नारायण भण्डारी हङकङ १२ अक्टोबर २०२२
ङकङमा निर्माण उद्योग महासंघले आज १२ तारिखका दिन यस वर्षको तलब वृद्धिको घोषणा गरेको छ। तलब रोक्का भएको तीन वर्षपछि उद्योगमा रहेका १६ प्रकारका कामको औसत तलब ५ दशमलव ४ प्रतिशतले बढाउने प्रस्ताव गरिएको छ जुन आगामी महिनाको १ तारिखदेखी लागू हुनेछ । ट्रेड युनियनका सदस्यहरुको राय र धेरै निर्माण उद्योग संघ र उद्योगका अन्य सरोकारवालाहरुसँग छलफल गरी सहमति भएको ट्रेड युनियनले जनाएको छ । तीमध्ये, कंक्रीट कामदारहरूको लागि उच्चतम वृद्धि प्रस्ताव गरिएको छ, प्रति दिन HK $१,६०० बाट HK $ १,८००, 12.5% को दरमा वृद्धि हुनलागेको हो।