साप्ताहिक राशिफल पौष ३ गतेदेखि ९ पौष २०७८ सम्मको


फलित ज्योतिष ः- नारायण भण्डारी

 

 

AD146B25 777E 4E80 8A18 775731DAFFA6

मेष राशि ः- चु चे चो ला लि लु ले अ

यो साता शुभ समाचार सुन्न पाउनुहुनेछ।  तपाईलाई घर जग्गाको कारोवारले विषेस फाईदा दिलाउने छ। पुराना तथा लामो समय देखि रोकिएका कामहरु पुनः दोहोर्याएर प्रयत्नगर्दा सफलता हात लाग्ने छ। सामाजिक एवं राजनैतिक क्षेत्रको काममा तपाईलाई सफलता हातलाग्ने छ। कुटनीतिक क्षेत्रको काम अगाडि बढ्ने छ। ५ र ८ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेको छ। तपाईका ईस्टदेवताको स्मरण पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।

 

 

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशि ः- इ उ ए ओ वा वि वु वे वो

यो साता तपाईले काम गरिरहनुभएको क्षेत्रमा आफ्नो प्रभुत्व जमाउन सक्नुहुनेछ। तपाईलाई भाग्यले बिभिन्न अवसरहरु दिलाउने छ। शैक्षिक क्षेत्रमा राम्रो प्रगती उन्नति हुनेछ। स्वास्थ्य प्रती चनाखो रहनुहोला । अचल संपत्ति हातपार्ने योग रहेको छ। शुभ कार्यहरुमा सरिक हुने योग रहेको छ। १ र ८ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ।  नवग्रहको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छ।

 

 

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशि ः- का कि कु घ ङ छ के को ह

यो साताको सुरुवातमा तपाईको जोस जागर घट्ने छ। गरेका कामहरुमा ढिला सुस्ति हुनेछन । अल्छिपनाले तपाईलाई सताउने छ। कुरा नवुझि अगाडि बढ्दा तपाईको समय व्यथैमा खेर जाने छ। तर मध्य साताबाट भने तपाले लगानि गर्ने सोचमा हुनुहुन्छ भने शेयर बजारको लगानीले फाईदा दिलाउने छ।  शुभ कार्यको चर्चा चल्ने छ। आम्दानिका श्रोतहरु बढ्ने र आर्थिक अवस्था मजबुत हुनेछ। २ र ८ शुभ  अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेको छ । माता वंगलामुखिको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।

 

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशि ः- हि हु हे हो डा डि डु डे डो

यो साता तपाईको पारिवारिक जमघट एवं पुनर्मिलन हुने योग रहेको छ। भाग्यले एकपछि अर्को अवसर जुराउने छ। सामाजिक कार्यमा रुचि बढ्ने छ। राजनीतिक क्षेत्रमा राम्रो प्रगति एवं सफलता हात लाग्नेछ। शेयर बजारमा गरेको लगानीले तपाईलाई राम्रो प्रतिफल दिलाउने छ। आफ्नो स्वविवेकले विभिन्न कार्यहरु संपादन गर्न सक्नुहुनेछ। २ र ९ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेको छ। कुल देवताको अराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।

 

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशि ः- मा मि मु मे मो टा टि टु टे

यो साता तपाईलाई बैदेशिक क्षेतेरको कामबाट बढि लाभ मिल्ने छ। रोजगार प्राप्तहुने योग रहेको छ। लामो समयदेखि रोकिएका अधुरा कामहरुलाई पुनः दोहोर्याएक प्रयत्न गर्दा सफलता हात लाग्ने छ। पदोन्नतीको पनी योग रहेको छ। तर याताको अन्त्यमा भने तपाईको आर्थिक अवस्थामा गिरावट आउने छ। तपाईका साथिभाई एवं सहकर्मीहरुले तपाईको बोलिको विपरित अर्थ लगाउने छन। स्वास्थ्य प्रति सचेत रहनुहोला। ३ र ६ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेको छ। भगवान भोलेनाथको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छ।

 

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशि ः- टो पा पि पु ष ण ठ पे पो 

यो साता तपाईको वाक चतुर्याईले बोलिको भरमा कार्य संपादन हुनेछन। नयॅा नयॅा ज्ञान सिक्ने अवसर पनी प्राप्त हुनेछ।शुभ र लाईदायक यात्राको योग पनी रहेको छ। तपाईको मनमा शान्ति छाउने छ। शुभ समाचार सुन्न पाउनुहुनेछ। तर साताको उत्तरार्धमा भने मनमा नैरास्यता उत्पन्न हुनेछ। बोल्दा निकै विचार गरेर बोल्नुहोला अन्यथा तपाईको बोलिले तपाईलाई नै अप्ठ्यारोमा पार्ने छ। प्रेममा खटपट हुनेछ। १ र ७ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ। भगवान नारायणको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।

 

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशि ः- रा रि रु रे रो ता ति तु ते 

