आज हङकङमा कोरोनाका थप १८ संक्रमित थपिए


52D6A1F0 C46E 4F45 9DDF CD4AE00629BF

नारायण भण्डारी १८ जनवरी २०२२

हङकङ खाद्य र स्वास्थ्य सचिव, डा. सोफिया चान, कृषि, मत्स्य पालन र संरक्षण उपनिर्देशक, डा. लेउङ सिउ-फाई, स्वास्थ्य संरक्षण नियन्त्रक, स्वास्थ्य संरक्षण केन्द्र डा एडविन सुई र स्वास्थ्य विभागको सेन्टर फर हेल्थ प्रोटेक्शन (सीएचपी) को सरुवा रोग महाशाखाका निर्देशक डा चुआङ सुक-क्वानले आज दिउँसो ३ः३० बजे कोरोनाको अनुसन्धान प्रगति र कोभिड–१९ को पछिल्लो अवस्थाबारे जानकारी दिएका छन।

यसैबीच डा. चुआङले आज घोषणा गरेका छन  १ देखि ६७ वर्ष उमेर समूहका १० पुरुष र ८ महिलासहित १८ जनामा कोरोना भर्खरै पुष्टि भएका COVID-19 का केसहरू छन। तीमध्ये २ जना केबिन क्रू चालक दलका सदस्य र १ समुद्री चालक दलका सदस्य सहित ७ आयातित घटनाहरू थिए। १० केसहरू आयातित केसहरूसँग सम्बन्धित थिए।


Translate »