सांकेतिक तस्विर
नारायण भण्डारी २५ जनवरी २०२२
हङकङको साउ माउ पिङ जिल्ला प्रहरीको विशेष ड्युटी टोलीले हिजो २४ तारीक राति करिब १० बजे साउ यत हाउस, साउ माउ पिङ एस्टेटको एक घर बाहिर दुईजना संदिग्ध युवाहरूलाई पक्रेको हो।
प्रहरी अधिकारीहरूले वारेन्ट जीरिगर्नुको साथै एक लागुऔषधको खोजी गरे र लगभग १.१८ किलोग्राम हेरोइन र प्याकेजिङ ड्रग्सका लागि प्रयोग हुने सामग्रीको एक ब्याग, उक्त लागुऔषध जोख्नको लागि प्रयोग गरिने इलेक्ट्रोनिक तराजू र ठूलो संख्यामा पुन: प्रयोग गर्न मिल्ने प्लास्टिकको झोलाहरू पनि प्रहरीले बरामद गरेको हो।
अपरेसनका क्रममा प्रहरी अधिकारीहरूले बरामद गरेको लागूऔषधको मूल्य करिब १७ लाख हङकङ डलर थियो। दुवै १७ वर्षीय किशोरलाई लागुऔषध ओसारपसारमा संलग्न भएको आशंकामा पक्राउ गरी अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।
तपाईको घरमा पनी यस्तै मन चंचलहुने उमेरका छोराछोरी छन भने उनिहरुको दैनिक कृयाकलापका साथै उनिहरुको आनिबानी र दैनिक गरिरहेको खर्चको बारेमा निगरानी राख्नुहोला किनभने हरेककुरा समयमै सचेत हुदा भईपरी आउने दुर्घटनाबाट बच्न सकिन्छ।