यो साता तपाईलाई चोटपटक लाग्ने योग रहेको छ निकै सावधानी पुर्वक रहनुहोला । तपाईका आफन्तहरिको साथ सहयोग प्राप्त हुनेछ। स्वास्थ्यमा गडबढि आउने छ निकै सचेत रहनुहोला। मन दोधार रहने छ। तपाईले गरेका काममा ढिलासुस्ति हुनेछ। तर साताको मध्यबाट भने धर्मिक कार्यहरुमा रुचि बढ्ने छ। तपाईलाई नसोचेको ठाउबाट धनागमन हुनेछ। सामाजिक कार्यमा रुचि बढ्ने छ। १ र ७ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। माता पिताको आशिर्वाद लिएर गरेका कामले तपाईलाई सफलता दिलाउने छन।

 

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशि ः- तो ना नि नु ने नो या यि यु

यो साता तपाईलाई मनोरंजनका क्षेत्रमा रुचि बढ्ने छ। पॅुंजि बजारमा गरेको लगानीले तपाईलाई राम्रे प्रतिफल दिलाउने छ। शुभ कार्यको चर्चा चल्ने छ। मुद्दा मामिलाहरुमा तपाईको पक्षमा फैसला हुनेछ। धार्मिक कार्यमा रुचि बढ्ने छ। बैदेशिक क्षेत्रको काममा तपाईलाई सफलता मिल्ने छ। तर मध्य साताबाट भने तपाईलाई साथीभाईले धोका दिनेछन। तपाईको अनाबस्यक ठाउमा धन खर्च हुनेछ। तपाईका विश्वासीहरुप्रतीको विश्वास घटेर जानेछ। ४ र ६ शुभ अंक रहेका छन भने गुलावी रंग शुभ रंगमा परेको छ। शिद्दिदाता गणेश भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।

 

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशि ः- ये यो भा भि धा फा ढा भे

यो साता तपाईको पहिरनको चर्चा चल्नुको साथै सुन्दर पहिरनले तपाईको व्याक्तित्वमा निखारता ल्याउनेछ। पुराना एवं लामो समयदेखि रोकिएका कामहरुलाई पुनः दोहोर्याएर प्रयत्न गर्दा तपाईलाई सफलता मिल्नेछ। तपाईले काम गरिरहनु भएको ठाउमा तपाईको मनोमानी बढ्ने छ एवं पदोन्नतीको योग रहेको छ। प्रेम र मित्रताको बन्धन कसिने बेला आएको छ। तर साताको मध्यवाट भने तपाईले आफ्नो लगनसिलता गुमाउदा तपाईलाई आएको ठुला ठुला उपलब्धिहरु पनी गुम्ने योग रहेको छ। २ र ६ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेको छ।  पवनपुत्र हनुमानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।

 

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशि ः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि 

यो साता धार्मिक कृत्यहरुमा सहभागि भएर पुण्य कमाउने योग रहेको छ। तपाईबाट छुटेर टाढा गएका साथिभाई संग प्रविधीको माध्यमबाट पुनर्मिलनको योग रहेको छ। तपाईको रमणिय एवं सुखद यातेराको योग पनी रहेको छ। सांस्कृतिक कार्यक्रमहरुमा सहभागि हुने योग पनी रहेको छ। अरुको उपकारको लागि पनी समय व्यतित गर्नुपर्ने छ। ४ र ७ शुभ अंक रहेका छन भने आकाशे निलो रंग शुभ रंगमा परेको छ। पितृहरुको स्मरण पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।

 

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशि ः- गु गे गो सा सि सु से सो द

यो साता तपाईको नयॅा नयॅा मित्रहरुसंग भेटघाट र सहकार्यहुने  योग रहेको छ। राजनैतिक कार्यमा सफलता मिल्नेछ। परोपकारका काममा समय व्यतित हुनेछ। धार्मिक कार्यहरुमा रुचि बढ्ने छ। पारिवारिक सद्भाव बढेर जानेछ। शेयर बजारमा उतार चढाव भैरहने छ तर दीर्घकालिन रुपमा गरेको लगानिले भने फाईदा दिलाउने छ। १ र ७ शुभ अंक रहेका छन भने कालो रंग शुभ रंगमा रहेको छ। भगवान भैरवनाथको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।

 

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मीन राशि ः- दि दु थ झ ञ दे दो चा चि 

यो साता तपाईको शैक्षिक क्षेत्रमा उल्लेख्य प्रगति हुनेछ। धार्मिक यात्राको योग रहेको छ। तपाईका आफन्तले साथ सहयेग गर्नेछन। मनोरंजनात्मक यात्राको पनी योग रहेको छ। तर साताको मध्यबाट भने स्वास्थ्य प्रति निकै सचेत रहनुहोला। तपाईमा अहमता र प्रतिशोधको भावना बढेर जानेछ । खानपानमा ख्याल गर्नुहोला। बोलिमा नियन्त्रण गर्नु उत्तम हुनेछ। रिसलाई नियन्त्रणमा राख्नुहोला। ३ र ५ शुभ अंक रहेका छन भने घ्यु रंगको रंग शुभ रंगमा परेको छ। भगवान शिवको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।

यो साता तपाईको शुभ रहोस राशिफलमा भन्दा कर्ममा बिश्वासगरि अगाडि बढ्नुहोला तपाईको भलो हुनेछ साथै राशिफलले गरेको फलितलाई पनी मध्यनजर गर्दै अगाडि बढेमा सफलता तपाईको हातमा हुनेछ हरि ॐ

जयतु संस्कृतम जयतु सनातनम ॐ श्रीहरि नारायणम


Translate »