको सम्पर्क सूचीमा छन।

यसैबीच अस्पताल प्राधिकरण अन्तर्गतका थप १२७ कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । निको भएका २१ जना कर्मचारी काममा फर्किएका छन।

DFD3B0C5 389D 4C52 91D7 A3C3AA136794

६४-८३ वर्ष उमेर समूहका ३ जना पुरुष र यान चाइ अस्पतालका १ कर्मचारीमा पोजेटिभ देखिएको छ । उनीहरूमध्ये ३ जना भने यसअघि ८४ वर्षका पुरुष बिरामीमा सङ्क्रमण भएको वार्डमा थिए।


Translate »