साप्ताहिक राशिफल १७ मंसिर देखि २३ मंसिर २०७९ साल सम्मको


फलित ज्योतिषः- नारायण भण्डारी

 

AD146B25 777E 4E80 8A18 775731DAFFA6

मेष राशिः- चु चे चो ला लि लु ले लो अ

यो साता तपाईलाई बैदेशिक एवॅ कुटनीतिक क्षेत्रको कामबाट अपेक्षाकृत सफलता मिल्नेछैन। तपाईको स्वास्थ्यमा गडबढि आउनेछ बिशेषतः शरिरको माथिल्लो भागमा पिडा हुनेछ। तपाईले आफ्नो अधिकार प्राप्तिको लागि भने निकै संघर्ष गर्नुपर्नेछ। तर साताको उत्तरार्धमा प्रेममा बाधिने एवं सुमधुर रुपमा प्रेमिल जीवन अगाडि बढ्नेछ। छोटो तर स्मरण गर्न योग्य र रमाईलो यात्राको योग रहेकोछ। मनमा आनन्द मिल्नेछ। पीरिवारीक संबन्ध सुमधुर रुपमा अगाडि बढ्नेछ। ४ र ७ शुभ अंक रहेका छन भने क्रिम रंगको रंग शुभ रंगमा परेकोछ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता जिलाउनेछन।

 

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशिः- इ उ ए ओ वा वि वु वे वो

यो साता तपाईले आफुले गरेको काम देखाएर अरुको मन जित्न सक्नुहुनेछ। महिला मित्रबाट बिषेश साथ र सहयोग मिल्नेछ। नयॅा काम थालनी गर्नको लागि नयॅा कार्य योजना बन्नेछ। तपाईको परिवारमा शुभ एवं माङ्गलिक कार्यको योग समेत रहेको छ। नगद लगानि गरेर गरिने कारोवारबाट तपाईलाई लाभ मिल्नेछ। शेयर बजारबाट पनि तपाईलाई शुभ रहेकोछ।  ५ र ८ शुभ अंक रहेका छन भने निलो रंग शुभ रंगमा परेको छ। तपाईका कुल देवताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशिः- का कि कु घ ङ छ के को ह

यो साता तपाईलाई उपहार प्राप्तहुने योग रहेकोछ। तपाईको दाम्पत्य जीवन सुखमय साथ अगाडि बढ्नेछ। नविन कार्यको चर्चा चल्नुका साथै  कार्य योजना बन्नेछ। नयॅा नयॅा मित्रहरु बनाउन सक्नुहुनेछ। शुभ कार्यको चर्चा पनि चल्नेछ।  तर साताको उत्तरार्धमा भने तपाईले दैनिक आहार बिहारमा निकै ख्याल गर्नुपर्नेछ। स्वास्थ्यमा समस्या आउनेछ। दैनिक कार्यहरुमा ढिला सुस्ति एवं बाधा अड्चनहरु आउनेछन। सोचेअनुरुपका कार्य नवन्नाले तपाईलाई दिक्क लाग्नेछ। ३ र ५ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेकोछ। कार्यसिद्धिदाता गणेश भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो

यो साता तपाईले कुनैपनि प्रतिस्पर्धाका कार्यहरुमा भाग लिनुभएको छ भने सफलता तपाईको हातमा हुनेछ। शेयर बजार जस्तो नगद लगानि गरेर गरिने कार्यमा तपाईलाई लगानीको अबसर मिल्नेछ। साहित्यका तिनै बिधा साहित्य, संगित र कलामा तपाईको रुचि बढेर जानेछ। तपाईका बिशिष्ट व्याक्तिहरुबाट तपाईलाई साथ सहयोग मिल्नेछ।  तपाईबाट छुटेका आफन्तहरुसंग प्रविधीको माध्यमबाट पुनर्मिलन हुनेछ। ४ र ६ शुभ अंक रहेका छन भने गुलाबी रंग शुभ रंगमा परेकोछ। नारायण भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशिः- मा मि मु मे मो टा टि टु टे

