फलित ज्योतिषः- नारायण भण्डारी
मेष राशिः- चु चे चो ला लि लु ले लो अ
यो साता तपाईलाई शुभ कार्यमा सहभागि हुने अबसर प्राप्त हुनेछ। कुनैपनी नयॅा कामको थालनी गर्ने सोचमा हुनुहुन्छ भने यो साता उत्तम समय रहेको छ। अतिथिको रुपमा मान सम्मान प्राप्त हुने योग रहेको छ। मन अस्थिर हुदाहुदैपनी गरेको कामले तपाईक प्रगती उन्नती हुनेछ।तर साताको मध्यबाट भने तपाईलाई बढि परिश्रम गर्नुुर्ने योग रहेको छ। तपाईको अधिकार प्राप्तिको लागि संघर्स गर्नुपर्ने देखिन्छ। ५ र ९ शुभ अंक रहेका छन भने आकासे रंगको निलो रंग शुभ रंगमा परेको छ। शिद्धिदाता गणेश भगवानको आराधना पस्चात गरेको कामले तपाईलाई लाभ मिल्नेछ।
वृष राशिः- इ उ ए ओ वा वि वु वे वो
यो साता तपाईलाई प्रेम र प्रणय प्रसॅंगका लागि श्रेष्ठ समय रहोको छ। लामो समय देखि रोकिएका कामहरुलाई पुनः दोहोर्याएर प्रयत्न गर्दा कार्य सॅंपादन हुनेछन। सॅास्कृतिक कार्यहरुमा सहभागि भएर मनोरञ्जन प्राप्त गर्ने योग रहेको छ। तपाईका मान्यजन एवं अभिभावकको राय सल्लाह लिएर गरेका कामले तपाईलाई सफलताको द्वार खुलाईदिनेछन। तर साताको मध्यबाट भने तपाई निकै बिचार गरेर अगाडि बढ्नुपर्ने देखिन्छ। कसैलाई पनी कुनैकुराको वचन दिदा निकै सोचेर बिचार गरेर दिनुहोला अन्यथा तपाईलाई नै अप्ठ्यारो पर्ने छ। १ र ४ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। भगवान भोलेनाथको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।
मिथुन राशिः- का कि कु घ ङ छ के को ह
यो साता तपाईलाई बिभिन्न सॅास्कृतिक कार्यक्रमहरु भएको ठाउमा सहभागि भएर मनोरञ्जन प्राप्त गर्न सक्नुहुनेछ। कुटनैतिक क्षेत्रमा गरेका कामले तपाईलाई सफलता दिलाउने छन। नयॅा नयॅा ज्ञान सिकेने अवसर प्राप्त हुनेछ। व्यापार व्यवसाय एवं कलकारखाना बाट पनी तपाईलाई राम्रो लाभ मिल्नेछ। एकपछि अर्को अबसर आउनाले मन प्रसन्न हुनेछ। ६ र ७ शुभ अॅंक रहेका छन भने नीलो रॅंग शुभ रॅंगमा परेकोछ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन।
कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो
यो साता तपाईलाई मेहनत बढि र लाभ कम प्राप्तहुने छ। तपाईलाई आएका महत्वपूर्ण अबसरहरुपनी गुम्नसक्ने योग रहेको छ। तर साताको मध्यबाट भने तपाईलाई वस्त्रालंकारहरु गिफ्टको रुपमा प्राप्त हुनेछ। शुभ कार्यको चर्चा चल्नेछ। साथीभाई र तपाईका निकटतम व्याक्तिहरुको साथ सहयोगले उल्लेख्य कार्य सॅंपादन गर्न सक्नुहुनेछ। ४ र ७ शुभ ॲंक रहेका छन भने क्रिम रॅंग शुभ रॅंगमा परेको छ। तपाईका कुल देवताको स्मरण पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन।
सिॅंह राशिः- मा मि मु मे मो टा टि टु टे
यो साता तपाईलाई भाग्यले बिभिन्न अवसरहरु दिलाउने छन। तपाईले आटे ताकेका राम्रा र शुभकार्यहरु पुरा हुनेछन। प्रेम जिवन सुखद र सालिन रुपमा अगाडि बढ्नेछ। तपाईको सामाजिक र राजनीतिक मान प्रतिष्ठा कायम राख्नको लागि लगानी गर्नुपर्ने बेला आएको छ। एक पछि अर्को अवसर आउनाले तपाईको मन प्रसन्न हुनेछ। १ र ५ शुभ अॅंक रहेका छन भने पहेलो रॅंग शुभ रंगमा परेको छ। भगवान भोलेनाथको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।
कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईलाई धार्मिक एवॅं सॅास्कृतिक कार्यहरुमा सहभागि हुने अवसर प्राप्त हुने योग रहेको छ। तपाईभित्र भएको क्षमता प्रदर्सन गर्ने समय आएको छ। तपाईका मन मिल्ने मित्रहरुको साथ सहयोगले कार्य सॅंपादनमा टेवा पुग्नेछ। व्यवसायिक यात्राको योग पनी रहेको छ। तपाईबाट छुटेर टाढा गएका आफन्त एवं साथीभाई संग पुनर्मिलनको योग रहेको छ। काममा पदोन्नति हुनुको साथै नयॅा जिम्मेवारी प्राप्त हुनेछ। ४ र ६ शुभ अॅंक रहेका छन भने गुलावि रॅंग शुभ रॅंगमा परेको छ। तपाईका पितृहरुको आराधना पस्चात गरेका कामले तपाईलाई थप सफलता दिलाउने छन।
