नारायण भण्डारी हङकङ २१ जुलाई २०२२
हङकङको काउलुङ एरियाको मङककमा रहेको साई यी स्ट्रिटको एलिजा बिल्डिङ नम्बर १८५ को भुईं फ्लोरमा रहेको युनिकयुसको दुखाइ उपचार केन्द्रका कर्मचारीले बिहान करीव ७ः२९ बजेतिर सिसाको ढोका फुटेको भेट्टाए, त्यसपछि लगत्तै उनले आफ्नो मालिकलाई पुलिस बोलाउन भनि अनुरोध गरे र प्रहरी अनुसन्धानका लागि घटनास्थल आई पुगेको हो ।
सीसीटीभी जाँच गरेपछि उक्त रेकर्डमा हातमा पञ्जा लगाएका एक व्यक्ति भेटिए जसले सामान्य हथौडाले सिसाको ढोका तोडेका थिए । प्रारम्भिक चेकजाचपछि लगभग HK $२५०० नगद र २ वटा मोबाइल फोनहरू हराएको पत्चा लगाईयो जुन मोवाईमा उक्त सेन्टरमा आउने संपूर्ण ग्राहक जानकारी समेत रहेको थियो। प्रहरीले घटनालाई डकैतीको रूपमा वर्गीकृत गरी थप अनुसन्धानका लागि मोङकोक जिल्लाको जिल्ला अपराध अनुसन्धान टोलीलाई बुझाएको छ । अहिलेसम्म कोही पक्राउ परेका छैनन।