साप्ताहिक राशिफल २८ फाल्गुन देखि ४ चैत्र २०७८ सम्मको


फलित ज्योतिषः- नारायण भण्डारी

 

AD146B25 777E 4E80 8A18 775731DAFFA6

 

मेष राशिः- चु चे चो ला लि लु ले लो अ

यो साता तपाईलाई धन आर्जनका नयॅा नयॅा स्रोतहरु पत्ता लाग्नेछन।कुटनीतिक क्षेत्रको कार्यमा सफलता मिल्नेछ। तपाईको वाक चतुर्यताले गर्दा सहजै कार्य संपादन गर्न सक्नुहुनेछ। व्यापार व्यवसायमा राम्रो प्रगती हुनेछ। प्रेमी जिवन सफल र सवल बन्नेछ। आर्थिक समुन्नती प्राप्त हुनेछ। रमणिय र सुखद यात्राको योग रहेको छ।  २ र ५ शुभ अंक रहेका छन भने गुलावी रंग शुभ रंगमा परेको छ। वंगलामुखी माताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशिः- इ उ ए ओ वा वि वु वे वो

यो साता तपाईलाई सामाजिक क्षेत्रवाट मान सम्मान मिल्लेछ। तपाईको मन मिल्ने साथीभाईले राम्रो साथ सहयोग दिनेछन जसले गर्दा उल्लेख्य कार्यहरु संपादन गर्न सक्नुहुनेछ। सुन्दर र रमणिय स्थानको भ्रमणले तपाईको मन लोभ्याउनेछ। तर मध्य साताबाट भने तपाईले आटे ताकेका कार्यहरु पुरा हुन मुस्किल पर्नेछन। तपाईको जिद्दिपनाले गर्दा कामहरु बिग्रने भय रहेको छ। २ र ४ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशिः- का कि कु घ ङ छ के को ह

यो सातै तपाईको समाजयेवा र धर्मकर्ममा रुचि बढेर जानेछ। तपाईका सहयोगी हातहरु अगाडि बढ्ने छन। तपाईसंग भएको क्षमता प्रदर्शन गर्ने मौका मिल्नेछ। पारिवारिक मेलमिलाप र सद्भाव बढेर जानेछ। परिवारमा रमाईलो वातावरणको सृजना हुनेछ। भौतिक सुख सुबिधाका साधन खरिद गर्ने यमय आएको छ। रमाईलो यात्राको योग समेत रहेको छ।  २ र ७ शुभ अंक रहेका छन भने सेतो रंग शुभरंग रहेको छ। भारवनाथ भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशिः- हि हु  हे हो डा डि डु डे डो

यो साता तपाईलाई साताको सुरुवातीतिर तपाईले गरेका काममा ढिलासुस्तीहुने छन। फजुल खर्च बढ्ने छ जसको कारणले तपाईलाई आर्थिक संकट पर्नेछ। अरुलाई दिएको वचनले तपाईलाई अप्ठ्यारोमा पार्ने छ। तर साताको मध्यबाट भने छोटो समयमा तपाईलाई बिशेष उपलव्धी हासिल हुनेछ। शुभ समाचार सुन्न पाउनुहुनेछ। मनमा हर्ष र उमंग बढ्ने छ। ३ र ५ शुभ अंक रहेका छन भने खैरो शुभ रंगमा परेको छ। तपाईका कुल देवताको आराधना पस्चात गरेका कामले तपाईलाई यफलता तर्फ डोर्याउनेछन।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशिः-  मा मि मु मे मो टा टि टु टे

यो साता तपाईलाई नयॅा कार्य योजना बन्वे योग रहेको छ। तपाईको मन मिल्ने साथीको साथ सहयोग प्राप्त हुनेछ जसले गर्दा तपाईले यथेष्ट कार्य संपादन गर्न सक्नुहुनेछ। सुखद र रमाईलो यात्राको योग रहेकोछ। शुभ समाचार सुन्न पाउनुहुनेछ। तपाईको पहिरनको चर्चा चल्नेछ । २ र ७ शुभ अंक रहेका छन भने घ्यु रंग शुभ रंगमा परेको छ। भगवान नारायणको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो 

यो साता तपाईलाई परिश्रम अनुसारको फल प्राप्त हुनेछ।सामाजिक मान प्रतिष्ठा प्राप्त हुनेछ। आदर्श व्याक्तिहरुले तपाईको कामको प्रसंसा गर्नेछन। व्यापार व्यवसायमा उल्लेख्य प्रगती हुनेछ। तपाईका शुभ र राम्रा ईच्छा आकांक्षाहरु पुर्ण हुनेछन। पारिवारीक सुख सयल प्राप्त हुनेछ र रमाईलो बाताबरण बन्नेछ। ३ र ५ शुभ अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेको छ। तपाईका कुल देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ उन्मुख गराउनेछन।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशिः- रा रि रु रे रो ता ति तु ते