यो साता तपाईमा भएको जोस जागर घटेर जानेछ। तपाईलाई कामगर्न मन लाग्नेछैन। स्वास्थ्यमा गडबढि आउनेछ। तपाईका बिरोधीहरुबाट बचेर अगाडि बढ्नुहोला उनिहरुले तपाईलाई जालझेलमा पर्न सक्नेछन। तर साताको उत्तरार्धमा भने तपाईलाई सेवाका क्षेत्रहरुमा बिशेष सफलता मिल्नेछ। तपाईको बुद्धिको प्रयोग गरेर जटिल ठानिएका कार्यहरुपनि सहजै कार्य संपादन हुनेछन। सामाजिक कार्यहरुमा रुचि बढ्नुका साथै सफलता हातलाग्नेछ।  ४ र ७ शुभ अंक रहेका छन भने ध्यु रंग शुभ रंगमा परेकोछ। तपाईका ईष्टदेवको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

 

कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो

यो साता तपाईलाई बिभिन्न शुभ कार्यहरु भैरहेको ठाउमा सरिक हुने योग रहेकोछ। पारिवारिक संबन्धमा माधुर्यता छाउनेछ र कसिलो भएर अगाडि बढ्नेछ। कुनै पनि सामान वा बस्तुको सट्टापट्टामा पनि तपाईलाई राम्रो लाभ मिल्नेछ। सामाजिक एवं राजनीतिक प्रतिष्ठालाई बचाई राख्न तपाईले नगद लगानि गर्नुपर्ने बेला आएकोछ। शेयर बजारमा गरेको लगानीले तपाईलाई राम्रो प्रतिफल दिलाउनेछ। तर साताको मध्यबाट भने तपाईका नजिकका व्याक्तिहरुबाट  तपाईका दैनिक कार्यहरुमा बाधा व्यबधान पुर्याउनेछन। तपाईको मनमा नैरास्यता उत्पन्न हुनेछ। ३ र ९ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेकोछ। पाथीभरा माताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशिः- रा रि रु रे रो ता ति तु ते 

यो साता तपाईको मनमा हर्ष उमंग र उत्साह बढ्नेछ। अझ बढि मेहनत र परिश्रम गर्न मनलाग्नेछ। प्रेम संबन्ध कसिलो हुनेछ। तपाईका बन्धुबान्धब एवं दाजुभाईको साथ सहयोग प्राप्त हुनेछ जसको कारणले तपाईले उल्लेख्य कार्यहरु संपादन गर्न सक्नुहुनेछ। कुनै पनि तपाईका कामहरु लामो समय देखि रोकिएका छन भने यसै साता पूनः प्रयास गर्नुहोला कार्य संपादन सहजरुपमा हुनेछन। सामाजिक एवं राजनीतिक प्रतिष्ठा कायम राख्नको लागि नगद लगानी गर्नुपर्ने बेला आएकोछ। २ र ५ शुभ अंक रहेका छन भने नीलो रंग शुभ रंगमा परेकोछ। काल भैरव भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाईसफलता दिलाउनेछन।

 

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

बृश्चिक राशिः- तो ना नि नु ने नो या यि यु

यो साता  तपाईलाई परोपकार एवं दानपुञ्यका कार्यहरुमा सहभागि हुने अवसर मिल्नेछ। तपाईका नजिकका मित्रहरुको साथ सहयोग प्राप्त हुनेछ जसको कारणले तपाईले उल्लेख्य कार्यहरु संपादन गर्न सक्नुहुनेछ। तपाईलाई धर्म कर्म र समाजसेवाका कार्यहरुमा रुचि बढ्नेछ। तपाईले आफ्नो दैनिक आहार बिहारमा भने निकै ख्याल गर्नुपर्ने भएको छ अन्यथा तपाईको स्वास्थ्यमा गडबढि आउने योग रहेको छ।  ४ र ८ शुभ अंक रहेका छन भने सुन्तला रंगको रंग शुभ रंगमा परेकोछ। गौमाताको दर्शन, स्पर्स बा आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशिः- य यो भा भि भु धा फा ढा भे

