हङकङमा २२ बर्षका २ जना नेपाली युवा लागुऔषधको ओसार पसारको कसुरमा प्रहरी हिरासतमा


C9C9E9BD E39F 45CA 9465 7E5A4855B98B

नारायण भण्डारी हङकङ १६ अक्टोवर २०२१

हङकङको याउ चिम मोङ जिल्ला प्रहरीले हिजो दिउसो ३ बजे स्पेशल ड्युटिमा रहेको प्रहरीले सुराकिको आधारमा गहिरो अनुसन्धान पछि लागुऔषध बिरुद्दको कारवाहि सुरु गरेको थियो।

याउ मा तेईको मान युन स्ट्रिटबाट संकास्पद  निजी गाडिलाई भेट्टाएको थियो उक्त समयमा कारकों नजिकै संकास्पद रुपमा हिडिरहेका २ जना नेपाली युवाहरुलाई प्रहरीले भेटाएको थियो । र उनिहरुको साथबाट २८.८ ग्रामको कोकीन एउटा ४५ सेमी को छुरी र ४ वटा फलामको रड साथमा पैसाको मुठो र अन्य केहि सामान पनी उक्त संकास्पद अवस्थामा रहेको निजी कारबाट वरामद गरेको थियो।

प्राथमीक अनुसन्धानपछि २२ वर्षीय २ जना नेपाली युवालाई  प्रहरीले लागुऔषधको ओसारपसारमा संकास्पद रुपमा  संलग्रन रहेकोले   पक्रेको थियो। उनिहरुलाई लागुऔषध ओसारपसार र हातहतियार बिरुद्दको अनुसन्धान अगाडि बढाएको छ। उक्त बरामद गरिएको कोकीनोको हालको बजार मुल्य अनुसार  लगभग हङकङ डलर ३२,६०० पर्न जान्छ।

“हामीहरु प्राय काममा दौडिने पैसाको पछाडी लाग्दा कतै हाम्रा कलिला नानी बावुहरु यस्तै गलत काम र कुलतमा त फसेका छैनन याद रहोस बच्चा बच्चिलाई बाबा आमाको मायाको एकदमै खाचो हुन्छ जो घरमा रहेका आन्टिहरुवाट बिरलै पाउने गर्दछन त्यसैले आजैबाट आफ्ना छोराछोरीको आनीबानी र व्यवहारको सुक्ष्म निरिक्षण गर्ने गरौ र कुलत र कुशंगतवाट बचाऔ”


Translate »