नारायण भण्डारी हङकङ ८ मार्च २०२२
हङकङमा आज पहिलो पटक पि सि आर र रेपिड एन्टिजेन टेस्ट मार्फत दुबै थरी कोरोना संक्रमितको रिपोर्ट सार्वजनिक गरिएको छ जसमा पि सि आर मार्फत २८,४७५ जना संक्रमितको पुस्टि भएको हो भने र्यापिड एन्टिजेन टेस्ट मार्फत २०१८ जनाको संक्रमण पुस्टि भएको छ। तिन्हरु मध्ये ९ जना मात्र आयातित केसहरु रहेका छन।
भर्खरै पुष्टि भएका २८ हजार ४ सय ७५ जनामध्ये ३ हजार ४ सय ७२ जना अस्पताल प्राधिकरणबाट, दुई हजार ५१ जना स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशालाबाट र बाँकी निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट पुष्टि भएका छन भने २०१८ जना र्यापिड एन्टिजेन टेष्ट मार्फत पुस्टि भएका हुन।
आज परीक्षण गरिएका २०५१ केसहरूमध्ये डेल्टा भेरियन्टमा शुन्य केसहरू थिए। १६४३ केसहरू ओमिक्रोन भेरियन्टमा समावेश भएका थिए जबकि ४०८ केसहरू अझै परीक्षण भइरहेको छ।
कोरोना बिरुद्दको दुबै डोज लगाएका र कुनै पनी सिम्टोम्स नभएका केसहरुको हकमा पनी केहि खुकुलो नियम बनाईएको छ जसमा छैठौ दिन कोरोना पोजेटिभ देखिएर सातौदिन न्गेटिभ आएपनी उक्त संक्रमितलाई क्वारैन्टाईन मुक्त गरिनेछ भनेर डा. अल्वर्ट एयुले पत्रकार सम्नेलनमा बताएका छन।
अझै पनीव८ हजार ३५९ बिरामी अस्पतालमा भर्ना भईरहेको अस्पताल अस्पताल प्राधिकरणकी डा सारा होले बताएकि छन । पेनी बेमा करिब २,३०० बिरामीहरूलाई क्वारेन्टाइनमा राखिएको छ। हालसम्म ७४ बिरामीको अवस्था अतीगम्भीर छ, जसमध्ये ६९ जनाको आईसीयूमा उपचार भइरहेको छ भने १०५ जनाको अवस्था गम्भीर छ ।
पछिल्लो २४ घण्टामा १ सय ६० बिरामीको मृत्यु भएको छ । तिनीहरू ४ देखि १०५ वर्षका ९२ पुरुष र ६८ महिलाहरू थिए। स्रोतहरूता अनुसार यहि महिनाको २६ तारिकबाट गर्ने भनिएको अनिवार्य विश्वव्यापी परीक्षण अप्रिलमा स्थगित हुन सक्छ भनेर पनी बताईएको छ।