नारायण भण्डारी हङकङ ३० अक्टोवर २०२२
नेपालको बिभिन्न भागबाट हङकङमा आई बसेका लाङ्घाली मगरहरुको साझा संस्था लाङ्घाली कल्याणकारी समाज हङकङले तिहार पर्वको अवसरमा आयोजित देउसी भैलो कार्यक्रम भव्यताको साथ हङकङको जोर्डनमा रहेको याक एण्ड यती रेष्टुरेन्टमा २९ अक्टोवरका दिन भव्यताका साथ सम्पन्न गरेको छ।
मगर संघ हङकङ मुल समितीको भातृ संगठन पुन मगर समाज र लाङघाली कल्याण समाज हङकङ रहेका छन। उक्त कार्यक्रमको संचालन संघका माहासचिव शिशिर पुर्वछाने मगरले गर्नुभएको थियो भने कार्यक्रमको सभापतित्व संघका अध्यक्ष नीलम थापा मगरले गर्नुभएको थियो। कार्यक्रमका प्रमुख अतिथी मगर संघ हङकङ मुल समितीका अध्यक्ष हर्क प्रसाद राना मगर र बिशेष अतिथीमा पुन मगर समाज हङकङका अध्यक्ष गौ देवी पुर्जा पुन मगर, पर्वत पुन मगर समाज हङकङका अध्यक्ष हेम बहादुर पुन मगर, मिग हङकङका राजु पुन मगर, हङकङ नेपाली माहासंघका अध्यक्ष रीता गुरुङ, नेपाल मगर संघ मुल समितीका बैदेशीक बिभाग प्रमुख नीता थापा मगर, मगर संघ हङकङका पूर्व अध्यक्ष नेत्र पहराई, लाङघाली कल्याण समाजका संस्थापक अध्यक्ष उदय थापा मगर, लाङ्घाली कल्याण समाज हङकङका पूर्व अध्यक्ष टंक राना मगर, लाङघाली कल्याण समाजका पूर्व अध्यक्ष गोपाल लाङ्घाली मगर लगायतका व्याक्तीहरु रहनु भएको थियो।
कार्यक्रममा स्वागत मन्तव्य दिने मा संघका कोषाध्यक्षले राख्नु भएको थियो भने शुभ कामना मन्तव्य दिनेहरुमा संघका पूर्व अध्यक्ष हर्क राना मगर, टंक राना मगर र पुन मगर समाज हङकङका अध्यक्ष गौ देवी पुर्जा मगर लगायतले आ-आफ्नो स्वागत मनतव्य तथा कार्यक्रम सफलताको शुभ कामना व्याक्त गर्नु भएको थियो।
यसैगरी कार्यक्रममा नेपाल संबिधान दिवशको अवसरमा नेपाल सरकारबाट समाज सेवा पदक बिजेता समाजका पूर्व अध्यक्ष एवं हङकङ नेपाली माहासंघका निवर्तमान अध्यक्ष टंक राना लाई खादा ओडाएर सम्मान गरीएको थियो। कार्यक्रममा मगर गितमा सांस्कृतिक नृत्य नेत्र थापा तथा तुलसी थापाले आकर्षक रुपमा प्रस्तुत गरेका थिए भने देउसी भालोको साथै हुर्रा उत्सव निकै आकर्षक रुपमा प्रस्तुत गरीएको थियो। हुर्रा उत्सवमा बाल बच्चा देखी पाको उमेर समुहका सबैजना निकै आकर्षक रुपमा नाचेर उपस्थीत सबैलाई मनोरञ्जन प्रदान गरेका थिए।
कार्यक्रमको प्रतक्ष प्रसारण NHDD Studio, HK Nepal.com, D2 intertainment तथा गुल्मेली अनलाईन टिभीले गरेका थिए। कार्यक्रममा काद गरिएका फोटोहरुको लागि हाम्रो फेसबुक पेज https://www.facebook.com/Gulmeli2020 लाईक गर्नुहोला ।
तथा भिडियोको लागि तलको लिंकमा क्लिक गरेर सव्सक्राईव गर्न नभुल्नुहोला धव्यबाद 🙏🌹