नारायण भण्डारी हङकङ २६ फेब्रुअरी २०२२
हङकङमा आज कोरोना संक्रमि हुनेको संख्याले फेरीपनी नया रेकर्ड कायम गरेको छ । जसमा संक्रमितको संख्या १७,०६३ जना रहेका छन भने ६६ जनाको मृत्यु भएको छ जसमा ८ जना कोरोना बिरुद्धको खोप लगाएका संक्रमितको मृत्यु भएको छ।
आजको स्वास्थ्य विभागको दैनिक कोरोना अपडेट पत्रकार सम्मेलनमा घोषणा गरिएका१७,०६३ संक्रमित मध्ये ६ जना आयातित केस थिएभने अन्य १७,०५७ जना स्थानिय संक्रमित थिए जसमा ९२% संक्रमितमा अमिक्रोनको BA.2 जिवाणु संक्रमण रहेको थियो।
मृत्युहुने ६६ जनाहरुमा जो विगत २४ घन्टामा रेकर्ड गरिएकाहरुमा ३९ जना पुरुष बिरामी र २७ जना महिला बिरामी रहेको बताईएको छ। उक्त मृत्युहुनेहरुको उमेर समुह भने १९ वर्ष देखी १०१ वर्ष सम्मका रहेको बताईएको छ।
हाल सम्म ५,८४८ जना बिरामीहरु अस्पतालमा उपचारार्थ रहेका छन भने ५५० जना संक्रमित पेनी बे मा रहेको क्वारेन्टिनमा रहेका छन र चुन वानको डोरसेट होटलमा रहेको क्वारेन्टाईनमा पनी ५०० भन्दा बढि संक्रमितहरु रहेका छन।२९३ जना बिरामीहकु पछिल्लो २४ घन्टामा हस्पिटलबाट घर फर्केका छन। अहिले सम्म हस्पिटलमा रहेका बेडमध्ये ९१% बेडको प्रयोग भैसकेको छ।