नारायण भण्डारी हङकङ ६ जनवरी २०२२
बेलायतमा (लण्डन) अहिले पुनः कोरोना भाईरस निकै व्यापक रुपमा फैलिएको छ। पछिल्लो २४ घण्टामा मात्र १९५७४७ जनामा कोरोना भाईरस संक्रमितहरु देखापरेका छन। हालसम्म युकेमा कुल १३,८३५३३४ जनामा कोरोना संक्रमण भएको तथ्याङ्कले देखाएको छ।
उक्त २४ घण्टामै थप ३३४ जना कोरोना संक्रमणबाट मृत्यु भएको पनी जनाएको छ जसमा हालसम्म कोरोनाबाट युकेमा मृत्यु हुनेहरुको संख्या भने १४९२८४ रहेको छ र अहिले उपचारको क्रममा अस्पतीलमा १७२७६ जना विरामी उपचाररत रहेका छन।
बुधबार, बेलायती प्रधानमन्त्री बोरिस जोनसनले मन्त्रिपरिषद्को बैठककमा अधिकांस सार्वजनिक कार्यालयहरुले वर्क फ्रम होम (घरबाटै काम गर्ने अनलाईन) अनलाईनको माध्यमबाट घरमै बसेर कार्यालयको काम गर्ने र अनिवार्य रुपमा फेस माक्स लगाउनुपर्ने कुराको निर्देशन दिएका छन।
अब बेलायतमा नयाँ उपायहरू अबलम्वन गर्ने र बेलायतमा प्रवेश गर्नेहरुले कोरोनाको नेगेटिभ पीसीआर परीक्षण नभएसम्म अलग्गै बस्नु पर्दैन, तर यसको सट्टा आइपुगेपछि दोस्रो दिनको अन्त्यम पुनः पि सि आर परीक्षण लिनुपर्नेछ।यो सकारात्मक छ किन भने तिनीहरूले कुनै पनि नयाँ भेरियन्टहरू पहिचान गर्न मद्दतको लागि पीसीआर परीक्षण लिनुपर्नेछ।
स्कटल्याण्डमा क्वारेन्टाईनको समय अवधि १० दिनबाट घटाएर ७ दिनको बनाईएको छ।
स्मरण रहोस बेलायतमा १२ वर्ष र माथिका ९० प्रतिशतभन्दा बढीले खोपको पहिलो डोज लगाएका छन। पछिल्लो तथ्याङक अनुसार ८२ प्रतिशतभन्दा बढीले दुवै डोज लगाएका छन । ६० प्रतिशतभन्दा बढीले बूस्टर ज्याब्स वा कोरोनाभाइरस खोपको तेस्रो डोज प्राप्त गरेका छन।
जीवनलाई सामान्य अवस्थामा फर्काउन बेलायत, चीन, जर्मनी, रुस र संयुक्त राज्य अमेरिकाजस्ता देशहरू कोरोना भाइरसविरुद्धको खोप तयार गर्न लागिपरेका छन।