साप्ताहिक राशिफल ४ असार देखि १० असार २०७९ सम्मको


फलित ज्योतिषः- नारायण भण्डारी

 

AD146B25 777E 4E80 8A18 775731DAFFA6

मेष राशिः- चु चे चो ला लि लु ले लो अ 

यो साता तपाईको लागि स्वादिष्ट भोजन एवं मिष्ठान्न भोजन प्राप्त हुने योग रहेको छ। सफल र आरामदायी यात्रा हुनेछ। व्यवसाय एवं पेसामा उन्नति प्रगति हुने योग रहेको छ। सामाजिक एवं राजनैतिक क्षेत्रमा आफ्नो प्रतिस्ठा कायम गर्न लगानि गर्नुपर्ने बेला आएको छ। तर साताको मध्यबाट भने प्रेम सम्वन्धमा तिक्तता आउने छ। मनमुटाव बढ्ने छ। तपाईले गरिरहनुभएको कार्यमा नजिकका व्याक्तिहरुले बाधा एवं अवरोध पुर्याउनेछन। १ र ३ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। माता वंगलामुखीको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशिः- इ उ ए ओ वा वि वु वे वो

यो साता तपाईको लागि नोकरी एवं सामाजिक कार्यहरुवाट मानसम्मान मिल्नेछ। धर्मकर्ममा तपाईको रुचि बढेर जानेछ। तपाईले चिताएको काम तिव्र रुपमा अगीडि बढ्नेछ। धार्मिक एवं मनोरञ्जनका क्षेत्रमा रुचि बढ्नेछ। घर जग्गा वा जग्गा जमिनको कारोवारवाट लाभ एवं सफलता मिल्नेछ। साताको अन्त्यमा भने घरायसी कामधन्दामा समय व्यतित गर्नुपर्नेछ। समयको व्यवस्थापनमा समस्या देखिनेछ। ५ र ६  शुभ अंकहरु रहेका छन भने पहेलो रंग शुभ रंगमा परेको छ। नवग्रहहरुको दर्शन एवं पुजा पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशिः- का कि कु घ ङ छ के को ह

यो साता तपाईको सौन्दर्यताका सामानको साथै स्वास्थ्यको लागि पनी धन खर्चहुनेछ। शेयर बजारको लगानी पनी त्यती उपयुक्त हुनेछैन। मनमा नैरास्यता छाउनेछ। मन अस्थिर रहनुका साथै दोधारमा रहनेछ। तर साताको उत्तरार्धमा भने दाम्पत्य जिवन सुखमयका साथ सहजरुपमा अगाडि बढ्नेछ। रमाईलो यात्रा हुनेछ। प्रेम र मित्रताको बन्धन कसिने वेला पनी आएकोछ। समय संगै अगाडि बढ्नुहोला। ५ र ७ शुभ अंक रहेका छन भने घ्यु रंग शुभ रंगमा परेको छ। शंकर भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो

यो साता तपाईको लागि पॅुंजि बजारमा गरेको लगानीले तपाईलाई राम्रो प्रतिफल दिनेछ। तपाईको आफ्नो बुद्दिबिबेकको उपयोग गरेर जतिसुकै जटिल ठानिएका कार्यहरुपनी सहजै संपादन हुनेछन। तपाईले गरिरहनु भएको कामको क्षेत्रमा प्रभुत्व जमाउन सक्नुहहुनेछ। तर साताको उत्तरार्धबाट भने तपाईले गरिरहनु भएको काममा बिभिन्न बाधा व्यवधानहरु आउनेछन। तपाईको आत्मवल कमजोर हुनेछ। आटे ताकेका कार्यहरु नवन्नाले तपाईलाई दिक्क लाग्नेछ। मनमा नैरास्यता छाउनेछ।  ४ र ७ शुभ अंकहरु रहेका छन भने कालो रंग शुभ रंगमा परेको छ। तपाइका ईष्टदेवताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशिः- मा मि मु मे मो टा टि टु टे

यो साता तपाईको लागि शुभ कार्यको चर्चा चल्नेछ। बैदेशिक वा कुटनीतिक क्षेत्रका काममा सफलता मिल्नेछ। शुभ र लाभदायक यात्राको योग समेत रहेकोछ। शेयर बजारमा गरेको लगानिले राम्रो प्रतिफल दिनेछ। लामो समयदेखि रोकिएका कार्यहरु पूनः दोहोर्याएर प्रयत्न गरेमा सहजै कार्य संपादन हुनेछन।  धार्मिक यात्राको योग रहेकोछ।तपाईका आदर्श व्याक्तिहरुले तपाईको मेहनतको प्रसंसा गर्नेछन।१ र ३ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। कार्यशिद्दिदाता गणेश भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो

यो साता तपाईले गरिरहनुभएको राजनीतिक एवं सामाजिक प्रतिष्ठा कायम राख्न आर्थिक लगानि गर्नुपर्ने बेला आएकोछ। मनमा प्रसन्नता छाउने खालको समाचार सुन्न पाउनुहुनेछ। तपाईका नाता कुटुम्वको राम्रो साथ सहयोग प्राप्त गर्न सक्नुहुनेछ। लाभदायक तर छोटो दुरिको यात्रा हुनेछ। स्वास्थ्यको लागि समय व्यतित गर्नुहोला साथै दैनिक आहार बिहारमा पनी सचेत रहनुहोला। स्वास्थ्यमा गडबढि आउने योग रहेकोछ। २ र ७ शुभ अंक रहेका छन भने नीलो रंग शुभ रंगमा परेको छ। नारायण भगवानको आराधना पस्चात गरेको कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछ।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A
तुला राशिः- रा रि रु रे रो ता ति तु ते

