आज हङकङमा १०,०१० संक्रमण पुष्टि र प्रारम्भिक केसहरु २०,०० हुने अपेक्षा


29F7F6DA E87D 429B ADB6 C98DB4572571

नारायण भण्डारी हङकङ २५ फेब्रुअरी २०२२

हङकङमा दैनिक रुपमा कोरोना संक्रमणले नयॅा रेकर्ड राख्दै गैरहेको छ। स्रोतहरूका अनुसार आज करिब १०,०१० नयाँ कोभिड-१९ मा सङ्क्रमण पुष्टि भएको छ, जसले महामारीको सुरुवातदेखि नै नयाँ रेकर्ड कायम गरेको छ र एकै दिनमा सङ्क्रमितको सङ्ख्या १० हजार माथी पुगेको भने यो पहिलो पटक हो। र २०,००० भन्दा बढी प्रारम्भिक केसहरू रिपोर्ट गरिएको थियो र तिनीहरू अझै प्रमाणित भइसकेका छैनन।

हिजो सम्म हङकङ ८,७९८ नयाँ पुष्टि भएका  केसहरू थिए। तीमध्ये ३ वटा आयातित र ८ हजार ७ सय ९५ स्थानीय संक्रमण रहेका थिए ।

अहिलेको हङकङमा कोरोना संक्रमणको दर निकै तिब्र रुपमा बढिरहेको छ र हरेक परिवारमा कोही न कोहि संक्रमण देखीएकै छ। यदि तपाईलाई सामान्य रुघाखोकी मात्र पनी लागेको छ भने पनी कोरोना संक्रमण देखिने प्रवल संभावना रहेको छ र यदि तपाईलाई ज्वरो आएको छ भने तपाईलाई निस्चय नै कोरोना पोजेटिभ भएको रिपोर्ट तपाईले पाउनु हुनेछ।

यदि तपाई जाच गराउन जानुभएको छैन र ज्वरो छैन भने निस्चयनै तपाईले घरमा घरेलु औषधी बनाएर खानुहोस र परिवारलाई पनी सोहि खाने सल्लाह दिनुहोस। यदि तपाई काममा जानुपर्ने छ भने पनी निकै होसियारीका साथ जानुहोला अहिले हङकङमा कोरोना अनिवार्य चेक गराउने हो भने करिव ८०% भन्दा बढिलाई कोरोना भएको छ।

अस्तिदेखी मौषमम् आएको सुधारका कारण भने अव चिसोबाट बच्न र रुघाखोकी लाग्नबाट बतच्न सकिने भएको छ। तर चिसो पेय पदार्थ र चिसो खानेकुरा भने तपाईले नखाएकै राम्रो हुनेछ। मल्टि भिटामिन युक्त खानेकुरा खाने सरसफाईमा ध्यान दिने र घर भित्रै बस्ने गर्दा पनी कोरोना संक्रमणबाट बच्न भने अवस्य सकिन्छ।


Translate »