फलित ज्योतिष :- नारायण भणरी
मेष राशि :- चु चे चो ला लि लु ले लो अ
यो साता शुभकार्यमा सहभागी हुने योग रहेको छ । व्यापार व्यवसायमा राम्रो प्रगती र आम्दानी हुने छ । नसोचेको ठाउबट धन आगमन हुनेछ । विशिष्ट व्यातिहरुसंग भेटघाटको अवसरले मन प्रसन्न हुनेछ । भौतिक साव सुविद्याका साधन खरिद गर्ने योग रहेको छ। तपाईको अनावश्यक ठाउमा धन खर्च हुनेछ । १ र ९ शुभअंक रहेका छन भने रातो रंग शुभरंग मा परेको छ । नवग्रहहरूको आराधना पश्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।
वृष राशि : – इ उ ए ओ वा वि वु वे वो
यो साता प्रेम संवन्धका लागि उत्तम समय रहेको छ । मनमा हर्ष उमंग र उत्साह बढ्नेछ । लामो समयदेखि रोकिएका काम पुनः दोहोर्याएर प्रयत्नगर्दा सफल हुनेछन । तपाईबाट छुटिएर टाढा गएका आफन्तसंग भेटघाटको अवसर जुर्नेछ । तर साताको उत्तरार्धमा भने तपाईको सरीरमा आलस्यता छाउने छ । सताको उत्तरार्धमा कुनैपनि नयाँकाम सुरु नगर्नहोला कार्य सम्पादनमा समस्या देखापर्ने छ । ६ र ९ शुभअंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ । भगवान भोलेनाथको आराधना पश्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन ।
मिथुन राशि :- का कि कु घ ङ छ के को ह
यो साता तपाईले काम गरे आउसको पारिश्रमीक प्राप्त गर्नुहुनेछ । मिष्ठान्न भोजन प्राप्त गर्न सक्ने पनि योग रहेको छ । प्रेम संबन्ध सुमधुर हुदै जानेछ । भोजभतेर वा सभा सेमीनारहरूमा सहभागी हुने योग रहेको छ । शुभकार्यको चर्चा पनि चल्नेछ । तर साताको उतरार्धमा भने तपाईको सामान हराउने योग रहेको छ । व्यापार व्यवसाय वा आर्थिक कारोवारमा मन्दि छाउने छ । ३ र ८ शुभ अंक रहेका छन भने हल्का निलो रंग शुभरंगमा परेको छ । तपाईका पितृहरुको स्मरण पश्चात गरेका कामले तपाईलाई बढि सफलता दिलाउने छन ।
कर्कट राशि :- हि हु हे हो डा डि डु डे डो
यो साता तपाईको मनमिल्ने साथसंग भेट हुनेछ । शत्रुको डरबाट छुटकारा पाउनु हुनेछ । तपाईको वाकपटुताले गर्दा सजिलैकार्य संपादन गर्न सक्नु हुनेछ । तपाईको सरीरमा स्फुर्त बढनुको साथै जोस जागर पनि बढेर आउने छ । तर साताको मध्यमा भने तपाईको नियमित खर्चमा वृद्धि हुने योग रहेको छ । सरकारी पक्षबाट डर पनि हुने योग रहेको छ सचेत रहनु होला । २ र ८ शुभअंक रहेका छन भने पहेलो रंग शुभरंगमा परेको छ । कार्यसिद्धि विनायक गणेश भगवानको आराधना पश्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।
सिंह राशि :- मा मि मु मे मो टा टि टु टे
यो साता तपाईलाई साताको पूर्वाधमा तपाईको काममा अवरोध श्रृजना गर्ने व्याक्तिहरूको वाहुल्यता रहने छ । अप्ठ्यारो परिस्थीतीको सामना पनि गर्नुपर्ने छ । तर साताको मध्यवाट भने मनमा हर्ष उमंग र उत्साह बढ्ने छ । तपाईले सोचेका शुभकार्यहरू पुरा हुनेछन । एकपछि अर्काे अवसर आउनाले तपाईको भाग्य चम्किने छ । सफल र लाभदायक यात्राको योगपनि रहेको छ । २ र ६ शुभअंक रहेका छनभने गुलाबी रातोरंग शुभरंगमा परेको छ । तपाईका कुलदवताको स्मरण पश्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।
कन्या राशि :- टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईको प्रेमी जीवन सबल र सफल हुने योग रहेको छ । बित्तिय संघ संस्थाबाट सहयोग प्राप्त हुनेछ । तपाईका मनमिल्ने साथीभाईसंगको भेटघाटले मन प्रसन्न रहनेछ । तपाईको हराएको आत्मबल पुनः जाग्रित हुनेछ । अचल संपत्ति हातपार्ने योग रहेको छ । रमणिय स्थानको सुखद यात्रा हुने योगपनि रहेको छ । १ र ६ शुभ अंक रहेका छनभने सेतोरंग शुभरंगमा परेको छ । सरस्वति माताको आराधना पश्चात गरेका कामले तपाईलाई बढि सफलता दिलाउने छन ।
