नारायण भण्डारी हङकङ ०९ फेब्रुवरी २०२२
हङकङ स्वास्थ्य विभाग स्रोतका अनुसार आज १,१६१ नयाँ कोभिड-१९ मा सङ्क्रमण पुष्टि भएको छ र प्रारम्भिक सङ्क्रमितको सङ्ख्या ८०० पुगेको छ।
हङकङमा महामारीको स्थिति नियन्त्रण बाहर पुगेको छ। बिहीबारदेखि धार्मिक स्थल र कपाल काटने सैलुन बन्द हुने भएको छ । हङकङकी सरकार प्रमुख क्यारी लामले हिजो भनेकिछन २४ फेब्रुअरी देखि, ६ नयाँ थपिएका स्थानहरु जस्तै धार्मिक स्थलहरू, सुपरमार्केटहरू, सपिङ मलहरु, सडक बजारहरू (वेट मार्केट), हेयर सैलुनहरू र डिपार्टमेन्ट स्टोरहरूलाई पनी भ्याक्सिन पासको दायरा अन्तर्गत राखिनेछ।यदि भ्याक्सिन नलगाएका मानिसहरु उक्त स्थानमा जान पाउने छैनन। तर भ्याक्सिन पास (Vaccine Bubble) लागू हुने २४ फेब्रुअरी सम्म भने धार्मिक स्थलहरू र हेयर सैलुनहरू सबै बन्द नै हुनेछन।