यो साता तपाईको लागि मेहनत गर्नुपर्ने खालको समय रहनेछ। तपाईको लागि व्यवसायिक कृषि कार्यबाट मनग्ये आम्दानी हुनेछ। तपाईलाई परिणाम मुखि जिम्मेवारी वहन गर्ने बेला पनी आएको छ निकै सकर्कताका साथ अगाडि बढ्नुहोला। तपाईको वुद्धिको प्रयोग गरेर जटिल ठानिएका कार्यहरु पनि सहजै संपादन गर्न सक्नुहुनेछ। ३ र ८  शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। तपाईका माता पिताको आशिर्वाद लिएर गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशिः- तो ना नि नु ने नो या यि यु 

यो साता तपाईले कुनै पनी मुद्दा मामिलामा न्यायको पर्खाईमा हुनुहुन्छ भने न्याय तपाईको पक्षमा हुनेछ। सांस्कृतिक एवं धार्मिक कृत्यहरु भएको ठाउमा सरिक भएर मनोरंजन एवं पुञ्य कमाउन सक्नुहुनेछ। तपाईको सुन्दर पहिरनको चर्चा चल्नुको साथै व्याक्तित्वमा निखारता पनी ल्याउनेछ। तर साताको मध्यवाट भने तपाईको दाम्पत्य जिवनमा निरासता आउने प्रवल संभावना रहेकोछ। तपाईलाई आएको महत्वपूर्ण अवसर पनी गुम्नसक्नेछ। मनमा नैरास्यता छाउनेछ। ६ र ९ शुभ अंक रहेका छन भने गुलावी रंग शुभ रंगमा परेको छ। माता सरस्वतीको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशिः- ये यो भा भि भु धा फा ढा भे

यो साता तपाईको लागि धार्मिक कार्यहरु र तिर्थाटनको योग रहेकोछ। तपाईको लागि कृषिकार्यका साथै प्राविधिक कार्यमा सफलता मिल्नेछ। तपाईले काम गरेर नाम प्रतिष्ठा र यश कमाउने वेला आएको छ। मनमा शान्तिदिने समाचारहरु सुन्न पाउनुहुनेछ। तर साताको मध्यवाट भने स्वास्थ्यमा गडबढि आउने योग रहेको छ निकै सतर्कताका साथ अगाडि बढ्नुहोला। तपाईको सामान हराउने या चोरिहुने योग समेत रहेकोछ।  ३ र ७ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेकोछ। तपाईका कुल देवताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछ।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि

यो साता तपाईलाई आकस्मिक धनलाई हुने योग रहेकोछ। प्रेमी जिवन सुखद र सहज रुपमा अगाडि बढ्नेछ। शुभ समाचार सुन्न पाउनुहुनेछ। भाग्यले बिभिन्न अवसरहरु जुराउनेछ। लामो समयदेखि रोकिएका कार्यहरु पुनः दोहोर्याएर प्रयत्न गर्दा कार्यसंपादन हुनेछन। तर साताको मध्यवाट भने तपाईको स्वास्थ्यमा गडबढि आउनेछ सचेत रहनुहोला। कुनैपनी महत्वपूर्ण कुरामा निकै विचार पुर्याएर निर्णय लिनुहोला अन्यथा गलत निर्णय हुन पुग्नेछ। साबधानिका साथ अगाडि बढ्नुहोला। १ र ५ शुभ अंक रहेका छन भने आकासे नीलो रंग शुभ रंगमा परेकोछ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशिः- गु गे गो सा सि सु से सो द

यो साता तपाईको सुरुवाति दिनहरुमा तपाईको घर परिवारमा असामान्य परिस्थितीको सामना गर्नुपर्नेछ साथै घरायसी झै झमेलाहरु आउने प्रवल संभावना रहेकोछ। विपक्षी अर्थात तपाईका दुस्मनहरुले तपाईलाई जालझेल एवं छलकपटगरेर फसाउन सक्नेछन निकै सावधानिपूर्वक रहनुहोला। तर साताको मध्यवाट भने सामाजिक एवं राजनीतिक प्रतिष्ठा कायम राख्न लगानी गर्नुपर्ने बेला आएकोछ। मन डराउने छ तर व्यवहारीक रुपमा भने तपाईलाई फाईदा हुनेछ। १ र ६ शुभ अंक रहेका छन भने सिंदुरे रंग शुभ रंगमा परेकोछ। कार्यशिद्धिदाता गणेश भगवानक आराधना पस्चात गरेका कारेयहरुले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मीन राशिः- दि दु थ झ ञ दे दो चा चि

यो साता तपाईको लागि धर्म कर्म परोपकार र समाजसेवा जस्ता पवित्र कार्यमा रुचि बढ्नेछ। तपाईका आदर्श व्याक्तिहरुसंगको सहकार्यले नॅंया नॅंया ज्ञान सिक्ने अवसर प्राप्त हुनेछ।शेयर बजारमा गरेको लगानीले तपाईलाई राम्रो प्रतिफल दिनेछ। शुभ कार्यको चर्चा चल्नेछ। तर साताको उत्तरार्धमा भने तपाई आटे ताकेका कार्यहरु समयमा नबन्नाले तपाईलाई दिक्क लाग्नेछ। मनमा नैरास्यता छाउनेछ। ५ र ९ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेकोछ। भगवान भोलानाथको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

राशिफलमा जे जस्तो फलित गरेता पनी तपाई आफ्नो काममा बिस्वास गरेर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा हुनेछ।

ॐ सर्वे भवन्तु सुखिनः।
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु।
मा कश्चित् दुःख भाग्भवेत्॥
ॐ शान्तिः शान्तिः शान्तिः॥
जयतु संस्कृतम जयतु सनातनम हरि ॐ

 


Translate »