नारायण भण्डारी हङकङ २१ मार्च २०२२
हङकङमा कोरोना संक्रमितको मृत्यु र संक्रमितको संख्या हिजो आज घटदै गैरहेको अवस्थामै आज पनी संख्यात्मक रुपमा घटेको छ।
आज हङकङमा १४,०६८ कोभिड-१९ केसहरू छन जसमा न्यूक्लिक एसिड परीक्षणबाट ४,५२३ र जनामा संक्रमण पुष्टि भएको छ र Rapid Antigen Test (RAT) अनलाइन मार्फत ९५४५ पुष्टि भएका केसहरू छन। यो लगातार दोस्रो दिन हो जसमा दैनिक केस २०,००० भन्दा तल झरेको छ। पाँचौं लहरमा हालसम्म १ लाख ४९ हजार १२७ जनाभन्दा बढी संक्रमित भएका छन् । आज कुल ५ आयातित केसहरु रहेको। जसमा भारतबाट ३, इन्डोनेसियाबाट १ र थाइल्याण्डबाट १ जना यात्रु रहेका छन।
नयाँ पुष्टि भएका ४ हजार ५२३ मध्ये ७८५ अस्पताल प्राधिकरणबाट, ३ सय ५५ स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशालाबाट र बाँकी ३ हजार ३८३ निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट पुष्टि भएका छन् । परीक्षण गरिएका १,७३२ मामिलाहरूमध्ये डेल्टा भेरियन्ट समावेश भएको कुनै पनि केस थिएन। १७१४ केसहरू ओमिक्रोन भेरियन्टमा समावेश थिए जबकि लगभग १८ केसहरू अझै परीक्षण भइरहेको थियो वा कम भाइरल लोडको कारण पत्ता लगाउन सकिएन।
पछिल्लो २४ घण्टामा १७९ मामिलासहित २२३ नयाँ मृत्यु भएको छ । यसअघि ४४ जनाको मृत्यु भएको थियो । पाँचौं लहरमा हालसम्म सरकारी अस्पतालमा ५ हजार ८ सय ७९ जनाको मृत्यु भइसकेको छ । सार्वजनिक अस्पताल बाहिर थप २७ जनाको मृत्यु भएको बताइएको छ । मृत्यु हुनेमा २ हजार ३२९ महिला र ३ हजार ५७७ पुरुष रहेका छन्
अहिले पनि ११ हजार १०३ बिरामी अस्पतालमा भर्ना भइरहेको अस्पताल प्राधिकरणले जनाएको छ । हालसम्म ४३ जना बिरामीको अवस्था अति गम्भीर रहेको छ भने ६९ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा रहेका ११७ बिरामीको हाल सघन उपचार कक्षमा उपचार भइरहेको छ । गम्भीर अवस्थामा रहेका ४३ बिरामीमध्ये २१ जनालाई खोप लगाइएको थिएन।
पछिल्लो २४ घण्टामा ३९२ जना निको भएका छन् । यसैबीच, भर्ना स्क्रिनिङका क्रममा ५५ जना बिरामीमा पोजेटिभ देखिएको छ भने ३० जनाभन्दा बढी नजिकका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको छ ।
यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका १९ हजार ७९४ भन्दा बढी कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । तीमध्ये १३ हजार २५९ निको भएर काममा फर्किएका छन।