साप्ताहिक राशिफल २८ साउन देखी ०३ भाद्र २०७९ साल सम्मको


फलित ज्योतिषः- नारायण भण्डारी

AD146B25 777E 4E80 8A18 775731DAFFA6

मेष राशिः- चु चे चो ला लि लु ले लो अ

यो साता तपाईका लामो समयदेखि रोकिएका अपूरा कार्यहरुलाई दोहोर्याएर प्रयत्नगर्दा  कार्य संपादन हुनेछन। शुभ समाचार सुन्न पाउनुहुनेछ। सामाजिक अवं धार्मिक कार्यहरुमा रुचि बढेर जानेछ। भौतिक सुख सुविधाका सामानहरु प्राप्तिको योग रहेकोछ। व्यापार व्यवसायमा राम्रै प्रगती हुनेछ। तर साताको उत्तरार्धबाट भने घरायसी समस्याले सताउनेछ। मनमा अशान्ती हुनेछ। व्यस्तताका साथ समय व्यतित हुनेछ। ४ र ६ शुभ अंक रहेका छन भने कलेजी रंग शुभ रंगमा परेकोछ। वंगलामुखी माताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशिः- इ उ ए ओ वा वि वु वे वो

यो साता तपाईको स्वविवेकको प्रयोग गर्नाले जटिल ठानिएका कार्यहरुपनी सहजै संपादन हुनेछन। रमाईलो यात्राको योग रहेकोछ। तपाईको मन मिल्ने साथीको साथ सहयोग मिल्नेछ। सांगीतिक कार्यहरुमा सहभागिता जनाएर मनोरञ्जन लिन सक्नुहुनेछ। स्वास्थ्यमा अनुकुलता  मिल्नेछ । व्यवसायिक यात्राको योग समेत रहेकोछ। ३ र ५ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेकोछ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कार्यले तपाईवाई सफलता दिलाउनेछन।

 

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशिः-  का कि कु घ ङ छ के को ह

यो साता तपाईको लागि कुनैपनी नयॅा कामको थालनी गर्न उत्तम समय रहेको छ। शुभ कार्यको चर्चा चल्नेछ। नगद लगानी गरेर गरेका कार्यहरु जस्तै पुजि बजारको लगानीले तपाईलाई राम्रो प्रतिफल दिनेछ। शुभ कार्यहरुमा सरिक हुने योग रहेकोछ। तर साताको उत्तरार्धमा भने तपाईका साथीभाईले वचन पुरा नगर्दा समस्यामा परिनेछ। परीवारमा अविस्वासको वातावरण बन्नेछ। मनमा नैरास्यता छाउनेछ। १ र ४ शुभ अंकमा परेका छन भने घ्यु रंग शुभ रंगमा परेकोछ। माता सरस्वतीको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो

यो साता स्वास्थ्यमा समस्या आउने योग रहेकोछ। दैनिक एवं महत्वपूर्ण कार्यहरुमा वाधा व्यवधान आउनेछन। तपाईले निकै सोच विचार गरेर मात्र बोल्नुहोला अन्यथा तपाईलाई अप्ठ्यारो पर्ने योग रहेकोछ। तर साताको मध्यबाट भने तपाईलाई सांस्कृतिक कार्यहरुमा रुचि बढ्नेछ। तिर्थाटनको योग रहेकोछ। नसोचेको ठाउबाट धनागमन हुनेछ। मनमा आनन्द मिल्नेछ।  ६ र ८ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेकोछ। भोलानाथ भगवानको आराधनापस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशिः- मा मि मु मे मो टा टि टु टे

यो साता तपाईलाई पैतृक संपतीका साथै भूमी तथा बाहनबाट विशेष लाभ मिल्नेछ। सांस्कृतिक क्षेत्रमा रुचि बढ्नेछ। सत बिचार राख्नेहरुलाई जिवनमा बिस्तारै लाभ मिल्नेछ। अतिथीको रुपमा तपाईलाई सम्मान गर्ने योग समेत रहेकोछ। तपाईको बौद्धिक क्षमताको साथै बुद्धिको बिकास हुनेछ।  ३ र ६ शुभ अंक रहेका छन भने पर्पल रंग शुभ रंगमा परेकोछ। तपाईका कुल देवताहरुको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो

यो साता तपाईलाई कलकार्खाना एवं बन्दव्यापारबाट राम्रो फाईदा मिल्नेछ। तपाईको मनको साथीको साथ सहयोग प्राप्तहुनेछ। अचल संपत्ति हातपार्ने योग रहेकोछ। दैनिक कार्यहरुमा सफलता मिल्नेछ। प्रेमिल जिवनमा माधुर्यता छाउनेछ। तपाईमा जोस जागर र हिम्मत बढ्नेछ।  ३ र ८ शुभ अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेकोछ। पवनपुत्र हनुमानको आराधना गरेर गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशिः- रा रि रु रे रो ता ति तु ते