यो साताको सुरुवाती दिनहरुमा तपाईलाई निकै सतर्क र चनाखो भएर अगाडि बढ्नुपर्ने देखिएको छ। अनाबस्यक र झंझटिलो काममा तपाईको समय खेर जानेछ। तर साताको उत्तरार्धमा भने तपाईलाई अतिथीको रुपमा मान सम्मान प्राप्त हुनेछ। शुभ कार्यको चर्चा चल्नेछ। राजनीतिक कार्यहरुमा तपाईलाई सफलता मिल्नेछ। मनमा आनन्द मिल्नेछ। काम गर्ने जोस जागर बढेर जानेछ। १ र ५ शुभ अंक रहेका छन भने सिंदुरे रंग शुभ रंगमा परेको छ। तपाईका माता पिताको आशिर्बाद लिएर गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि

यो साता तपाईलाई भाग्यले बिभिन्न अबसरहरु जुराई राख्नेछ। तपाईका आफन्त एवं साथीभाईबाट साथ सहयेग प्राप्त हुनेछ। नोकरीमा तपाईलाई मान सम्मान र प्रतिष्ठा मिल्ने योग रहेकोछ। सामाजिक कार्यहरुमा सफलता हातलाग्नेछ। तर साताको मध्यबाट भने कुनै पनि कुराको निर्णय लिदा निकै होस पुर्याएर अगाडि बढ्नुहोला अन्यथा तपाईको निर्णय गलत हुनेछ। स्वास्थ्यप्रति निकै चनाखो रहनुहोला स्वास्थ्यमा गडबढि आउने योग रहेकोछ। ५ र ९ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेकोछ। भगवान पसुपतीनाथको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछ।

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशिः- गु गे गो सा सि सु से सो द 

यो साता तपाईलाई मिष्ठान्न एवं स्वादिष्ट भोजन प्राप्त हुने योग रहेकोछ। तपाईको सुन्दर पहिरनको चर्चा चल्नेछ र व्याक्तित्वमा निखारता ल्याउनेछ। शुभ कार्यमा सरिक हुने योग रहेकोछ। कहि कतै नगद लगानि गरेको वा सापटि दिएको रकम हातलागि हुने योग रहेकोछ। समाजमा हुनेगरेका सामाजिक एवं स्वास्थ्य संबन्धी कार्यक्रमहरुमा तपाई सहभागि हुने योग रहेकोछ। ४ र ५ शुभ अंक रहेका छन भने गाढा निलो रंग शुभ रंगमा परेकोछ। वंगलामुखी माताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मीन राशिः- दि दु थ झ ञ दे दो चा चि 

यो साता तपाईको बुद्धिको प्रयोग गरेर जटिल ठानिएका कार्यहरुपनि सहजै कार्यसंपादन हुनेछन। भाग्यले एकपछि अर्को अबसर जुराउनेछ। कृषि कार्यसंग संबन्धित कार्यहरुमा तपाईलाई बिशेष सफलता मिल्नेछ। तपाईका प्रेमी / प्रेमीकाहरुको राम्रो साथ सहयोग प्राप्त हुनेछ। तपाईको मनमा आनन्द मिल्नेछ। तपाईका नजिकका व्याक्तिहरुको साथ सहयोग बाट अधिकतम कार्यहरु संपादन हुनेछन। ३ र ८ शुभ अंक रहेका छनभने रातो रंग शुभ रंगमा परेकोछ। तपाईले श्रीमान श्रीमतीको बिचमा सरसल्लाह गरेर गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

“राशिफलमा जे जस्तो फलित गरेता पनि तपाई आफ्नो कर्मममा बिश्वास गरेर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा हुनेछ”

जयतु संस्कृतम जसतु सनातनम हरि ॐ

 


Translate »