फलित ज्योतिष :- नारायण भण्डारी
मेष राशि चु चे चो ला लि लु ले लो अ
यो साता उपहार प्राप्त हुने योग छ । लगानी एवं व्यापारमा रुचि बढ्ने छ। आफुबाट छुटेर गएकाआफन्त एवं साथी भाई संग पुनर्मिलन हुने योग रहेको छ। यात्राकोयोग पनी रहेको छ। साताको मध्यवाट आफ्ना मान्यजन एवं बिशिष्ट व्याक्तिहरुको साथ सहयोग र आशिर्वाद लिएर अगाडी बढ्दा राम्रो हुने छ। घरायसी समस्याले सताउने योग रहेको छ। यो साताको लागि शुभ अंक १ र ९ हुन भने शुभ रंगमा गुलाबी रातो रंग रहेको छ। कुनै पनी शुभकर्म या शुभयात्रा गर्नुभन्दा पहिले नवग्रहहरुको स्तुति गरि अथवा स्मरण गरि कार्य आरंभ गर्दा तपाईलाई लाभ हुनेछ।
वृष राशि ई उ ए ओ वा वि वु वे वो
यो साता नयाँकार्य योजनाहरु वन्ने छन। धार्मिक अनुष्ठानहरुमा सहभागिता जनाउन सक्नुहुनेछ। आफन्तहरुसंग पुनर्मिलन हुने योग रहेको छ। धनआर्जनका नया श्रोतहरु पत्तालाग्नेछन। धार्मिक कार्यमा रुचि बढ्ने छ।यो साताको लागि शुभ अंक ३ र ९ हुन भने शुभ रंगमा सुन्रातला रंग रहेको छ। कुनै पनी शुभकर्म या शुभयात्रा गर्नुभन्दा पहिले श्री कृष्ण भगवान को स्तुति गरि अथवा स्मरण गरि कार्य आरंभ गर्दा तपाईलाई लाभ हुनेछ।
मिथुन राशि का कि कु घ ङ छ के को ह
यो साता धर्म-कर्म एवं समाजसेवामा रुचि बढ्ने छ। व्यवसायमा आशातीत प्रगति हुनेछ। नयाँ नयाँ ज्ञान सिक्ने अबसर प्राप्त हुनेछ। सामाजिक एवं राजनीतिक कार्यबाट राम्रो प्रशंसा मिल्ने छ। यो साताको लागि शुभ अंक २ र ९ हुन भने शुभ रंगमा पहेलो वा हरियो रंग रहेको छ। कुनै पनी शुभकर्म या शुभयात्रा गर्नुभन्दा पहिले भगवान शिव को ध्यान गरी पुजागरी स्तुति गरि अथवा मनमा स्मरण गरि कार्य आरंभ गर्दा तपाईलाई लाभ हुनेछ।
कर्कट राशि हि हु हे हो डा डि डु डे डो
यो साता प्रेममा सफलता हात लाग्नेछ। धनआर्जनका नयाँ नयाँ श्रोतहरु पत्ता लाग्नेछन। धार्मिक अनुष्ठानहरुमा सहभागी हुने योग रहेको छ। रमाईलो यात्राको योग पनी रहेको छ। यो साताको लागि शुभ अंक २ र ४ हुन भने शुभ रंगमा खैरो रंग रहेको छ। कुनै पनी शुभकर्म या शुभयात्रा गर्नुभन्दा पहिले भगवान भोलेनाथ को ध्यानगरी पुजागरी अथवा मनमास्मरण गरि कार्य आरंभ गर्दा तपाईलाई लाभ हुनेछ।
शिंह राशि मा मि मु मे मो टा टि टु टे
यो साता तपाईको लागी बैदेशिक क्षेत्रको कार्य सहजै अगाडि बढ्ने छ। नयाँ मित्रहरु वा साथीहरु बनाउने योग रहेको छ। प्राविधिक क्षेत्रको कामबाट राम्रो सफलता प्राप्त हुने छ। समाजिक एवं धार्मिक कार्यहरुमा रुचि बढ्नेछ। व्यापार तथा शेयर कारोवारबाट फाईदा हुनेछ। यो साताको लागि शुभ अंक ५ र ८ हुन भने शुभ रंगमा रातो रंग रहेको छ। कुनै पनी शुभकर्म या शुभयात्रा गर्नुभन्दा पहिले ईष्ट देवता को पुजागरि दर्शन गरि अथवा मनमा स्मरण गरि कार्य आरंभ गर्दा तपाईलाई लाभ हुनेछ।
कन्या राशि टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईलाई नयाँ नयाँ अवसरहरु प्राप्त हुने छन। आफन्तहरुसंग एवं साथीहरुसंग संवन्ध स्थापित हुने छ। शुभ समाचार सुन्न पाउनुहुनेछ। भौतिक कारोवारमा विशेष लाभ हुने छ।तर साताको मध्यवाट भने सरीरमा स्फूर्ति कम हुने छ। नियमित खर्च बढ्नेछ। कामगर्न जागर चल्नेछैन। यो साताको लागि शुभ अंक १ र ६ हुन भने शुभ रंगमा हरियो रंग रहेको छ। कुनै पनी शुभकर्म या शुभयात्रा गर्नुभन्दा पहिले कुल देवताको स्तुति गरि अथवा मनमा स्मरण गरि कार्य आरंभ गर्दा तपाईलाई लाभ हुनेछ।
तुला राशि रा रि रु रे रो ता ति तु ते
