नारायण भण्डारी २ मार्च २०२२
हङकङमा आज फेरी कोरोना संक्रमित र मृत्यु हुनेहरुको संख्याले दैनिक नयॅा रेकर्ड बनाउदै गैरहेको छ। आज पनी हङकङमा कोरोना संक्रमितको संख्या ५५ हजार ३५३ जनामा संक्रमण देखिएको छ भने १६० जनाको मृत्यु भएको छ।
हङकङ स्वास्थ्य विभागको सेन्टर फर हेल्थ प्रोटेक्शन (CHP) का डा अल्बर्ट एयुले आजको नियमित पत्रकार सम्मेलन १६ः३० बजे घोषणा गरेका ५५,३५३ नयाँ कोभिड-१९ पुष्टि भएका छन। ति मध्ये २७ केसहरू आयातीत थियो। २७ मध्ये २३ केस क्याथे फ्लाइट नं. CX796 जकार्ताबाट आएको थियो र तीमध्ये अधिकांश विदेशी घरेलु कामदार रहेका छन। जकार्ताबाट हुने सबै क्याथे प्यासिफिक उडानहरू २ हप्ताका लागि प्रतिबन्ध गरिएको छ।
यो भिडियो तपाईहरुलाई काम लाग्ने छ एकपटक अवस्य हेर्नुहोला
कोरोनाको पाँचौं लहरको सुरुवातदेखि कुल १२८१९९ वटा केसहरू रिपोर्ट गरिएको छ। तीमध्ये ७ हजार ७४९ अस्पताल प्राधिकरणबाट, २ हजार २५० स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशाला सेवाबाट र बाँकी ४० हजार ५१४ निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट पुष्टि भएका छन ।
🇭🇰 Hospital Authority COVID-19 update for March 2nd:
critical: 64 (55 unvaccinated)
serious: 88 (64 unvaccinated)
New reported deaths: 160 (117 new/43 backlog)
5th wave deaths: 967
Total deaths: 1,180