फलित ज्योतिषः- नारायण भण्डारी
मेष राशिः- चु चे चो ला लि लु ले लो अ
यो साता तपाईको समय अधिकार प्राप्तिको लागि संघर्ष गर्नुपर्नेछ। सामाजिक कार्यमा व्यतित हुनेछ। अनावस्यक खर्च बढ्नेछ। तर मध्य साताबाट भने लामो समयदेखि रोकिएका कार्यलाई पूनः दोहोर्याएर प्रयत्न गर्दा कार्य संपादन हुनेछन। शुभ समाचार सुन्न पाउनुहुनेछ। सामाजिक कार्यहरुमा रुचि बढ्नुका साथै राम्रो साथ सपोर्ट पाउनुहुनेछ। २ र ६ शुभ अंक रहेका छन भने गुलाबी रंग शुभ रंगमा परेको छ। तपाईका ईष्ट देवतको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछ।
वृष राशिः- ई उ ए ओ वा वि वु वे वो
यो साता तपाईको घरमा मांगलिक कार्यहरु हुने योग रहेकोछ। लाभदायक यात्राको योग रहेको छ। तपाईलाई सन्तान सुख मिल्नेछ।विभिन्न वित्तिय संघसंस्थाबाट सहयोग प्राप्त हुनेछ। तर साताको अन्त्यमा यात्रा गर्दा वा बाटो काट्दा सचेत हुनुपर्दछ। दैनिक आहार बिहारमा पनि निकै ख्याल गर्नुहोला। ३ र ७ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेको छ। कार्यसिद्दिदाता गणेश भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछ।
मिथुन राशिः- का कि कु घ ङ छ के को ह
यो साता तपाईले काम गरेर नाम राख्ने समय रहेकोछ। सामाजिक र राजनीतिक कार्यहरुमा सफलता मिल्नेछ। तपाईको लगनसिल भएर कामगर्ने बानिले कार्यहरु सहजै अगाडि बढ्नेछन।सन्तान सुखको योग पनी रहेकोछ। कला साहित्य र संगितमा तपाईको रुचि बढ्नेछ। ४ र ८ शुभ अंक रहेका छन भने नीलो रंग शुभ रंगमा परेकोछ। भगवान भोलानाथको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो
यो साता प्रेम र प्रणय प्रसंगका लागि उत्तम समय रहेकोछ। तपाईको मनमा हर्ष उमंग र उत्साह छाउने खवर सुन्न पाउनुहुनेछ। एउटा काम गर्दा दोहोरो फाईदा मिल्नेछ। कुनैपनि रोकिएको कार्यलाई दोहोर्याएर प्रयत्न गर्दा कार्य संपादन हुनेछन। तर साताको उत्तरार्धमा भने तपाईको सामान हराउने वा चोरीहुने योग रहेकोछ निकै सतर्कताका साथ रहनुहोला। तपाईका दैनिक कार्यहरु संपादनमा समस्या आउनेछन। तपाई निकै व्यस्त हुनुहुनेछ। ५ र ९ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। वंगलामुखीमाताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछ।
सिंह राशिः- मा मि मु मे मो टा टि टु टे
यो साता तपाईको मनमा निराश र सरिरमा आलस्यता बढ्नेछ। फजुल खर्चमा बृद्धिहुनेछ निकै सोचविचार गरेर अगाडि बढ्नुहोला। तर साताको उत्तरार्धबाट भने कुनैपनी मुद्दामामिला लड्दै हुनुहुन्छ भने न्याय तपाईको पक्षमा सफलता मिल्नेछ। सामाजिक एवं धार्मिक कार्यमा रुचि बढ्नेछ। ४ र ८ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेकोछ। तपाईका कुल देवताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईका आदर्श व्याक्तिहरुसंगको सहकार्यले नयॅा ज्ञान र अनुभव दिलाउनेछ। तपाईको घरमा अतिथीको आगमन हुनेछ। शैक्षिक क्षेत्रमा प्रगती हुनेछ। तपाईलाई तिर्थाटनको योग रहेकोछ । तर साताको मध्यबाट भने घरायसी झै झमेलामा परिनेछ।आफुलाई कमजोर भएको महसुस गर्नुहुनेछ। ३ र ७ शुभ अंक रहेका छन भने पर्पल रंग शुभ रंगमा परेको छ। दुर्गाभवानीको आराधना गरी गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछ।
तुला राशिः- रा रि रु रे रो ता ति तु ते
