साप्ताहिक राशिफल २१ जेष्ठ देखि २७ जेष्ठ २०७९ सम्मको


फलित ज्योतिषः- नारायण भण्डारी

AD146B25 777E 4E80 8A18 775731DAFFA6

मेष राशिः- चु चे चो ला लि लु ले लो अ

यो साता तपाईले कुनैपनी ठुलो खाले लगानी गरेर गरीने कार्य नगर्दा उत्तम हुनेछ। प्राविधिक क्षेत्रको कामबाट भने तपाईलाई राम्रो आम्दानी वा लाभ मिल्नेछ। शुभ समाचार सुन्न पाउनुहुनेछ। साथै नगद लगानी गरेर गरिनेकामवाट भने तपाईलाई उचित प्रतिफल नमिल्ने योग रहेकोछ। ३ र ५ शुभ अंक रहेका छन भने आकासे निलो रंग शुभ रंगमा परेकोछ। नारायण भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता उन्मुख गराउनेछ।

 

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशिः- इ उ ए ओ वा वि वु वे वो

यो साताका सुरुवातीदिनहरुमा तपाईले खानपान एवं आहार विहारमा निकै ध्यान दिनुपर्नेछ अन्यथा स्वास्थ्यमा गडबढि हुने योग रहेको छ। नगद सापटि लिने काम नगर्दा उत्तम हुनेछ अन्यथा तपाईको आफन्त संगको संवन्ध बिग्रने संभावना रहेकोछ। तर साताको मध्यवाट भने तपाईका लामो समयदेखि रोकिएका कार्यहरुलाई पूनः दोहोर्याएर प्रयत्न गर्दा कार्य संपादन हुनेछन।तपाईले गरेका शुभ र राम्रा कार्यहरु सहजै सम्पादन हुनेछन। ४ र ७ शुभ अंक रहेका छन भने घिउ रंग शुभ रंगमा परेको छ। तपाईका कुल देवताको आराधना गरि गरेका कार्यले तपाईलाई सफलता उन्मुख गराउनेछ।

 

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशिः- का कि कु घ ङ छ के को ह

यो साता तपाईले शुभ समाचार सुन्न पाउनुहुनेछ। तपाईको वाक पटुता वा चलाखीपूर्ण बोलिको कारणले कार्य संपादन हुनेछ। दीर्घकालिन फाईदाहुने कामहरुमा आरंभ गर्न उत्तम समय रहेकोछ। राजनीतिक एवं सामाजिक कार्यमा तपाईलाई सफलता मिल्नेछ। प्रेम प्रसंग तथा प्रणय प्रसंगका लागि उत्तम समय रहेकोछ। ५ र ९ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेकोछ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता उन्मुख गराउनेछ।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो

यो साता तपाईको अतिथीको रुपमा सम्मान र सत्कार हुने योग रहेकोछ। शेयर बजारको लगानिबाट तपाईलाई राम्रो लाभ मिल्नेछ। रमाईलो पारिवारिक वातावरण बन्नेछ। कुनैपनी मांगलिक कार्यहरु भएको ठाउमा सरिक हुनुहुनेछ। तर साताको अन्त्यमा भने तपाईले गरेका कार्यहरुमा ढिला सुस्तीहुनेछ। अनावस्यक र झंझटिलो यात्रा हुने योग रहेकोछ। मनमा नैरास्यता छाउनेछ। २ र ५ शुभ अंक रहेका छन भने  गुलावी रंग शुभ रंगमा परेकोछ। कार्यशिद्धिदाता गणेश भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता उन्मुख गराउनेछ।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिह राशिः- मा मि मु मे मो टा टि टु टे

यो साताका सुरुवाती दिनहरुमा तपाईको बोलिको बिपरित अर्थ लाग्नेछ निकै होसियारीका साथ अगाडि  बढ्नुहोला। तपाईका बिरोधिहरुले तपाईलाई फसाउन अनेक जालझेल गर्नेछन निकै सचेत रहनुहोला। तर मध्यसाताबाट भने तपाईको स्वबिबेकको प्रयोग गरेर जटिल ठानिएका कार्यहरुपनी सहजै संपादन हुनेछन। भौतिक सुख सुविधा पनि मिल्नेछ। शुभ कार्यको चर्चा चल्नेछ। ७ र ९ शुभ अंक रहेकाछन भने आकासे निलो रंग शुभ रंगमा परेको छ। तपाईका ईष्ट देवताको आराधना गरेर गरेका कार्यले तपाईलाई सफलता उन्मुख गराउनेछन।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो

यो साता तपाईको नयॅा साथीसंग भेटघाट हुने योग रहेकोछ। पारिवारिक सुख सुबिधा प्राप्त हुनुको साथै रमाईलो वातावरण बन्नेछ। काम गरेर दाम नाम र प्रतिष्ठा कमाउने बेला आएकोछ। दीर्घकालिन लगानीको लागि शेयर बजारको लगानी उत्तम रहेकोछ। तर मध्य साताबाट भने कुनै पनी शुभकार्यको आरंभ नगर्नुहोला।स्वास्थ्यको निकै ख्याल गर्नुहोला। तपाईले गरेका महत्वपूर्णकार्यहरुमा वाधा व्यवधान रअल्झनहरु आईपर्नेछन। ६ र ९ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेकोछ। माता पिताको आशिर्वाद लिएर गरेका कार्यले तपाईलाई सफलता उन्मुख गराउछ।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशिः- रा रि रु रे रो ता ति तु ते 

