नारायण भण्डारी हङकङ २३ नोभेम्बर २०२२
हङकङको वोङ ताई सिनको चोई हङ इस्टेट र सान पो कङ क्षेत्रमा अन्डरवियर चोरी गर्ने एक सिरियल चोर देखा परेको छ। उक्त चोरको बारेमा प्रहरीले पछिल्ला दिनमा धेरै रिपोर्टहरू प्राप्त गरेको छ।
आज बिहान करिब ८ बजे चोई हङ इस्टेटको भुईं तलाबाट महिलाको अन्डरवियर चोर्ने चोर साइकलमा सवार एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उक्त घटनामा संलग्न ली थरका ६१ वर्ष भएका व्यक्तिले चोई हङ एस्टेट र सान पो कङमा महिलाको अन्डरवियरका सय वटा चोरेर आफ्नो निवासमा राखेको आशंका गरिएको थियो। चोरीको आरोपमा पक्राउ परेको थियो र मुद्दा अनुगमनको लागि वोङ ताई सिन प्रहरी जिल्लाको आपराधिक अनुसन्धान टोलीलाई बुझाइएको थियो।