हङकङमा आज १९५ जनाको मृत्यु संगै ५८,७५७ जना संक्रमित ८०७ जना निको भएर घर फर्के


5A0C337A A94F 4BDA AB58 BDEB573C631B

नारायण भण्डारी हङकङ ९ मार्च २०२२

हङकङमा दैनिक रुपमा कोरोनाको पाचौ लहरले निकै संक्रमण र मृत्युदरलाई बढाउदै लगेको छ हिजो ३० हजार जनामा संक्रमण भएको आज एकैचोटि लगभग दोब्बरको संख्या ५७,७५७ जना संक्रमित भएका छन।

स्वास्थ्य विभागको सेन्टर फर हेल्थ प्रोटेक्शन (CHP) का डा अल्बर्ट एयु प्रिन्सिपल मेडिकल एण्ड हेल्थ अफिसर इपिडेमियोलोजी ले आज दिउसोको नियमित पत्रकार सम्मेलन १६ः३० बजे २५,९९१ नयाँ कोभिड-१९ पुष्टि भएको बताएका छन। न्यूक्लिक एसिक परीक्षण मार्फत। तीमध्ये ७ जना आयातित हुन भने बाँकी २५ हजार ९८४ स्थानीय तहका छन् ।

नयाँ पुष्टि भएका घटनाहरू मध्ये, अस्पताल प्राधिकरणबाट ३१२३ अन्य २८२५ स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशालाले पुष्टि गरेका थिए र बाँकी २००४३ प्रत्यक्ष रूपमा निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रहरूबाट पुष्टि भएका थिए। परीक्षण गरिएका २८२५ केसहरूमध्ये डेल्टा भेरियन्टमा शुन्य केसहरू थिए। १८१६ केसहरू ओमिक्रोन भेरियन्टमा समावेश थिए भने ३५४ केसहरू अझै परीक्षण भइरहेको छ र ६५५ केसहरू भाइरल लोड धेरै कम भएकाले पत्ता लगाउन सकिएन।

यता ३२,७६७ बिरामीहरूले अनलाइन र्यापिड एन्टिजेन टेस्ट घोषणा प्लेटफर्म मार्फत परीक्षण गरे र कोरोना पोजेटिभ भई दर्ता प्रकृयामा गई क्वारेन्टाईनमा बस्न समेत भनिसकिएको छ।

पाँचौं लहरमा हिजोदेखि थप २९१ केसहरू थप्दा कुल २६५६ जनाको मृत्यु भएको थियो। मृत्यु दर लगभग ०.४६% छ। मृतकहरुमा ११ महिनादेखि १०८ वर्षका बीचका थिए जसको औसत उमेर ८५ वर्ष थियो। हालसम्म १० वर्ष मुनिका ५ जना बालबालिकाको मृत्यु भएको छ। ६० वर्ष वा सोभन्दा माथिका २५१९ जनाको मृत्यु भएको छ जुन कुल मृत्युको ९४.८ प्रतिशत पर्दछ ।

अस्पताल प्राधिकरणका डा सारा होले अझै ८ हजार ८ सय ८३ बिरामी अस्पतालमा भर्ना भइरहेको बताए । हालसम्म ६८ जना बिरामीको अवस्था अति गम्भीर रहेको छ भने १०७ जनाको अवस्था गम्भीर रहेको कुरा बताएकी छन।

पछिल्लो २४ घण्टामा १९५ बिरामीको मृत्यु भएको छ । तिनीहरू ४१ देखि १०८ वर्षका १२६ पुरुष र ६९ महिला थिए। तिनीहरूमध्ये ९८ आवासीय हेरचाह गृहका थिए। ती मध्ये १४५ खोप नलगाएका थिए। तीमध्ये १ जनाले ३ वटा खोप लगाएका थिए, १९ जनालाई २ वटा खोप लगाइएको थियो भने ३० जनाले एउटा मात्रै खोप लगाएका थिए । मृत्यु हुनेमा १७८ जना ६५ वर्षभन्दा माथिका थिए ।

पछिल्लो २४ घण्टामा ८ सय ७ जना निको भएका छन् । यसैबीच, भर्ना स्क्रिनिङका क्रममा ७० भन्दा बढी बिरामीमा पोजेटिभ देखिएको छ भने ९० भन्दा बढी नजिकका सम्पर्कमा रहेकालाई क्वारेन्टाइनमा राखिएको छ ।

यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका ११ हजार ५६९ कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । तीमध्ये ३ हजार ४२५ निको भएर काममा फर्किएका छन् ।


Translate »