फलित ज्योतिष :- नारायण भण्डारी
मेष राशि :- चु चे चो ला लि लु ले लो अ
यो साता तपाईंको मनमा हर्ष उमंग र उत्साह छाउने योग रहेको छ । लामो समयदेखि रोकिएका कामहरु पुनः दोहोऱ्याएर प्रयत्न गर्दा कार्य सम्पादन हुनेछन । आफ्ना आफन्त तथा इष्ट मित्र संग भेट्घाट हुने योग रहेको छ । आफ्नो बुद्धिको प्रयोगले जटिल ठानेको काम पनी सहजै सम्पन्न हुनेछ । वैदेशिक क्षेत्रवाट पनि सफलता हात लाग्नेछ । यो साताको लागि शुभ अंक१ र ७ हुनभने शुभरंगमा पहेलो रंग रहेको छ र कुनैपनी शुभकर्म वा शुभयात्रा गर्नभन्दा पूर्व माता लक्ष्मी को पूजा गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्दा तपाइँलाई लाभ प्राप्त हुनेछ ।
वृष राशि :- इ उ ए ओ वा वि वु वे वो
यो साता तपाईंको नियमित खर्च मा वृद्धि हुनेछ । गरेका कामहरुमा अपजस व्यहोर्नु पर्ने छ । शैक्षिक गतिबिधिहरु मा पनि प्रगति हुने छैन निकै सजग भएर अगाडि वढनुहोला । तर साताको मध्यवाट भने भगवान प्रति भक्ति र आस्थामा वृद्धि हुनेछ । रमाईलो यात्रा हुनसक्ने योग रहेको छ । आफ्नो काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । यो साताको लागि शुभअङ्क ४ र ९ हुन भने शुभरङ्ग गुलावि रंगको रातो रंग रहेको छ । कुनैपनि शुभकर्म र शुभ यात्र गर्नभन्दा पूर्व कार्यशिद्धि गणेश भगवानको पुजगरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईलाई अत्याधिक सफलता हात लाग्नेछ ।
मिथुन राशि :- का कि कु घ ङ छ के को ह
यो साता तपाईंको मेहनतलाई ठूला व्यक्तिहरुले प्रसंसा गर्नेछन । तपाईको लागि शुभ कार्यको चर्चा चल्नेछ । साथिभाईको साथ सहयोग ले उल्लेख्य कार्य सम्पादन हुनेछन । धर्म कर्म तथा समाज सेवामा रुचि बढने छ । लाभदायक यात्राको योग देखिएको छ । यो साताको लागि शुभअङ्क २ र ६ हुन भने शुभरङ्ग सेतो वा सुन्तला रंग रहेको छ । कुनैपनि शुभकर्म र शुभ यात्र गर्नभन्दा पूर्व नवदुर्ग भवानीको पुजगरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईलाई अत्याधिक सफलता हात लाग्नेछ ।
कर्कट राशि :- हि हु हे हो डा डि डु डे डो
यो साता तपाईंले अचल सम्पत्ति हातपार्ने योग रहेको छ । व्यवसायिक सफलता हात लाग्नेछ । प्रतिस्पर्धाका कार्यहरूमा सफलता हात लाग्नेछ । आफ्नै बुद्धि विवेकले विभिन्न प्रकारका कार्यहरू संपादन गर्न सक्नुहुनेछ । सांस्कृतिक र धार्मिक कार्यहरूमा सहभागी भएर मनोरंजन एवं आध्यात्मिक ज्ञान प्राप्त गर्न सक्नुहुनेछ । यो साताको लागि शुभअङ्क २ र ५ हुन भने शुभरङ्ग सेतो वा वैजनी रंग रहेको छ । कुनैपनि शुभकर्म र शुभ यात्र गर्नभन्दा पूर्व श्री कृष्ण भगवानको पुजगरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईलाई अत्याधिक सफलता हात लाग्नेछ ।
शिंह राशि :- मा मि मु मे मो टा टि टु टे
यो साता तपाईंको लामो समयदेखि रोकिएका कामहरु लाई पुन : दोहोऱ्याएर प्रयत्न गर्दा कार्य सम्पादन हुनेछन । मनमा हर्ष उमंग र उत्साह छाउनेछ भने मुहारमा क्रान्ति देखिने छ । सामाजिक प्रतिष्ठा कायम राख्न तपाईले लगानी गर्ने समय आएको छ । तपाईका साथिभाई र वन्धुवान्धव हरुको साथ सहयोग प्राप्त गर्न सक्नुहुनेछ । यो साताको लागि शुभअङ्क ५ र ८ हुन भने शुभरङ्ग रातो रंग रहेको छ । कुनैपनि शुभकर्म र शुभ यात्र गर्नभन्दा पूर्व माता वंगलामुखीको पुजगरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईलाई अत्याधिक सफलता हात लाग्नेछ ।
कन्या राशि :- टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईंको स्वास्थयमा गडवढि हुनेछ खानपानमा निकै सोचविचार गर्नुहोला । काममा तपाईका विरोधिहरू सल्बलाउने छन सजग रहनुहोला । यो साता नयाँ ठाउमा लगानी नगर्दा उत्तम हुने छ । तर साताको मध्यवाट भने प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ । रमाईलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । दाम्पत्य जिवन सुखमय साथ अगाडी वढने छ । यो साताको लागि शुभअङ्क ३ र ९ हुन भने शुभरङ्ग घ्यू रंग रहेको छ । कुनैपनि शुभकर्म र शुभ यात्र गर्नभन्दा पूर्व भैरवनाथ भगवानको ध्यानगरी पुजगरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईलाई अत्याधिक सफलता हात लाग्नेछ ।