यो साता कुनैपनी प्रतिष्पर्धाका कार्यहरुमा सफलता तपाईको हातमा हुनेछ। तपाईको प्रेमी/ प्रेमीका संग नयॅा ठाउमा भ्रमण हुने योग रहेकोछ। शेयर बजारमा गरेको लगानीले तपाईलाई राम्रो प्रतिफल दिनेछ। मठमन्दिर एवं धार्मिक प्रतिष्ठानहरुमा तपाईले सेवागर्ने अवसर प्राप्तहुनेछ। धर्मकर्ममा रुचि बढ्नेछ। मनमा शान्ति मिल्नेछ।  २ र ३ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेकोछ। तपाईका माता पिताको आशिर्वाद लिएर गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछ।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशिः- तो ना नी नु ने नो या यि यु

यो साता तपाईले आटे ताके अनुरुपका कार्यहरु नबन्नाले दिक्क लाग्न सक्नेछ। यात्रा नगर्दा नै राम्रो हुनेछ। मनमा दुविधा उत्पन्न हुनेछ। तर साताको मध्यबाट भने शुभ कार्यको चर्चा चल्नेछ। आफन्तहरुसंग भेटघाट हुने योग रहेकोछ। तपाईका आफन्तले गरेको प्रगतीमा तपाईको मन रमाउनेछ।  १ र ५ शुभ अंक रहेका छन भने गुलाबी रंग शुभ रंगमा परेकोछ। भैरवनाथ भगवानको आराधना गरी गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशिः-  ये यो भा भि भु धा फा ढा भे

यो साता तपाईलाई पृथक ठाउ र क्षेत्रहरुमा लगानीको अवसर मिल्नेछ। शुभ कार्यको चर्चा चल्नेछ। परिश्रम अनुसारको प्रतिफल प्राप्त हुनेछ। रमणिय र सुखद यात्राको योग रहेकोछ। तर साताको मध्यबाट भने  तपाईको नजिकका व्याक्तिहरुले नै तपाईले गरिरहनुभएका कामहरुमा वाधा व्यवधान पुर्याउन सक्नेछन। निकै सतर्कताका साथ अगाडि बढ्नुहोला।  ४ र ९ शुभ अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेको छ। नारायण भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि

यो साता तपाईको दाम्पत्य जिवन निकै सुमधुरताका साथ अगाडि बढ्नेछ र समृद्ध बन्नेछ। तपाईलाई नयॅा नयॅा ज्ञान सिक्ने मौका पनी मिल्नेछ। सहि समयमा सहि निर्णय लिन सक्नुहुनेछ जसको कारणले तपाईको जिवनशैलिमा परिवर्तन आउनेछ। व्यवसायीक यात्राको योग रहेकोछ। प्रेम र मित्रताको बन्धन बाध्न उपयुक्त समय रहेकोछ।  कुटनीतिक क्षेत्रका कार्यहरु सहजै अगाडि बढ्नेछन। मनमा आनन्द मिल्नेछ। ५ र ७ शुभ अंक रहेका छन भने खरानी रंगको रंग शुभ रंगमा परेकोछ। पारीवारीक सरसल्लाह गरेर गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशिः- गु गे गो सा सि सु से सो द

यो साता तपाईलाई महिला मित्रहरुबाट बिशेष सहयोग मिल्नेछ। दिर्घकालिनरुपमा फाईदा हुने काममा लगानी र आरंभ गर्न उत्तम समय रहेकोछ। नयॅा नयॅा ज्ञान सिक्ने मैका मिल्नेछ। प्रेम र मित्रताको बन्धनमा बाधिनको लागि श्रेष्ठ समय रहेकोछ। तपाईले गरेका शुभ र राम्रा कार्यहरु सहजै कार्यसंपादन हुनेछन। २ र ४ शुभ अंक रहेका छन भने नीलो रंग शुभ रंगमा परेकोछ। मान्यजनहरुको आशिर्वाद लिएर गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछ।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मीन राशिः- दि दु थ झ ञ दे दो चा चि

यो साताको सुरुवाती दिनहरुमा तपाईले यात्रा नगर्दा नै उत्तम हुनेछ। कुनैपनी कार्य संपादन गर्न निकै मुस्किल पर्नेछ। मनमा नैराश्यता छाउनेछ। तर साताको मध्यबाट भने रोजगारी वा नयॅा काम पाईने योग रहेकोछ। नयॅा नयॅा ज्ञान सिक्ने मौका पनी मिल्नेछ। तपाइका साथीभाईको राम्रो साथ सहयोग प्राप्त हुनेछ। ४ र ७ शुभ अंक रहेका छन भने बैजनी रंग शुभ रंगमा परेकोछ। कार्यसिद्धिदाता गणेश भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

“राशिफल जे जस्तो फलित गरिएता पनि तपाई आफ्नो कर्ममा बिश्वास गरेर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा हुनेछ। तपाईंको यो साता शुभ रहोस् ।”

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।

जयतु संस्कृतम जयतु सनातनम हरि ॐ

 

 

 

 


Translate »