साप्ताहिक राशिफल १ असोज देखि ७ असोज २०७९ साल सम्मको


फलित ज्योतिषः- नारायण भण्डारी

 

AD146B25 777E 4E80 8A18 775731DAFFA6

मेष राशिः-  चु चे चो ला लि लु ले लो अ

यो साता तपाईलाई सामाजिक र नोकरीको क्षेत्रबाट मान सम्मान एवं पद प्रतिष्ठा मिल्नेछ। रमाईलो र सुखद यात्राको योग रहेकोछ। कुटनीतिक कार्यहरु सहजै अगाडि बढ्नेछन। लामो समयदेखि रोकिएका कामहरुलाई पुनः दोहोर्याएर प्रयत्न गर्दा कार्य संपादन हुनेछन। प्रेम/ प्रेमिकाको साथ सहयोग प्राप्त हुनेछ। शुभ कार्यको चर्चा चल्नेछ। श्रृंगारका कुरामा खर्च बढ्नेछ। मनमा भने आनन्द प्राप्त हुनेछ। ३ र ६ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेकोछ। माता वंगलामुखीको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशिः-  इ उ ए ओ वा वि वु वे वो

यो साता तपाईलाई नयॅा व्यापार व्यावसाय वा उधोग धन्दा खोल्ने योग रहेको छ। तपाईको नजिकको मित्रको साथ सहयोग प्राप्त हुनेछ जसको कारणले कार्यसंपादनमा सहजता मिल्नेछ। प्रेमिले नयॅा ठाउमा घुम्नजाने प्रस्ताब राख्नेछन। कुटनीतिक क्षेत्रको कार्य सहजै अगाडि बढ्नेछन। आकस्मिक यात्राको पनि योग रहेको छ। मनमा हर्ष उमंग र उत्साह छाउनेछ।  ४ र ८ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। नारायण भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

 

मिथुन राशिः- का कि कु घ ङ छ के को ह

यो साताको प्रथम चरणमा तपााईको सामान चोरीहुने या हराउने योग रहेको छ। सरकारी पक्षबाट पनि तपाईलाई डर रहनेछ। तपाईलाई अनेक झुठ्ठा आरोपहरु लाग्न सक्ने योग समेत रहेको छ। तर साताको मध्यवाट भने तपाईले छोटो समयमा नै बिशेष उपलब्धि हासिल गर्न सक्नुहुनेछ। लाभदायक यात्राको योग समेत रहेकोछ।  शुभ कार्यहरु भएको ठाउमा सरिकहुने अबसर प्राप्त हुनेछ। महिला मित्रहरुबाट बिशेष साथ सहयोग मिल्नेछ जसको कारणले तपाईले उल्लेख्य कार्य संपादन गर्न सक्नुहुनेछ। ६ र ९ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो

यो साता तपाईलाई अचल संपत्ति हातपर्ने योग रहेकोछ। धन आर्जनका नयॅा नयॅा श्रोतहरु देखा पर्नेछन। सामाजिक एवं धार्मिक कार्यहरुमा रुचि बढ्नेछ। लाभदायक यात्रा हुनुको साथै बसाई सराईको पनि योग रहेकोछ। तर साताको मध्यबाट भने प्रेममा बाधा ब्यबधान उत्पन्न हुनुका साथै मनमा नैरास्यता उत्पन्न हुनेछ। अनेक झैझमेलामा पर्नसक्ने योग समेत रहेको छ। अनावस्यक यात्राको योग रहेको छ। २ र ५ शुभ अंक रहेका छन भने गुलाबी रंग शुभ रंगमा परेको छ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशिः- मा मि मु मे मो टा टि टु टे

यो साता तपाईलाई बिभिन्न भ्रमण र मनोरञ्जनका कार्यक्रमहरु भैरहेको ठाउमा सहभागि भएर मनोरञ्जन प्राप्त गर्ने अवसर जुटनेछ। भौतिक सुखसुबिधाका साधनहरु र भौतिक संपत्ति जुटाउने अवसर प्राप्त हुनेछ।  तपाईभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्ने मौका पनि मिल्नेछ। नयॅा वस्त्रालंकारहरुको प्राप्तिहुने योग रहेको छ। तपाईका आदर्श व्याक्तिहरुको साथ सहयोग प्राप्त हुनेछ। ४ र ९ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ। तपाईका कुल देवताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो

