साप्ताहिक राशिफल ३२ असार देखि ६ साउन २०७९ सम्मको


फलित ज्योतिषः- नारायण भण्डारी

 

AD146B25 777E 4E80 8A18 775731DAFFA6

मेष राशिः- चु चे चो ला लि लु ले लो अ

यो साता तपाईलाई भाग्यले बिभिन्न अवसरहरु जुराउनेछ। व्यापार व्यवसायमा राम्रो उन्नती र प्रगती हुनेछ। नयॅा नयॅा ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ। कुटनितिक क्षेत्रको कार्यमा गरेका कामहरुले तपाईलाई लाभ दिलाउनेछन। सामाजिक एवं धार्मिक कार्यमा रुचि  बढ्नेछ। २ र ३ शुभ अंक रहेका छन भने नीलो रंग शुभ रंगमा परेको छ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशिः- इ उ ए ओ वा वि वु वे वो 

यो साता तपाईलाई राजनीतिको  क्षेत्रमा सफलमा मिल्नेछ। शुभ कार्यहरु भएको ठाउमा सरिक हुने अवसर मिल्नेछ। कुनैपनी काम अधुरा रहनेछैनन। सामाजिक एवं धार्मिक कार्यहरुमा रुचि बढ्नेछ। तपाईका मन मिल्ने साथी भाईको राम्रो साथ सहयोग मिल्नेछ। तर साताको उत्तरार्धमा भने तपाईले नसोचेको एवं अनावस्यक र दिग्धारीपूर्ण यात्रा हुनेछ।  ४ र ८ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेकोछ। कार्यसिद्धिदाता गणेश भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशिः- का कि कु घ ङ छ के को ह

यो साता तपाईलाई भाग्यले बिभिन्न अवसरहरु जुराउनेछ। तपाईले आटे ताकेका शुभ र राम्रा कार्यहरु पूरा हुनेछन। प्रेम जीवन सफल र सवल हुनेछ। सामाजिक एवं राजनीतिक प्रतिष्ठा कायम गर्नको लागि लगानी गर्नुपर्ने समय आएको छ। मन प्रसन्न हुनेछ। खानपान एवं दैनिक आहार बिहारमा ध्यान राख्नुहोला।  ३ र ५ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेको छ। तपाईका पितृहरुको स्मरण पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो

यो साता तपाईलाई निर्णय गर्नसक्ने क्षमतामा ह्रास आउनेछ। आफ्नो अधिकार प्राप्तिको लागि भने निकै संघर्ष गर्नुपर्नेछ। दैनिक खर्च बढ्नेछ। आर्थिक संकट पर्नसक्नेछ। तर साताको मध्यबाट भने यात्राको योग रहेको छ जसमा रमाईलो यात्रा हुनुको साथै पुनर्मिलनको योग पनि रहेकोछ। तपाईलाई प्राविधिक क्षेत्रको काममा रुचि बढ्नुको साथै प्रगती पनि हुनेछ।५ र ६ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। तपाईका मातापिताको आशिर्वाद लिएर गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशिः- मा मि मु मे मो टा टि टु टे

यो साता तपाईले पुराना कामहरुलाई कार्य संपादन गर्नुको साथै समस्याहरु सुल्झाउन सक्नुहुनेछ। तपाईका अभिभावकहरुको सुझावले तपाईला सफलताको सिखर चढाउनेछ। सांस्कृतिक एवं शुभ कार्यहरु भैरहेको ठाउमा सहभागिहुने अवसर मिल्नेछ। प्रेम संबन्ध एवं प्रणय प्रसंगका लागि उत्तम समय रहेकोछ। मनोरञ्जनका कार्यक्रमहरुमा सहभागि हुने अवसर मिल्नेछ। सोच विचार गरेर बोल्दा तपाईलाई साम्रो हुनेछ अर्थात असामान्य स्थितीको सामना गर्नु पर्दैन। ७ र ८ शुभ अंक रहेका छन भने गुलावी रंग शुभ रंगमा परेको छ। वंगलामुखी माताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82
कन्या राशिः-  टो पा पि पु ष ण ठ पे पो

यो साता तपाईलाई प्रेम र मित्रताको बन्धन कसिने बेला आएकोछ। लामो समयदेखि रोकिएका कार्यहरुलाई पुनः दोहोर्याएर प्रयत्नगर्दा कार्य संपादन हुनेछन। शैक्षिक क्षेत्रका साथै प्राविधिक क्षेत्रका कार्यहरु सहज रुपमा संपन्न हुनेछन। तपाईभित्र लुकेर रहेको क्षमता प्रदर्सन गर्ने अबसर प्राप्त हुनेछ जसको कारणले तपाईलाई पदोन्नतीको मार्गप्रसस्त हुनेछ। तर साताको उत्तरार्धमा भने निकै व्यस्तता बढ्नेछ तर त्यसबाट तपाईलाई लाभ मिल्नेछ। ३ र ५ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेका छ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशिः-  रा रि रु रे रो ता ति तु ते