तुला राशि :- रा रि रु रे रो ता ति तु ते
यो साता तपाईंको फसेको धन हातपार्ने समय आएको छ । वोलिको प्रभावले कार्य सम्पादन हुनेछन । सुखद यात्राको योग रहेको छ । परोपकारको काममा समय व्यतित हुनेछ । आफ्नै बुद्धिको उपयोगले जटिल ठानेको कामपनी सहजै कार्य सम्पादन हुनेछन । धार्मिक र सामाजिक कार्यमा रुची बढ्नेछ । यो साताको लागि शुभअङ्क १ र ५ हुन भने शुभरङ्ग निलो वा सेतो रंग रहेको छ । कुनैपनि शुभकर्म र शुभ यात्र गर्नभन्दा पूर्व वंगलामुखि माताको पुजगरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईलाई अत्याधिक सफलता हात लाग्नेछ ।
वृश्चिक राशि :- तो ना नि नु ने नो या यि यु
यो साता तपाईंको लगानीले राम्रो प्रतिफल दिने छ । प्रेम र मित्रताको बन्धन कसिने बेला आएको छ । सामाजिक र राजनैतिक कार्यमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय साथ आगाडी वढने छ । शुभ कार्यको चर्चा चल्ने छ । यो साताको लागि शुभअङ्क २ र ७ हुन भने शुभरङ्ग पहेलो रंग रहेको छ । कुनैपनि शुभकर्म र शुभ यात्र गर्नभन्दा पूर्व भोलेनाथ भगवानको ध्यानगरी पुजगरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईलाई अत्याधिक सफलता हात लाग्नेछ ।
धनु राशि :- ये यो भा भि भु धा फा ढा भे
यो साता तपाईलाई प्राविधिक क्षेत्रको कार्यमा वढि सफलता हात लाग्नेछ । भौतिक सुख सुविधामा वृद्धि हुनेछ । व्यापार व्यवसायवाट राम्रो उन्नति प्रगति हुनेछ । वाहन लाभको योगपनी रहेको छ । मध्य साताबाट स्वास्थ्य प्रति निकै सजगता अपनाउनु होला । नजिकका व्याक्ति हरुले काममा वाद्या पुऱ्याउने छन । यो साताको लागि शुभअङ्क ६ र ९ हुन भने शुभरङ्ग पहेंलो वा बजनी रंग रहेको छ । कुनैपनि शुभकर्म र शुभ यात्र गर्नभन्दा पूर्व देविमाता को पुजगरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईलाई अत्याधिक सफलता हात लाग्नेछ ।
मकर राशि :- भो जा जि जु जे जो ख खि खु (खे खो गा )
यो साता तपाईंको मानसिक चिन्ता बढने योग रहेको छ । तपाईका नजिकका साथिभाईले वचन पुरा नगर्दा तपाईलाई मनमा चिन्ता बढनुको साथै आर्थिक हैरानी पनि सहनुपर्ने छ । तर मध्य साताबाट भने तपाईले अतिथीको रुपमा सम्मान ग्रहण गर्नसक्ने योग रहेको छ । रमाईलो र लाभदायक यात्रा हुने छ । घरायसि काममा धेरै समय व्यतित गर्उपर्नेछ । र झन्झटिलो कायमा समय नस्ट हुनसक्नेछ होसियार भएर अगाडी बढनु होला । यो साताको लागि शुभअङ्क ३ र ८ हुन भने शुभरङ्ग कालो रंग रहेको छ । कुनैपनि शुभकर्म र शुभ यात्र गर्नभन्दा पूर्व नवग्रहको पुजागरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईलाई अत्याधिक सफलता हात लाग्नेछ ।
कुम्भ राशि :- गु गे गो सा सि सु से सो द
यो साता तपाईंको जिवनमा एक पछि अर्को अवसर आउनाले मन प्रसन्न हुनेछ । तपाईले गरेको लगानीले फाईदा दिलाउने छ । नोकरी एवं सामाजिक क्षेत्र वाट मानसम्मान मिल्नेछ । तर मध्यसाताबाट भने विचार पुऱ्याएर लगानी गर्नु होला । कुनैपनी निर्णयलिदा निकै सोचविचार गरेर लिनुहोला ।यो साताको लागि शुभअङ्क ३ र ७ हुन भने शुभरङ्ग हरियो वा खैरो रंग रहेको छ । कुनैपनि शुभकर्म र शुभ यात्र गर्नभन्दा पूर्व महांकाल भगवानको पुजगरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईलाई अत्याधिक सफलता हात लाग्नेछ ।
मीन राशि :- दि दु थ झ ञ दे दो चा चि
यो साता तपाईंको लागि परिवारका साथमा समय विताउने र रमाईलो गर्ने समय आएको छ । धार्मिक एवं सामाजिक कार्यमा सहभागी हुने योग रहेको छ । तपाईका आफन्त र प्रियजन संग रमाईलो र सुखद यात्रा को योग रहेको छ । आफ्न मेहनतले काम देखाएर अरुको मन लोभ्याउन सकिनेछ । तर मध्य सातावाट भने खानपानमा निकै ध्यान दिनुहोला अन्यथा स्वास्थ्य मा समस्या देखिने छ ।यो साताको लागि शुभअङ्क २ र ९ हुन भने शुभरङ्ग गुलावि रंगको रातो रंग रहेको छ । कुनैपनि शुभकर्म र शुभ यात्र गर्नभन्दा पूर्व माता दुर्गा भवानीको पुजगरी दर्शन गरी अथवा मनमा स्मरण गरी कार्यारम्भ गर्नुहोला तपाईलाई अत्याधिक सफलता हात लाग्नेछ ।
यो साता तपाईहरुको शुभ रहोस
जयतु संस्कृतम जयतु सनातनम हरि ॐ