नारैयण भण्डारी हङकङ ११ मार्च २०२२
हङकङमा पाचौ लहरको कोरोना संक्रमण र मृत्युले निकै आतंक फैलाएको छ। दैनिक रुपमा झण्डै २ सय जनाको मुत्यु हुनै लागेको छ भने संक्रमणको दर पनी ३० हजार माथी हुदै आईरहेको छ।
पछिल्लो चरणमा Rapid Antigen Test kit (RAT) को प्रयोगले गर्दा सहि तथ्यांक समेत प्राप्त हुन सकिरहेको छैन। बिशेष गरि हङकङमा धेरै मानिसहरुको आय श्रोत भनेकै नोकरी हुनाले मानिसहरुले सामान्य लक्षण देखिएमा कोरोना घरमै चेक गर्ने र बाहिर हिड्ने वा काममा नै जानाले पनी कोरोना फैलिनुको मुख्यकारण बनेको हो। काममा नगएमा लतब नपाईनाले पनी मानिसहरु काममा जान बाध्य परेका हुन।
आज हङकङमा ३ दिन देखि लगातार कोरोना संक्रमणको दर घटदै गैरहेको छ आज २९ हजार ३ सय ८१ जनामा मात्र कोरोना संक्रमण भएको रिपोर्ट दिउसो ५ बजे बाहिरिएको छ। त्यसमा पनी १८,८८८ न्युक्लिक एसिड चेक गरिएकोमा १०,४९३ केस र्यापिड एन्टिजेन किट मार्फत अनलाईमा दर्ता गरिएको छ।
आजका केसहरुमा ४ जनामा मात्र आयातित केसहुन भने बाकि सबै स्थानिय संक्रमण हुन। हङकङमा कोरोनाको पाचौ लहरको सुरुवात देखी आजसम्म कुल ६३४१६९ कोरोना पोजेटिभ भएका दर्ता गरिएको छ।
पछिल्ला दिनमा महामारी नियन्त्रणमा रहेको र संक्रमितको संख्यामा उल्लेख्य वृद्धि नभएको डा. तर, अहिले हप्तामा ३० हजारदेखि ५० हजारको हाराहारीमा सङ्क्रमितको सङ्ख्या बढिरहेको छ, जुन स्थिर छ तर जम्मा भने घटेको छैन । मार्चको सुरुदेखि यो उच्च संख्याबाट झरेको भए पनि यो अझै गम्भीर छ। समुदायमा अझै पनि धेरै ट्रान्समिसन चेनहरू छन र त्यसैले हामी जनता अत्यन्तै होसियार र सतर्क रहनु पर्छ।
अस्पताल प्राधिकरणका डा सारा होले हालसम्म ९ हजार ७६० बिरामी अस्पतालमा भर्ना भइरहेको बताए । हालसम्म ७९ जना बिरामीको अवस्था अतिगम्भीर रहेको र तीमध्ये ११२ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा रहेका ७६ बिरामीको अहिले सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
पछिल्लो २४ घण्टामा १९६ बिरामीको मृत्यु भएको छ । तिनीहरू २४ देखि १०७ वर्षका १२७ पुरुष र ६९ महिला थिए। तिनीहरूमध्ये ११३ आवासीय हेरचाह गृहका थिए। जसमध्ये १४८ जनालाई खोप नलगाइएका हुन । तीमध्ये २ जनालाई ३ डोज खोप लगाइएको थियो भने १२ जनालाई २ वटा खोप लगाइएको थियो भने ३४ जनालाई एउटा मात्रै खोप लगाइएको थियो ।
यसका अतिरिक्त, डा. होले यो पनि भनेकी छन कि गत महिनाको २८ देखि मार्च ९ सम्मको अवधिमा ३४ देखि १०० वर्ष उमेर समूहका ५९ पुरुष र ३९ महिला रहेका कुल ९८ जना ढिलो रिपोर्ट गरिएका मृत्युहरू थिए।
निकै होसियार रहै आफु र आफ्नाको स्याहार सुसार गरौ अति आबस्यक बाहेक बाहिर हिड्ने डुल्ने नगरौ काममा जानेपनी निकै होसियारीका साथ जाने आउने गरौ कोरोना संग मिलेर लडौ।