२ डिसेम्बर २०२१ – (हङकङ) उत्तरपूर्वी चाईनाबाट सुरु भएको मनसुनले दक्षिणी चीनको तटलाई असर गरिरहेको छ। स्थानीय रूपमा, आज बिहान शहरी क्षेत्रमा तापक्रम लगभग १४ डिग्रीमा झरेको छ, र नयाँ विस्तार गरिएका सहरी क्षेत्रहरुमा केही डिग्री कम छ।
हङकङ मौसम बिभागको अब्जर्भेटरीले बिहान ८ बजे १५ डिग्री सेल्सियस तापक्रम र सापेक्षिक आर्द्रता ५३% रेकर्ड गरेको छ। गत १ घन्टामा किंग्स पार्कमा रेकर्ड गरिएको औसत UV सूचकांक ०.१ थियो यसले कम तीव्रता संकेत गर्दछ। आगोको खतराको चेतावनी रातो रंगको छ, जसले आगोको जोखिम अत्यन्त उच्च रहेको जनाउँछ किनभने चियो बड्दै गएपछि मानिसहरुले तापक्रम बढाउन हिटरजन्य सामाग्रिको प्रयोगमा बृद्दि गर्दछन। न्यु टेरेटरीमा सबैभन्दा कम तापक्रम ११ डिग्री सेल्सियस थियो, ताइ पो १०.०२ डिग्री सेल्सियस थियो, नाङ पिङ पनि ८.५ डिग्री सेल्सियसको न्यूनतम तापक्रम रेकर्ड गरिएको थियो, र Ta Kwu Ling मात्र ५.७ डिग्री सेल्सियस थियो, जुन हङकङको सबैभन्दा चिसो क्षेत्र थियो।
उत्तरपूर्वी मनसुनको प्रभावले आज र भोलि दक्षिणी चीनको तटीय क्षेत्रमा मौसम चिसो रहनेछ। दिन र रात बीचको तापक्रको भिन्नता भने सोचेभन्दा धेरै हुनेछ। मनसुनले साताको अन्त्यदेखि अर्को हप्ताको मध्य हप्तासम्म ग्वाङडोङको तटीय क्षेत्रमा राम्रो र सुख्खा मौसम कायम राख्ने अपेक्षा गरिएको छ। बिहान अझै चिसो हुनेछ।
चिसो मौषममा हिटर बाल्दा निकै ध्यान दिनुहोला जाडो समयमा आगलागीका घटनामा बृद्दि हुनेगर्दछ।