हङकङमा २४ घन्टामा १,१२२ जना निको भए संगै २०२ जनाको मृत्यु र २१,६५० जनामा कोरोना संक्रमित


5A0C337A A94F 4BDA AB58 BDEB573C631B

नारायण भण्डारी हङकङ १७ मार्च २०२२

हङकङमा कोरोनाको पाचौ लहरले आक्रान्त पारिरहेको बेला हिजो आज भने संक्रमितको संख्यामा केहि कमी आएको छ। मृत्युहुनेहरुको संख्यामा भने कमीनआएको छैन।

आज हङकङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २०२ जना पुगेको छ भने संक्रमितको संख्या २१,६५०  जना मा झरेको छ। घरमै कोरोना जाच गर्नेहरुले अनलाईन दर्ता गर्नेहरुको संख्या १३,०२२ जना पुगेका छन ।

हङकङमा पाँचौं लहरमा हालसम्म ९८४,२३१ जनाभन्दा बढी संक्रमित भएका छन् । मेक्सिको, थाइल्याण्ड, सिङ्गापुर, मध्यपूर्व, जर्मनी र इन्डोनेसियाबाट आज कुल ९ वटा आयातित केस रिपोर्ट गरिएको थियो।

नयाँ पुष्टि भएका मध्ये १ हजार ३ सय ५४ अस्पताल प्राधिकरणबाट, १ हजार ४८७ स्वास्थ्य विभागको जनस्वास्थ्य प्रयोगशालाबाट र बाँकी ५ हजार ७८७ निजी प्रयोगशाला वा सामुदायिक परीक्षण केन्द्रबाट प्रत्यक्ष पुष्टि भएका छन । परीक्षण गरिएका १,४८७ केसहरूमध्ये डेल्टा भेरियन्ट समावेश भएको कुनै पनि केस थिएन। २२४ केसहरूमा ओमिक्रोन भेरियन्ट समावेश थियो जबकि लगभग १२०० केसहरू अझै परीक्षण भइरहेका छन वा कम भाइरल लोडका कारण पत्ता लगाउन सकिएन।

१० हजार ५२२ बिरामी अझै अस्पतालमा भर्ना भइरहेको अस्पताल प्राधिकरणका डा लाउ का हिनले बताए । हालसम्म ५८ जना बिरामीको अवस्था अति गम्भीर रहेको र तीमध्ये ११५ जनाको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा रहेका ११९ बिरामीको अहिले सघन उपचार (ICU) कक्षमा उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ११२ बिरामी निको भएका छन् । यसैबीच, भर्ना स्क्रिनिङका क्रममा ३५ जनाभन्दा बढी बिरामीमा पोजेटिभ देखिएको छ भने ४० जना नजिकका सम्पर्कमा आएकालाई क्वारेन्टाइनमा राखिएको छ ।

यसैबीच अस्पताल प्राधिकरणअन्तर्गतका १८ हजार ५०६ भन्दा बढी कर्मचारीमा कोभिड–१९ पोजेटिभ देखिएको छ । तीमध्ये १० हजार १५२ निको भएर काममा फर्किएका छन।

कोरोना संक्रमितको संख्या घट्यो भनेर लापरबाहि गर्ने समय भने आएको छैन सबैले घरमा कोरोना संक्रमितले घरमै चेक गर्ने र सरकारमा रिपोर्ट नगर्नाले पनी संख्यामा कमी आएको छ।


Translate »