तुला राशिः- रा रि रु रे रो ता ति तु ते
यो साता तपाईको मनमा शान्ति छाउनुको साथै अनुहारमा पनी क्रान्ती छाउनेछ। परोपकार र सेवाका कार्यहरुमा रुचि बढ्नेछ। तपाईको आर्थिक अवस्था मजवुत बन्नेछ। प्रेमिल जिवन सुखमय बन्नेछ।नगद लगानी गरेर गर्ने कार्य जस्तै शेयर बजारमा रुचि बढ्नेछ। नयॅा लगानीको लागि राम्रो वातावरण बन्ने छ। ५ र ९ शुभ ॲंक रहेका छन भने पहेलो रॅंग शुभ रॅंगमा परेको छ। पवनपुत्र हनुमानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।
वृश्चिक राशिः- तो ना नि नु ने नो या यि यु
यो साता तपाईको नचाहिने ठाउमा धन खर्च हुने देखिन्छ। आफ्नो अधिकार प्राप्त गर्नको लागि निकै संघर्ष गर्नुपर्नेछ। दैनिक कार्यहरुमा पनी खर्च बढ्ने देखिन्छ। तर साताको मध्यवाट भने रमाईलो यात्राको योग रहेकोछ। प्राविधिक क्षेत्रमा रुचि बढ्ने र सफलता हात लाग्नेछ। तपाईका आफन्त र साथीभाईसॅंग पुनर्मिलनको योग पनी रहेको छ। १ र ६ शुभ अॅंक रहेका छन भने रातो रॅंग शुभ रॅंगमा परेको छ।भगवान नारायणको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछ।
धनु राशिः- ये यो भा भि भु धा फा ढा भे
यो साता तपाईभित्र रहेको क्षमता प्रदर्शन गर्ने समय आएको छ। शैक्षिक क्षेत्र र प्राविधिक क्षेत्रको काममा सहजै सफलता मिल्नेछ। प्रेम र मित्रताको बन्धन बाध्न उत्तम समय रहेको छ। तपाईको नोकरीमा पदोन्नती हुनेबेला आएकोछ। लामो समयदेखि रोकिएका कार्यहरुलाई पुनः दोहोर्याएर प्रयत्नगर्दा तपाईलाई सफलता हातलाग्नेछ। तर साताको उत्तरार्धमा भने तपाईको व्यस्तता निकै बढ्ने छ। दौडधुप गर्दा गर्दैपनी तपाईलाई शुभ लाभ नै प्राप्त हुनेछ। १ र ७ शुभ ॲंक रहेका छन भने पहेलो रॅंग शुभ रॅंगमा परेकोछ। नवग्रह हरुको आराधना पस्चात गरेका कामहरुले तपाईलाई सफलता दिलाउने छन।
मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो साता तपाईलाई रानीतिक कार्यमा सफलता मिल्नेछ।शुभ कार्यमा सरिक हुने योग पनि रहोकोछ। तपाईका प्रेमी र प्रेमीकाबाट बिशेष सहयोग प्राप्त हुनेछ जसले गर्दा मनमा आनन्द प्राप्त हुनेछ। कार्य सॅंपादनमा सहजता मिल्नेछ। समाजसेवा एवॅं धर्मकर्ममा रुचि बढ्नेछ। तर साताको उत्तरार्धमा भने तपाईको समय व्यर्थैमा व्यतित हुनेछ। अनाबस्यक र दिकदारीपूर्ण यात्रा हुने योग पनी रहेकोछ। मनमा नैरास्यता उत्पन्न हुनेछ।
कुम्भ राशिः- गु गे गो सा सि सु से सो द
यो साता तपाईबाट छुटेर टाढा रहेका आफन्त एवं साथीभाईसॅंग संवन्ध स्थापित हुनेछ। तपाईलाई शुभ कार्यको योग पनी रहेको छ। तपाईलाई भौतिक सुख सुविधाका साधनहरु खरिदगर्ने समय पनी आएको छ। तर साताको मध्यवाट भने तपालाई नराम्रा सपनाहरु देख्ने सपनाको कारणले मन हडबढाउने। लगनशिल भएर काम नगर्नाले ठुला उपलव्धिहरु हात लाग्ने छैनन। सॅंयमित भएर अगाडि बढ्नुहोला। १ र ६ शुभ अॅंक रहेका छन भनेसुन्तला रॅंगको रॅंग शुभ रॅंगमा परेको छ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन।
मीन राशिः- दि दु थ झ ञ दे दो चा चि
यो साता तपाईको प्रेममा माधुर्यता छाउनेछ। धार्मिक यात्राको योग पनी रहेको छ। सामाजिक क्षेत्र र नोकरीबाट मान सम्मान प्राप्तहुने येग रहेको छ। सामाजिक कार्यमा रुचि बढ्नेछ। तर साताको उत्तरार्धबाट भने नयॅा लगानी नगर्नुहोला। तपाईले गरेका कामहरु अधुरै रहनेछन। तपाईको लगानी पनी डुव्ने डर रहेको छ।सतर्कताका साथ अगाडि बढ्नुहोला। ३ र ७ शुभ ॲंक रहेका छन भने हरियो रॅंग शुभ रॅंगमा परेको छ। ईष्टदेवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन।
राशिफलमा जे जस्तो फलित गरिएता पनी तपाई आफ्नो कर्ममा बिश्वास राखेर अगाडि बढ्नुहोला धन्यवाद।
जयतु सॅंस्कृतम जयतु सनातनम हरि ॐ