नारायण भण्डारी १६ फेब्रुअरी २०२२
हङकङ अस्पताल स्रोतका अनुसार हङकङमा आज ४,२८५ नयाँ पुष्टि भएका कोभिड-१९ घटनाहरू छन र ३,००० भन्दा बढी प्रारम्भिक पुष्टि भएका घटनाहरू रिपोर्ट गरिएको छ।
हिजो मंगलबार १५ तारिक १,६१९ नयाँ कोभिड–१९ सङ्क्रमित पुष्टि भएको घोषणा गरिएको थियो भने प्रारम्भिक पोजिटिभ सङ्क्रमितको सङ्ख्या ५ हजार ४०० पुगेको थियो । कोभिड–१९ बाट सङ्क्रमित भएका बिरामीहरुमा एक सय वर्षीया महिला र तीन वर्षीया बालिकाको हिजो निधन भएको छ ।
यसअघि विभिन्न अस्पतालमा भर्ना हुनका लागि १२ हजार बिरामी पर्खिरहेको स्रोतले जनाएको समाचार हामीले दिईसकेका छौ ।