नारायण भण्डारी हङकङ १३ मे २०२२
हङकङमा सबै भन्दा बढि प्रभावकारी यातायातको रुपमा लिईने रेल सेवा जसलाई MTR को नामले प्रख्यात रहेको छ र सेवामा पनी निकै अग्रस्थानमा रहेको सेवा आज बिहान ७ः३५ बजे Tiu Keng Leng मा रेलको सिस्टम फेल भएको कुरा MTR ले घोषणा गरेको हो।
Tiu Keng Leng स्टेशनमा रेल सेवामा विफलताको कारण, Kwun Tong लाइनको रेल सेवा अवरुद्ध भएको थियो। यस अवधिमा, Kwun Tong लाइन Whampoa देखि Kwun Tong स्टेशन सम्म प्रत्येक ४ मिनेटमा चलेको थियो, र Kwun Tong र Tiu Keng Leng स्टेशन बीच प्रत्येक ८ मिनेटको अन्तरालमा चलेको थियो। बिहान ८ बजे MTR उक्त बिफल भएको र स्टेसनमा रहेको ट्रेन हटायो, र Kwun Tong लाईनमा रेल सेवा बिस्तारै सामान्य सुचारु भयो।