युन लङको गाउँमा २ महिनाकी बालिकाको कोमामा परेर मृत्यु


98651A90 33C5 46AD 8EF6 3F392E27F9AD

नारायण भण्डारी हङकङ १० जनवरी २०२२

हङकङमा आज बिहान करिव ७.१८ बजे २५ लाम हाउ सुएन रोड, युन लोङको एउटा गाउँको घरमा एक व्यक्तिले आफ्नी दुई महिनाकी छोरी घरमा अचेत अवस्थामा फेला परेको प्रहरीलाई जानकारी दिए।

प्राथमिक उपचार गर्ने प्यारामेडिकहरूले बालिकालाई उद्धारको गरि तुरुन्तै पोक ओइ अस्पताल पठाउए, तर अन्ततः उनको मृत्यु भएको पुष्टि भयो। घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गर्न बाँकी छ ।

प्राय जाडोको सिजन भएकोले यदि तपाई घरमा झ्याल ढोका लगाएर हिटर चलाउने गर्नुहुन्छ भने ख्याल गर्नुहोला हिटरबाट निस्कने ग्यास निकै हानीकारक हुन्छ। यदि तपाईलाई हिटर नचलाई नहुने छ भने नजिकै एउटा खुल्ला भाडोमा पानी राख्न नबिर्सनुहोला र हल्का भएपनी झ्याल वा ढोका खुल्ला राख्ने गर्नु नै उत्तम उपाय हुनेछ।


Translate »