नारायण भण्डारी हङकङ ३ नोभेम्वर २०२१
हङकङ मौसम पूर्वानुमान साखा (हङकङ अब्जर्भेटरीले ) ले हङकङवासीको लागि आगामी सोमबार फेरि न्यूनतम तापक्रम २० डिग्री सेल्सियसभन्दा तल झर्ने चेतावनी दिएको छ।
तापक्रममा गिरावट आइतवार दक्षिणी चीनको तटीय क्षेत्रमा चिसो फ्रन्टले ल्याउनेछ। वर्षाको पानीका थोपाहरुसंगै तापमान नाटकीय रूपमा घट्नेछ।
समुन्द्रि उत्तरपूर्वी मनसुनको प्रभावले आगामी साताको सुरुमा यस क्षेत्रमा हावाहुरी र बिहान र राती चिसो हुने छ।
आइतवार, तापमान २० देखि २६ डिग्री सेल्सियस सम्म हुनेछ, मुख्यतया बादल आकाश र केहि वर्षा पानीका थोपाहरु संगै साँझपख तापक्रम घट्नेछ।
आगामी सोमबार बिहान र रातिको तापक्रम १७ डिग्रीदेखि २१ डिग्री सेल्सियससम्म रहने छ ।
स्वचालित क्षेत्रीय मौसम पूर्वानुमानका अनुसार नयाँ क्षेत्रको उत्तरी भागमा रहेको ता कु लिंगको तापक्रम आगामी सोमबार बिहान ७ बजे मात्र १५ डिग्री सेल्सियस रहने छ।
त्यसैगरी, शेङ शुई, लाउ फाउ शान, शेक कङ, तुन मुन, चिङ यी, ताइ पो, शा टिन, साई कुङ र चुङ क्वान ओको तापक्रम १६ डिग्री मात्रै रहने प्रक्षेपण गरिएको छ भने बाँकी हङकङको तापक्रम १६ डिग्री सेल्सियस मात्रै रहने अनुमान गरिएको छ ।मौसम अनुमान साखाका अनुसार दायरा १७ डिग्री सेल्सियस देखि १८ डिग्री सेल्सियस सम्म छ।
अर्को मङ्गलबार बिहान ५ बजे, ता कु लिंग, लाउ फाउ शान, शेक कङ र ताइ पोको तापक्रम १५ डिग्री सेल्सियस हुनेछ र हङकङको बाँकी भागमा १६ देखि १८ डिग्री सेल्सियससम्म रहनेछ।