आज हङकङमा कोरोना संक्रमितको संख्या ६०६७ र १४ जनाको मृत्यु


29F7F6DA E87D 429B ADB6 C98DB4572571

नारायण भण्डारी हङकङ २० फेब्रुअरी २०२२

हङकङ स्वास्थ्य विभागको सेन्टर फर हेल्थ प्रोटेक्शन (CHP) का डा. चुआङ सुक-क्वानले दिउसो  ४ः३० बजेको नियमित पत्रकार सम्मेलनमा  ६,०६७ नयाँ कोभिड-१९ पुष्टि भएको बताएका छन। अस्पताल प्राधिकरणको प्रयोगशालाबाट २ हजार ७३३ र सीएचपी अन्तर्गतका प्रयोगशालाबाट ३ हजार ३ सय ३४ केसको परीक्षण गरिएको थियो ।

तीमध्ये १२ आयातित केसहरु थिए भने ६ हजार ५५ स्थानीयमा संक्रमण देखिएको थियो। आज रिपोर्ट गरिएका ३२ केसहरूमा डेल्टा भेरियन्ट समावेश छ भने ३१८८ केसहरू ओमिक्रोन भेरियन्टमा समावेश छन। अपर्याप्त भाइरल लोडका कारण ११४ केसहरूको जीनोम सिक्वेन्सिङ पूरा हुन सकेन।

वृद्धबृद्धाहरु बस्ने घरहरूले हालसम्म २४० जनामा कोरोना प्रकोप रिपोर्ट गरेका छन। हालसम्म १९७ कर्मचारी र ६७२ बासिन्दामा कोभिड–१९ पोजिटिभ देखिएको छ ।

यसैबीच, CHP का नियन्त्रक एडविन सुईले नागरिकहरूले कोरोना परीक्षण गरेको केही दिन पछि मात्र उनीहरूको COVID-19 परीक्षण रिपोर्ट प्राप्त गरेका छन। सरकारले दैनिक परीक्षण मात्रा बृद्धि गर्नलाई  मुख्य भूमि चाईनाका अधिकारीहरूको सहयोगमा थप “हुओ-यान” प्रयोगशालाहरू स्थापना गरिसकेको छ। उनीहरुले महामारीको गम्भीरतालाई ध्यानमा राख्दै विद्यमान सामाजिक दूरीका उपायहरू कायम राखिने र नागरिकहरूले घर-घरमा भेला नहुन र भिडबाट जोगिन र सकेसम्म घरमै बस्नुपर्ने बताए।

अहिलेको समयमा करिव ९०% भन्दा धेरै आम नागरिकहरुमा कोरोना संक्रमण रहेको र धेरै नागरिकहरुले कोरोना परिक्षण किट किनेर घरमै परिक्षण गर्ने र घरमै कतै सुचना नदिई बस्नाले पनी यकिन तथ्यांक प्राप्त भैरहेको छैन। कमसेकम घरमा चेकगर्दा कोरोना पोजेटिभ देखिएपछि अस्पताल जाने वा संबन्धित निकायमा खवर गरेर असल नागरिकको  परिचय दिउ र सरकारलाई कोरोना नियन्त्रण गर्न सहयोग पुर्याउ।


Translate »