यो साता तपाईलाई धर्मकर्म तथा समाजसेवामा रुचि बढ्नेछ। सुखद एवं रमणिय यात्राको योग रहेकोछ। प्राविधिक कार्यहरुवाट तपाईलाई लाभ मिल्नेछ। भाई बन्धुहरुवाट तपाईलाई साथ सहयोग मिल्नेछ। आर्थीक कारोवारबाट पनी तपाईलाई लाभ मिल्नेछ। लगानी गर्ने सोचमा हुनुहुन्छ भने शेयर बजारको लगानीले तपाईलाई फाईदा दिलाउनेछ। १ र ४ शुभ अंक रहेका छन भने निलो रंग शुभ रंगमा परेकोछ। वंगलामुखी माताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ उन्मुख गराउनेछ।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशिः-  तो ना नि नु ने नो या यि यु

यो साता तपाईको लगनसिलताले कामहरु अगाडि बढ्नेछन। साझेदारीमा गरेका कार्यहरुवाट वा व्यवयायबाट मनग्य आम्दानी गर्न सकिनेछ। मनमा हर्ष उमंग र उत्साह छाउनेछ। शैक्षिक क्षेत्रको राम्रो उन्नती प्रगती हुनेछ। कुनैपनी मुद्धामामिला लडदै हुनुहुन्छ भने न्याय तपाईको पक्षमा हुनेछ। ४ र ७ शुभ अंक रहेका छन भने घिउरंग शुभ रंगमा परेकोछ। पवन पुत्रहनुमानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता उन्मुख गराउनेछ।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशिः- ये यो भा भि भु धा फा ढा भे

यो साता तपाईको लागि मध्यम साताको रुपमा रहनेछ। निकै धर्यताका साथ कार्यगरेमा कार्य संपादन हुने योग रहेकोछ। तर साताको मध्यवाट भने तपाईको जिद्धिपनाले गर्दा कार्यहरु बिग्रने डर रहेको छ। पुजि लगानी गरेर गरेका कामबाट तपाईलाई नोक्सानी बेहोर्नु पर्नेछ। तपाईले गरेका महत्वपूर्ण काममा वाधा व्यवधान पनी आउनेछन। ३ र ५ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेकोछ। तपाईका पितृको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता उन्मुख गराउनेछन।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि

यो साता तपाईको शुभ कार्यको चर्चा चल्नेछ। कुनैपनी मुद्धा मामिला लडदै हुनुहुन्छ वा तपाईको केस बिचाराधिन अवस्थामा रहेको छ भने फैसला तपाईको पक्षमा हुनेछ। नयॅा नयॅा ज्ञान सिक्ने मौका तपाईलाई मिल्नेछ। बैदेशिक क्षेत्रबाट पनी तपाईलाई सफलता हात लाग्नेछ।  ३ र ६ शुभ अंक रहेका छन भने बैजनी रंग शुभ रंगमा परेकोछ। विष्णु भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता उन्मुख गराउनेछन।

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशिः- गु गे गो सा सि सु से सो द

यो साता लामो समयदेखि रोकिएका कार्यहरु पूनः दोहोर्याएर प्रयत्नगर्दा कार्य संपादन हुनेछन। आफ्नै दक्षतामा बिभिन्न कार्यहरु संपादन हुनेछन। फसेको धन हातलागि हुने योग रहेको छ। समाजसेवा तथा धर्मकर्ममा रुचि बढ्नेछ। तर मध्य साताबाट भने तपाईको दैनिक आहार बिहारमा ध्यान दिनुपर्नेछ। स्वास्थ्यमा गडबढि आउने योग रहेकोछ। ४ र ९ शुभ अंक रहेका छन भने गुलावी रंग शुभ रंगमा परेकोछ। भोलेनाथ भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता उन्मुख गराउनेछन।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मीन राशिः- दि दु थ झ ञ दे दो चा चि

यो साता तपाईलाई बिभिन्न शुभ कार्यमा सरिकहुने अवसर प्राप्त हुनेछ। छोटो दुरीको यात्रा हुने योग रहेको छ। धर्मकर्म तथा समाज सेवामा रुचि बढ्नेछ। तपाईका प्रेमीको साथ सहयोग प्राप्त हुनेछ। तपाईका अभिभावकको सल्लाह सुझाव लिएर गरेका कार्यले तपाईलाई सफलताको सिखरमा पुर्याउनेछन। शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। धन आर्जनका मयॅा नयॅा श्रोतहरु पत्ता लाग्नेछन। माता सरस्वतीको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता उन्मुख गराउनेछन।

राशिफलमा जे जस्तो फलित गरेता पनी तपाई आफ्नो कर्ममा बिश्वास गरेर अगाडि बढ्नुभयो भने सफलता तपाईको हातमा हुनेछ।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।

यो साता तपाईको शुभ रहोस!!


Translate »