यो साता तपाईलाई अतिथीको रुपमा मान सम्मान प्राप्त हुनेछ। महिला मित्रहरुबाट बिशेष साथ सहयोग प्रापेत हुनेछ। दैनिक कार्य सम्पादनमा सहजता मिल्नेछ। आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ। उपहारहरु प्राप्त हुने योग रहेकोछ। बैबाहिक जिवन सुखमय साथ बित्नेछ। नविन कार्यको योजना बन्नेछ। ४ र ६ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। पवन पुत्र हनुमानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।
बृश्चिक राशिः- तो ना नि नु ने नो या यि यु
यो साता तपाईका कुटनीतिक कार्यहरु सहजै अगाडि बढ्ने छन। तपाईका कुनैपनी अधुरा र पुराना कार्यहरु सहजै पुरा हुनेछन। कुनैपनी प्रतिस्पर्धाका कार्यहरुमा तपाईलाई सफलता मिल्नेछ। तर साताको उत्तरार्धमा तपाईको प्रेममा बाधा उत्पन्न हुनेछ। शैक्षिक क्षेत्र कमजोर हुनेछ। बन्नलागेका काममा पनी बाधा र रुकाबट आउनेछ। ३ र ७ शुभ अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेकोछ। पवन पुत्र हनुमानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
धनु राशिः- ये यो भा भि भु धा फा ढा भे
यो साता तपाईको सामान हराउने वा चोरीहुने संभावना प्रवल रहेका छन। शरीरमा स्फुर्ति, उमंग र जोस जागरको कमि हुनेछ। नाक कान तथा घाटिको समस्याले सताउनेछ। तर साताको मध्यबाट तपाईका शुभ ईच्छा आकांक्षा पूर्णहुनेछन। सुन्दर पहिरनले तपाईको व्याक्तित्वमा निखारता ल्याउनेछ। २ र ५ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेकोछ। विष्णु भगवानको आराधना गरी गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो साता तपाईको शरीरमा जोस जागर र हिम्मत बढ्नेछ। महिला मित्रबाट विशेष सहयोग मिल्नेछ। व्यवसायको लागि यात्राको योग रहेको। सामाजिक कार्यमा रुचि बढ्नेछ। तर साताको उत्तरार्धबाट भने व्यापार व्यवसायमा सम्स्या तथा बाधा उत्पन्न हुनेछन। घर व्यवहारको समस्याले सताउनेछ। ४ र ७ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेकोछ। भैरवनाथ भगवानको आराधना गरी गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
कुम्भ राशिः- गु गे गो सा सि सु से सो द
यो साता तपाईको शैक्षिक क्षेत्रमा राम्रो प्रगती हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेबेला आएको छ। विपरित लिंगप्रति आकर्षण बढ्नेछ। राजनैतिक र सामाजिक कार्यमा रुचि बढ्नेछ। तर साताको मध्यबाट भने तपाई निकै सचेत भएर अगाडि बढ्नुहोला। नियम कानुनलाई बेवास्ता गर्दा तपाईलाई आएका अवसरहरु गुम्न सक्नेछन निकै होसियारीका साथ अगाडि बढ्नुहोला। ५ र ८ शुभ अंक रहेका छन भने बैजनी रंग शुभ रंगमा परेका छन। भोलानाथ भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
मीन राशिः- दि दु थ झ ञ दे दो चा चि
यो साता तपाईलाई सरकारी तवरबाट अथवा राज्यवाट मान सम्मान प्राप्तहुने योग रहेकोछ। तपाईले आटे ताकेका शुभ र राम्रा कार्यआहरु सहजै सम्पादन हुनेछन। गोपनियता पूर्ण तरिकाले गरेका कार्यहरु सहजै कार्यसंपादन हुनेछन। तपाईका आफन्त एवं साथीभाई संग पूनर्मिलनको योग रहेकोछ। नयॅा सवारी साधन प्राप्तिको योग रहेको छ। सामाजिक कार्यमा सफलता मिल्नेछ। ४ र ७ शुभ अंक रहेका छन भने घ्युरंग शुभ रंगमा परेको छ। तपाईका पितृहरुको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
राशिफलले जे जस्तो फलित गरेता पनी तपाई आफ्नो कर्ममा बिश्वास गरेर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा हुनेछ।
”यो साता तपाईको शुभ रहोस”
जयतु संस्कृतम जयतु सनातनम हरु ॐ