तुला राशि :- रा रि रु रे रो ता ति तु ते
यो साता मनोरंजनका कार्यक्रमहरूमा सहभागि हुने योग रहेको छ । प्रेम संबन्ध सुमधुर रुपमा अगाडि बढ्ने छ । तपाईको सुन्दर पहिरनले तपाईको व्याक्तित्वको चर्चा परिचर्चा हुनेछ । तपाईका साथीभाई बाट साथ सहयोग प्राप्त हुनेछ । शुभकार्यमा सरिक हुने योग रहेको छ । २ र ७ शुभअंक रहेका छन भने सुन्तला रंग शुभरंगमा परेको छ । पवनपुत्र हनुमानको आराधना पश्चात गरेका कामले तपाईलाई सफलता मिल्नेछ ।
वृश्चिक राशि :- तो ना नि नु ने नो या यि यु
यो साता तपाईका मनमिल्ने साथीको राम्रो साथ सहयोग मिल्नेछ । मनोरंजनका कार्यक्रमहरुमा सहभागी हुने अवसर प्राप्त हुनेछ । धार्मिक एवं सामाजिक कार्यमा रुचि बढने छ । बैदेशिक क्षेत्रको काममा सफलता मिल्नेछ । तपाईको घरमा अतिथीको आगमन हुनेछ । धन आर्जनका नयाँ नयाँ श्रोतहरु पत्तालाग्नेछन । ३ र ९ शुभ अंक हुनभने घिउ रंग शुभरंगमा परेको छ । माता बंगलामुखीको आराधना पश्चात गरेका कामले तपाईलाई बढि सफलता दिलाउने छन ।
धनु राशि :- ये यो भा भि भु धा फा ढा भे
यो साता तपाईको सामाजिक एवं धार्मिक कार्यमा रुचि बढने छ । यात्रा गर्दै हुनुहुन्छ भने मालसामान हराउने योग रहेको छ । भोज भतेरमा सहभागी भएर मिष्ठान्न भोजनको अवसर प्राप्त हुनेछ । तपाईको लगानीले राम्रो प्रतिफल दिलाउने छ । तपाईको मनलाई दृढ गरेर गरेका कामले सफलता दिनेछन । ५ र ६ शुभ अंक हुनभने हल्का रतो रंग शुभ रंगमा परेको छ । भैरवनाथ भगवानको आराधना पश्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।
मकर राशि :- भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो साता तपाईको नयाँ र शुभ समाचार सुन्न सक्नुहुनेछ । तपाईको फसेको रकम हातलाग्ने योग रहेको छ । लामो समयदेखि रोकिएका पुराना कामहरुलई पून: दोहोर्याएर प्रयत्न गर्नुहोला अवश्य सफलता मिल्नेछ । तपाईको जागिरमा स्थानान्तरण हुने संभावना रहेकोछ । तर मध्य साताबट भने तपाईले गरेका काममा ढिलासुस्ति हुनेछन । तपाईको अहमता र जिद्दिपनले गर्दा बन्न लागेको कामपनि बिग्रने संभावना रहेको छ । ३ र ९ शुभअंक रहेका छन भने आकासे निलो रंग शुभरंग रहेको छ । नारायण भगवानको स्मरण पश्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन ।
कुम्भ राशि :- गु गे गो सा सि सु से सो द
यो साता तपाईका लामो समयदेखि रोकिएका कामहरू संपन्न हुनेछन । धार्मिक सामाजिक कार्यमा रुचि र सक्रियता बढ्ने छ । व्यापार व्यवसायमा राम्रो प्रगति हुने योग रहेको छ । तपाईको मनमा उत्साह बढने योग रहेको छ । शुभकार्यको चर्चा चल्ने छ । साताको मध्यबाट भने कुनैपनि कामगर्दा सचेत रहनुहोला । ४ र ७ शुभअंक रहेका छन भने सेतो रंग शुभरंगमा परेको छ । लक्ष्मी माताको आराधना पश्चात गरेका कामले बढि सफलता दिलाउने छन ।
मीन राशि :- दि दु थ झ ञ दे दो चा चि
यो साता तपाईको शुभ कार्यको चर्चा चल्ने छ । सामजिक एवं धार्मिक कार्यबाट मान सम्मान मिल्नेछ । नयाँ कामको थालनी हुने योग रहेको छ । तपाईको लगनसिलताले गरेका कामले राम्रो प्रतिफल दिलाउने छन । तपाईको लगानीले राम्रो प्रतिफल दिनेछ । समयको पूर्ण सदुपयोग गरेर कार्यगर्दा फाइदा हुनेछ । ७ र ८ शुभअंक रहेका छन भने क्रिम रंग शुभरंगमा परेको छ । विष्णु भगवानको आराधना पश्यात गरेका कामले तपाईलाई बढि सफलता दिलाउने छन ।
यो साता तपाईको शुभ रहोस हरि ओम
जयतु संस्कृतम जयतु सनातनम