यो साता तपाईलाई नयाँकाम वा रोजगारी प्राप्त हुनेछ। लाभदायक र फाईदाजनक यात्रा हुनेछ। सामाजिक प्रतिष्ठा जोगाईराख्न तपाईले लगानी गर्नुपर्ने बेला आएको छ। साताको उत्तरार्ध बाट भने लगानी डुव्ने योग रहेको छ। कामहरु संपादन गर्न मुस्किल पर्नेछ।यो साताको लागि शुभ अंक २ र ७ हुन भने शुभ रंगमा हरियो वा रातो रंग रहेको छ। कुनै पनी शुभकर्म या शुभयात्रा गर्नुभन्दा पूर्व विष्णु भगवानको पुजागरी स्तुति गरि अथवा मनमा स्मरण गरि कार्य आरंभ गर्दा तपाईलाई लाभ हुनेछ।
बृश्चिक राशि तो ना नि नु ने नो या यि यु
यो साता तपाईले यात्रामा विशेष सावधानी अपनाउनुपर्नेछ। तपाईको विश्वासपात्रले भाषा परिवर्तन गर्नाले तपाईको मनमा द्विविधा उत्पन्न हुनसक्नेछ। त्यसैले आफैले निर्णय लिने बानी गर्दा राम्रो हुनेछ। साताको उत्तरार्ध मा भने नयाँ कार्ययोजना बन्न सक्नेछन। रमाईलो यात्राको योग रहेको छ। यो साताको लागि शुभ अंक ५ र ७ हुन भने शुभ रंगमा निलो रंग रहेको छ। कुनै पनी शुभकर्म या शुभयात्रा गर्नुभन्दा पूर्व माता दुर्गा भवानीको स्तुति गरि अथवा स्मरण गरि कार्य आरंभ गर्दा तपाईलाई लाभ हुनेछ।
धनु राशि ये यो भा भि भु धा फा ढा भे
यो साता नयाँ नयाँ अवसरहरु प्राप्त हुनेछन। खेतिपातीको कामबाट मनग्य आम्दानी हुनेछ।रमाईलो यात्रा हुने योग रहेको छ। बैदेशिक कार्यबाट राम्रो आम्दानी हुनेछ। लामो समयदेखि रोकिएका अधुरा कार्यहरुलाई पुन: दोहोर्याएर प्रयत्नगर्दा कार्य संपादन हुने छन। यो साताको लागि शुभ अंक ३ र ७ हुन भने शुभ रंगमा बैजनी रंग रहेको छ। कुनै पनी शुभकर्म या शुभयात्रा गर्नुभन्दा पूर्व शिव भगवान को ध्यानगरी पुजागरी स्तुति गरि अथवा मनमा स्मरण गरि कार्य आरंभ गर्दा तपाईलाई लाभ हुनेछ।
मकर राशि भो जा जि जु जे जो ख खि खु खे खो गा गी
यो साता तपाईको न्यायिक कार्यमा सफलता हातलाग्ने छ। एकपछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ। धार्मिक यात्रा हुने योग रहेकोछ। वन्दव्यापार एवं उधोगधन्दाहरुमा नियमित फाईदा हुदा जानेछन। शुभ कार्यको चर्चा चल्नेछ। यो साताको लागि शुभ अंक २ र ४ हुन भने शुभ रंगमा गिलानी रातो रंग रहेको छ। कुनै पनी शुभकर्म या शुभयात्रा गर्नुभन्दा पूर्व माता लक्ष्मिको पुजागरी स्तुति गरि अथवा मनमा स्मरण गरि कार्य आरंभ गर्दा तपाईलाई लाभ हुनेछ।
कुम्भ राशि गु गे गो सा सि सु से सो द
यो साता तपाईलाई शेयर बजारमा गरेको लगानिले फाईदा दिनेछ। पारिवारिक रमाईलो भेटघाट हुने योग रहेको छ। मान्यजनको आशिर्वाद लिएर गरेका कामले भने बढि प्रतिफल दिनेछन।नयाँ नयाँ अवसरहरु प्राप्त हुनेछन। लामो समयदेखि प्रतिक्षा गरेको कामले पूर्णता पाउनेछ। यो साताको लागि शुभ अंक १ र ७ हुन भने शुभ रंगमा हरियो रंग रहेको छ। कुनै पनी शुभकर्म या शुभयात्रा गर्नुभन्दा पूर्व पितृहरुको स्तुति गरि अथवा मनमा स्मरण गरि कार्य आरंभ गर्दा तपाईलाई लाभ हुनेछ।
मीन राशि दि दु थ झ ञ दे दो चा चि
यो साता तपाईको वोलिको विपरीत अर्थलाग्नसक्छ निकै विचार गरेर बोल्नुहोला। व्यार्थैको र झन्झटिलो यात्राको पनी योग रहेको छ। तर साताको उत्तरार्धबाट भने प्राविधिक कार्यमा रुचि बढ्ने छ। नयाँ कार्य योजना बन्नेछन।मनमा हर्ष उमंग छाउनेछ भने मुहारमा क्रान्ति बढ्ने छ।यो साताको लागि शुभ अंक २ र ९ हुन भने शुभ रंगमा पहेलो र हरियो रंग रहेको छ। कुनै पनी शुभकर्म या शुभयात्रा गर्नुभन्दा पूर्व भैरवनाथ भगवानको ध्यानगरी, पुजागरि स्तुति गरि अथवा मनमा स्मरण गरि कार्य आरंभ गर्दा तपाईलाई लाभ हुनेछ।
यो साता तपाईको शुभ रहोश
जयतु संस्कृतम जयतु सनातनम्