नारायण भण्डारी हङकङ १२ जुलाई २०२२
हङकङमा कार्यकारी परिषद्को अन्तिम बैठक आज बिहान १२ तारिखका दिन समर विदा अघि बस्येको थियो। स्रोतका अनुसार सबै निजामती कर्मचारीको समान तलब वृद्धि २.५ प्रतिशत पारित गर्ने अन्तिम निर्णय भएको हो । वृद्धिको प्रस्ताव अघिल्लो साता सार्वजनिक भएपछि धेरै ट्रेड युनियनले असन्तुष्टि जनाएका थिए ।
आज कार्यपालिकाले अन्तिम निर्णय गरेपछि तलब बृद्धिको योजना अर्थ समितिबाट स्वीकृत हुनुअघि भोलि १३ तारिख व्यवस्थापिका संसदमा लोकसेवा समितिमा छलफल हुनेछ । प्रभावकारी मिति यस वर्ष अप्रिल १ सम्म पूर्वव्यापी छ। थप रूपमा, कार्यकारी परिषद्ले आधिकारिक रूपमा ग्रीष्मकालीन विश्राम लिइसकेको छ, र यो अगस्टको अन्त्यसम्म सुचारु नहुने कुरा जानकारी गराइएको छ।