नारायण भण्डारी हङकङ ९ अक्टोवर २०२१
हङकङ सरकाको मौसम बिभागले भर्खरै बिहान ०६:४० मा हावाको गति ६५ कि मी प्रति घन्टा रहेको जानकारी गराउदै ताईफुन नम्वर ८ घोषणा गरेको छ।
यो ८ नम्वर होस्ट भएपछि घतराको घन्टि बजेको हुन्छ र सामुद्रिक यातायात ठप्प पारिन्छ भने हवाई यातायात र ठुला स्थल यातायातहरु पनी बन्द गरिन्छ जस्तै दुईतले बस एकतल्ले बस लगायत का यातायातका साधनलाई बन्द गरिन्छ भने ट्याक्सि र भुमिगत रेलसेवा सुचारू हरीन्छ। सरकारी कार्यालयहरु बिधालयहरु सबै बन्द हुन्छन। सुरक्षा निकाय र यस सम्वन्धित काम गर्नेहरुलाई अलर्ट अवस्थामा राखिन्छ।
स्काफोल्डिङ भत्किदा हराईरहेका २ जना महिला कामदारको अवस्था पत्ता लागेको छ तर एक जनाको हिजै मृत्यु भएको छ भने थप २ जना गरी ३ जनाघाईते भएको छन । घाईते हरुको सिघ्र स्वास्थ्य लाभको कामना ।