यो साता तपाईका आफन्तहरुसंग पूनर्मिलनको योग रहेकोछ। भैतिक सुख सुविधाका साधनहरु खरिद गर्ने योग रहेकोछ।  शुभ कार्यको चर्चा चल्नेछ। मन प्रसन्न हुनेछ। तर साताको मध्यवाट भने तपाईलाई नराम्रा सपनाहरु देखिने एवं मन डराउनेछ। तपाईमा लगनसिलताको कमिले गर्दा आएका अवसरहरुपनि गुम्ने योग रहेकोछ। ५ र ८ शुभ अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेकोछ। विष्णु भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशिः- तो ना नि नु ने यो या यि यु

यो साताको सुरुवाती चरणमा गरेको तपाईको लगानी डुव्ने डर रहेको छ निकै सोचविचार गरेर लगानी गर्नुहोला। तपाईले आटे ताकेका काम समयमा पुरा नहुदा तपाईलाई वाक्क लाग्नसक्छ। तपाईका हितैसी मित्रहरुले दिएका वचन फेरीन सक्छ। तर साताको उत्तरार्धतिरबाट भने तपाईलाई धार्मिक यात्राको योग रहेकोछ। प्रेम संवन्धमा सुमधुर वातावरणको श्रृजना हुनेछ। सामाजिक क्षेत्र एवं नोकरीबाट तपाईलाई मान सम्मान मिल्नेछ।  ७ र ९ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेकोछ। भोलानाथ भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशिः- ये यो भा भि भु धा फा ढा भे 

यो साता तपाईको व्यवसायको लागि यात्रा गर्नुपर्ने संभावना रहेकोछ। तपाईवाट छुटेर गएका आफन्त एवं साथीभाई संग पूनर्मिलनको संभावना पनी रहेकोछ। तपाईलाई काममा जिम्मेबारी बहन गर्नुपर्ने योग रहेकोछ। तपाईका साथीभाईबाट राम्रो साथ सहयोग पाईनेछ। तपाईभित्र लुकेर रहेको क्षमता प्रदर्शन गर्ने मौका मिल्नेछ जसबाट तपाईको भाग्योदय हुने योग समेत रहेकोछ। सांस्कृतिक साथै धार्मिक समारोहमा सरिक हुने अवसर पनि तपाईलाई मिल्नेछ। २ र ८ शुभ अंक रहेका छन भने गुलावी रंग शुभ रंगमा परेकोछ। तपाईका कुल देवताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशिः-  भो जा जि जु जे जो ख खि खु खे खो गा गि

यो साता सांस्कृतिक एवं शुभ कार्यहरुमा सहभागिहुने अवसर मिल्नेछ। नविन कार्यको थालनी गर्नको लागि उत्तम समय रहेकोछ। अतिथीको रुपमा तपाईले सम्मान प्राप्त गर्न सक्नुहुनेछ। दोधारीएर गरेका कामबाट पनि तपाईको उन्नतिको मार्ग प्रशस्त खुल्नेछ। तपाईको अधिकारको लागि भने संघर्ष गर्नुपर्नेछ। ३ र ५ शुभ अंक रहेका छन भने हल्का नीलो रंग शुभ रंगमा परेकोछ। श्रीमानश्रीमतीको सरसल्लाहवाट गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

 

6210C06B 5597 4051 95C6 56DBDC566971
कुम्भ राशिः- गु गे गो सा सि सु से सो द

यो साता तपाईको प्रेम संबन्धमा माधुर्यता छाउनेछ। परोपकारका कार्यहरुमा तपाईको रुचि बढ्नेछ। आर्थिक बृद्धिहुनुको साथै नगद लगानी गरेर गरिने कार्यमा तपाईको रुचि बढ्नेछ। बैदेशिक क्षेत्रमा लगानी गर्ने योग समेत रहेकोछ। मनमा शान्ति मिल्नेछ। निवाशको लागि समेत कतै लगानीको अवसर प्राप्त हुनेछ। ३ र ७ शुभ अंक रहेका छन भने बैजनी रंग शुभ रंगमा परेकोछ। पवन पुत्र हनुमानको आराधना गरी गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मीन राशिः- दि दु थ झ ञ दे दो चा चि

यो साता तपाईलाई आएका महत्वपूर्ण अवसरहरु गुम्न सक्ने योग रहेकोछ।  परिश्रम अनुसारको फल प्राप्त गर्न मुस्किल पर्नेछ। तर साताको मध्यबाट भने तपाईका मित्रहरुको साथ सहयोग र हौसललाले गर्दा उल्लेख्य कार्यहरु संपादन हुनेछन। शुभ कार्यको चर्चा चल्नेछ।नयॅा वस्त्र अलंकारको प्राप्तिहुने योग समेत रहेकोछ। २ र ९ शुभ अंक रहेका छन भने घ्यू रंग शुभ रंगमा परेको छ। माता लक्ष्मिको आराधना पस्चात गरेका कार्यले लपाईलाई सफलता दिलाउनेछन।

राशिफलले जे जस्तो फलित गरेता पनि तपाई आफ्नो काममा लगनसिल भएर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा हुनेछ।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।

“यो साता तपाईको शुभ रहोस”

जयतु संस्कृतम जयतु सनातनम हरि ॐ

 


Translate »