हङकङमा आज डवल डेकर बसको ठक्करबाट २७ वर्षिय महिलाको मृत्यु


IMG 5138

नारायण भण्डारी हङकङ २९ डिसेम्वर २०२५

आज दिउँसो हङकङको काउलुन क्षेत्रमा पर्ने हुङ होममा एउटा गम्भीर ट्राफिक दुर्घटना भएको छ र जसमा एकजना महिलाले ज्यान गुमाएकी छन। दुर्घटना दिउँसो ३:३० बजेतिर, मा ताउ वाई रोड र बेली स्ट्रिटको संकेतित जंक्शनमा एक अर्मधवैसे हिलालाई काउलुन मोटर बस KMB गाडीले ठक्कर दियो, त्यसपछि उनी बसमुनि घिस्रिन पुगिन। प्रत्यक्षदर्शीहरूले तुरुन्तै प्रहरी र आपतकालीन सेवाहरूलाई फोन गरे।

अग्नि नियन्त्रकहरू तुरुन्तै आए र पीडितलाई गाडीको मुनिबाट निकाले। उनलाई घटनास्थलमा गम्भीर चोटपटक लागेका कारण बेहोस थिइन्। उनलाई एम्बुलेन्सबाट आपतकालीन उपचारको लागि क्वीन एलिजाबेथ अस्पताल लगिएको थियो । अस्पतालले मृत घोषित गरेको छ ।उनलाई दिउँसो ४:०३ बजे हस्पिटलमा मृत घोषित गरिएको थियो।

प्रारम्भिक जानकारी अनुसार, घटनाको समयमा २७ वर्षीया महिला एक वृद्ध संग हिंडिरहेकी थिइन। पीडितले गाडिकोबाटोमा पाइला राख्दा बस हरियो ट्राफिक सिग्नलमा मा ताउ वाई रोडमा यात्रा गरिरहेको बुझिएको छ।प्रहरीले रातो पैदल यात्री संकेत विपरीत उनले सडक पार गरेको हुन सक्ने सम्भावनालाई अस्वीकार नगर्ने बताएको छ, जसले गर्दा दुर्घटना भएको हुन सक्छ। तर ठक्करको परिस्थितिको अनुसन्धान जारी छ।थप पुष्टि अनुसन्धानबाट पत्ता लाग्ने नै छ। यात्रा गर्दा सडक बत्तिहरुको पालना राम्रोसॅग गर्ने गरौ दुर्घटनाबाट बचौ र बचाऔ।


Translate »