आगामी जुलाई १ देखी हङकङका नागरिकलाई दक्षिण कोरीया भिसा रहित यात्रा गर्न K-ETA भए हुने


BB4CD90D 8CFF 4CA0 BD68 5B94D11E2C39

नारायण भण्डारी हङकङ २१ जुन २०२२

हङकङमा रहेको दक्षिण कोरियाली महावाणिज्य दूतावासले सोमबार हिजो २० तारिख घोषणा गरे अनुसार अब हङकङ एसएआर राहदानी वा ब्रिटिश नेसनल (ओभरसिज) राहदानी (बीएनओ) भएकाहरूले छोटो समयका लागि भिसा बिना दक्षिण कोरिया प्रवेश गर्न सक्छन। -अवधि भ्रमणहरू जस्तै पर्यटन, व्यापार बैठकहरू, र १ जुलाई देखि पारिवारिक भ्रमणहरू तर यात्रुहरूले कोरिया इलेक्ट्रोनिक ट्राभल अथोराइजेसन (K-ETA) को लागी आवेदन दिनुपर्छ र तपाईंले दक्षिण कोरियाको विमानमा चढ्न अघि स्वीकृति लिनु पर्छ।

माथि बताए अनुसारको राहदानी बाहकहरूले ३० जुनदेखि K-ETA को लागि आवेदन दिन सक्छन्, र K-ETA अनुमोदन भएको मितिबाट २ वर्ष भित्र बहुप्रबेसी अर्थात धेरापटक जान आउन पाउने Multiple Entry  लागि मान्य हुन्छ।


Translate »