आज हङकङमा ३२,४३० जनामा कोरोना संक्रमण २६४ जनाको मृत्यु


5A0C337A A94F 4BDA AB58 BDEB573C631B

नारायण भण्डारी हङकङ १३ मार्च २०२२

हङकङमा कोरोनाको राचौ लहर चलिरहेको छ र दैनिक रुपमा ३० हजार माथीको संख्यामा कोरोना संक्रमण भैरहेका छन यसरी आज पनी हङकङमा ३२,४३० जनामा कोरोना संक्रमण देखिएको छ

आजका कुल संक्रमण मध्यै १९,०९५ जना संक्रमितले भने घरमै कोरोना चेक गरेर पोजेटिभ आएको रिपोर्ट अनलाईन मार्फत दर्ता गरेका छन।कुल संक्रमित मध्ये ४ जना आयातित हुन भने अन्य सबै स्थानिय संक्रमित हुन। हाल सम्म कोरोनाको पाचौ लहर चलेदेखि हङकङमा कुल ६९४,२४६ जना संक्रमित भएका छन।

नयाँ पुष्टी भएका मध्ये १ हजार ४६३ अस्पताल प्राधिकरणबाट, ३ हजार १ सय ३६ स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशालाबाट र बाँकी ८ हजार ७३४ निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट पुष्टि भएका छन् । परीक्षण गरिएका ३,१३६ मामिलाहरूमध्ये डेल्टा भेरियन्टमा शुन्य केसहरू थिए। ७९३ केसहरू ओमिक्रोन भेरियन्टमा समावेश थिए जबकि २३४३ केसहरू अझै परीक्षण भइरहेको वा कम भाइरल लोडको कारण पत्ता लगाउन सकिएन।

२६४ नयाँ मृत्यु रिपोर्ट सहित कुल ३७८० COVID-19 सम्बन्धित मृत्यु रिपोर्ट गरिएको छ। मृत्युदर ०.५४% पुगेको छ र तिनीहरूमा ११ महिनादेखि ११२ वर्षसम्मका बिरामीहरू समावेश छन्। पाँचौं लहरमा जम्मा ५ बालबालिकाको मृत्यु भएको छ ।

“कोरोना सान्त भएको छैन लापरवाहि नगरौ सचेत रहौ आफु बचौ र अरुलाई पनी बचाऔ”


Translate »