यो साता तपाईलाई शेयर बजारको कारोवारले प्रसस्त लाभ दिलाउनेछ। सुन्दर र रमणिय स्थानको भ्रमणले तपाईको मन लोभ्याउने छ। अरुलाई प्रभाबित पारेर आफ्नो कार्य संपादन गर्न सक्नुहुनेछ। बिशेष धर्मिक यज्ञ यज्ञादि भएको ठाउमा सहभागि भएर पुन्य कमाउन सक्नुहुनेछ। जग्गा जमिन तथा घर जग्गाको कारोवारमा तपाईलाई लाभ मिल्नेछ।  ४ र ७ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। भोलानाथ भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशिः- तो ना नि नु ने नो या यि यु

यो साता तपाईसंग परिवारको लागि समय छुट्टाउन मुस्किल पर्नेछ। मनमा अशान्ती एवं चञ्चलता बढ्नेछ। तपाईले जिम्मेबारीपूर्ण तरिकाले गरेको काममा बाधा ब्यबधान उत्पन्न हुन सक्छ। संयमित भएर अगाडी बढ्नुहोला। तर मध्य सातामा भने एउटा कामबाट दोहोरो फाईदा लिन सक्नुहुनेछ।  ३ र ७ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेको छ। तपाईका पितृहरुको स्मरण पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ उन्मख डोर्याउनेछन।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशिः- ये यो भा भि भु धा फा ढा भे

यो साता तपाईलाई महिला मित्रबाट बिशेष सहयोग मिल्नेछ।यात्राको पनी योग रहेको छ। जटिल ठानिएका कार्यहरुपनी तपाईको स्वबिबेकले गर्दा सजिलै कार्यसंपादन हुनेछन। सामाजिक क्षेत्रका कार्यहरुमा रुचि बढ्नेछ। तर साताको मध्यबाट भने तपाईले सोचे ताके अनुसारका कार्यहरु नबन्नाले बाक्क लाग्ने छ।  तनाव एवं दबाब बढेको महसुस हुनेछ। ४ र ८ शुभ अंक रहेका छन भने ध्युरंग शुभ रंगमा पकेको छ। कार्यशिद्धिदाता गणेश भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशिः- भो जा जि जु जे जो ख खि खु गे गो गा गि

यो साता तपाईको फसेको रकम हातलागि हुनेछ । तपाईको वसाईसराई वा कामको सिलसिलामा स्थानान्त्रण हुने योग रहेको छ। आर्थिक पक्ष मजबुत हुनेछ। परिवारको राम्रो साथ सहयोग रहने छ जसले गर्दा उल्सेख्य कार्य संपादन गर्नसक्नुहुनेछ। तर साताको उत्तरार्धमा भने यात्रा गर्दा वा बाटो काट्दा निकै साबधानी अपनाउनु हला दुर्घटना वा चोटपटकको भय रहेको छ। महत्वपूर्ण अवसर पनी गुम्ने योग रहेको छ।  १ र ८ शुभ अंक रहेका छन भने निलो रंग शुभ रंगमा परेको छ। नवग्रहहरुको स्तुती पस्चात गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशिः- गु गे गो सा सि सु से सो द

यो साता तपाईलाई व्यापार व्यवसीयबाट मनग्ये आम्दानी हुनेछ। राजनीतिक कार्यमा नाम कमाउने बेला रहेको छ। नयॅा नयॅा आम्दानीका स्रोतहरु पनी देखापर्नेछन।कुटनितिक कार्यहरु सहजै अगाडि बढ्नेछन। तर साताको उत्तरार्धमा भने तपाईले आटे ताकेका कामहरु नबन्नाले दिक्क लाग्नेछ। शेयर बजारमा गरेको लगानीले आर्थिक हैरानी बेहोर्नुपर्नेछ।  ५ र ७ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेको छ। माता पिताको आशिर्बाद लिएर गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मीन राशिः- दि दु थ झ ञ दे दो चा चि 

यो साता तपाईको लागि लाभ हानी दुबै मिश्रित खालको रहेको छ। तपाईलाई बेकारका झुट्टा आरोपहरु लाग्नेछन। समय व्यवस्थापनको समस्या देखापर्ने छ। तर मध्य साताबाट भने मित्रहरुको साथ सहयोगले उल्लेख्य कार्य संपादन गर्न सक्नुहुनेछ।समाजिक मान प्रतिष्ठा प्राप्त हुनेछ। बिभिन्न कार्यक्रमहरुमा नेतृत्वदायी भुमिका निभाउने अवसर प्राप्त हुनेछ। मन प्रसन्न हुनेछ।  ३ र ९ शुभ अंक रहेका छन भने कालो रंग शुभ रंग रहेको छ। नवग्रहहरुको स्मरण पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।

राशिफलमा जे जस्तो फलित गरेता पनी तपाई आफ्नो कर्ममा बिश्वास गरेर अगाडि बढेमा सफलता तपाईको हातमा हुनेछ।

“यो साता तपाईको शुभ रहोस”

जयतु संस्कृतम जयतु सनातनम हरु ॐ


Translate »