
नारायण भण्डारी
२२ अगस्त २०२१ – हङकङको ताई पो मा बिहानको ११:२० बजे ताई पो को १०२ कोङ फुक रोड क्रस गर्नेक्रममा ट्याक्सिले कन्ट्रोल गुमाएर छेउमा रहेको बिजुलिबत्तिको पोष्टमा ट्याक्सि ठोकिएको थियो।
जव ट्याक्कसि बिजुलिको पोलमा ठोकिएको थियो त्यसपछि एकजना पैदलयात्री ट्याक्सी मुनि फसेको आशंका गरिएको छ। अन्य पैदलयात्रीहरुले पीडितलाई बचाउन सफल भए। घटनास्थलमा तुरुन्तै धेरै संख्यामा एम्बुलेन्स आइपुगेका थिए र प्रारम्भिक जानकारी पस्चात एक व्यक्तिको मृत्यु भएको र एक गर्भवती महिला र एक ४ बर्षे बालक सहित कम्तीमा ७ जना घाइते भएको जानकारी प्राप्त भएको छ। उक्त घटना परी अर्की एकजना महिला कोमामा परे र उनलाई नर्थ डिस्ट्रिक अस्पताल पठाइयो। ४ वर्षीय बच्चा र एक वृद्ध महिला प्रिन्स अफ वेल्स अस्पताल पठाइएको थियो। कुल चार जना गम्भीर घाइते भएका छन्।
यसबाहेक, २ महिला र १ जना पुरुष सामान्य घाइते भए र उनीहरुलाई नेदरसोल अस्पताल र प्रिन्स अफ वेल्स अस्पताल पठाइयो।
दुर्घटनाको कारण पत्ता लगाउन प्रहरीले घटना स्थल अवरुद्ध गरेको छ र अनुसन्धान गरीरहेको जानकारी प्राप्त भएको छ।