नारायण भण्डारी हङकङ २२ सेप्टेम्बर २०२२
हङकङमा बिभिन्न स्रोतहरुका समाचार अनुसार प्रहरीले युएन लङ, चाइ वान र टिन शुई वाइको निजी क्लिनिकबाट आज २२ तारिख बिहान थप तीन दर्ता डाक्टरहरूलाई पक्राउ गरेको छ। उनीहरूले बिरामीहरूलाई “COVID-19 खोपको लागि मेडिकल छुट प्रमाणपत्र” दिनुको साथै जालसाजी गरेको आरोपमा पक्राउ गरिएको हो।
थप रूपमा, प्रहरीले याउ मा तेइमा डा. ताइ कङ शिङको अघिल्लो गिरफ्तारीको सम्बन्धमा “COVID-19 खोपको लागि मेडिकल छुट प्रमाणपत्र” किनेको संदिग्ध थप ८ जना बिरामीहरूलाई पनि पक्राउ गरेको छ।
२० सेप्टेम्बरमा याउ मा तेइको एक निजी मेडिकल क्लिनिकमा ७६ वर्षीय डाक्टर र ३ सहायक ३५-७६ वक्षकालाई नक्कली “COVID-19 खोपको लागि मेडिकल छुट प्रमाणपत्र” जारी गरेको आरोपमा पक्राउ गरिएको थियो। उक्त कार्यबाट उनिहरुले कुल रकम HK $१० मिलियन डलर भन्दा बढी रकम उठाएका थिए। क्लिनिक नाथन रोड, याउ मा तेईमा रहेको ब्राइट ग्रोथ मेडिकल सेन्टरमा अवस्थित छ। अधिकारीहरूले ७० वर्षभन्दा माथिका पुरुष चिकित्सक डा ताइ कङ शिङ र तीन महिला सहायकलाई झूटा कागजात बनाउने षड्यन्त्र गरेको आशंकामा पक्राउ गरेका हुन।
पुलिसले यसअघि युएन लङको एक निजी मेडिकल क्लिनिकले बिरामीहरूलाई “COVID-19 खोपको लागि मेडिकल छुट प्रमाणपत्र” र परामर्श शुल्क बढी लिएको आरोपमा उजुरी प्राप्त गरेको थियो। सेप्टेम्बर ५ तारिखमा, सरकारी अधिकारीहरूले युएन लङको क्यासल पीक रोडको युएन लङ खण्डमा रहेको क्लिनिकमा खोजी गर्न वारेन्ट लिए, र कागजातहरू र कम्प्युटरमा रहेका रेकर्डहरू सहित ठूलो मात्रामा प्रमाणहरू कब्जा गरेका थिए।
अनुसन्धानपछि क्लिनिककी ६४ वर्षीया महिला डाक्टर चोईलाई पक्राउ गरिएको हो ।