यो साता तपाईले गरिरहनु भएको कार्यमा बढुवा वा पदोन्नतिको योग रहेकोछ। सुन्दर र रमणिय ठाउको भ्रमणले तपाईको मन लोभिनेछ। लामो समयदेखि रोकिएका कार्यहरु पुनः दोहोर्याएर प्रयत्नगर्दा कार्य संपादन हुनेछन। बैदेशिक क्षेत्रका कार्यहरु सहजरुपमा अगाडि बढ्नेछन। तपाईको प्रेममा रमाईलो वातावरणको सृजना हुनेछ। नयॅा व्याक्तित्वहरुसंगको भेटघाटले तपाईलाई नयॅा ज्ञान अनुभव दिलाउनेछ। २ र ५ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। भोलानाथ भगवानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशिः- रा रि रु रे रो ता ति तु ते

यो साताको सुरुवाती चरणमा यात्रा वा बाटो काट्नेकाम नगर्दा उत्तम हुनेछ। तपाईलाई आएका महत्वपूर्ण अवसरहरु गुम्न सक्नेछन। दुखद समाचार सुन्नुपर्नेछ। तर साताको मध्यबाट भने अरुलाई प्रभाबित बनाएर आफ्नो काम पट्याउन सक्नुहुनेछ। तपाईलाई पद प्रतिष्ठा मिल्नुको साथै पदोन्नतिको पनि योग रहेकोछ। तपाईको आफ्नै बुद्धिबिबेकमा बिभिन्न कार्यहरु सम्पन्न गर्न सक्नुहुनेछ। तपाईको फसेको रकम हातलागि हुनेछ। ६ र ९ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेकोछ। सरस्वतीमाताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशिः- तो ना नि नु ने नो या यि यु

यो साता तपाईले दाम नाम र प्रतिष्ठा कमाउने बेला आएकोछ। लामो समयदेखि रोकिएका कार्यहरुलाई पुनः दोहोर्याएर प्रयत्न गर्दा कार्य संपादन हुनेछन। तपाईका सन्तानहरुबाट साथ सहयोग मिल्नेछ। शिक्षामा राम्रो सुधार एवं प्रगति हुनेछ। तर साताको मध्यबाट भने तपाईको निर्णय क्षमतामा ह्रास आउनेछ निकै सोच बिचार गरेर निर्णय लिनुहोला। जिद्धिपनाको कारणले गर्दा काममा बाधा आउने तथा काम बिग्रने योग रहेकोछ। सतर्कताका साथ अगाडि बढ्नुहोला।  १ र ६ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेकोछ। पवनपुत्र हनुमानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C

धनु राशिः- ये यो भा भि भु धा फा ढा भे

यो साता पारिवारिक बातावरण सुमधुर हुनुका साथै प्रेम र सद्भाव पनि बढेर जानेछ। शुभकार्यहरु भैरहेको ठाउमा सरिक हुने योग रहेकोछ। बन्दव्यापार व्यबसायबाट राम्रो उन्नति र प्रगतिहुने योग रहेकोछ। पुराना तथा रोकिएका कार्यहरु यसैसाता कार्यसंपादन हुनेछन। बैदेशिक क्षेत्रको कार्य सहज रुपमा अगाडि बढ्नेछ। तपाईले मेहनत गरे अनुसारको प्रतिफल प्राप्तगर्न सक्नुहुनेछ।  ७ र ८ शुभ अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेकोछ। तपाईका पितृहरुको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि

यो साता तपाईको नयॅा कार्यको योजना बन्नेछ। नसोचेको ठाउबाट धनागमन हुनेछ। प्रेम प्रस्ताव आउनेछ। तपाईको कार्य क्षेत्र र सामाजिक क्षेत्रबाट समेत तपाईलाई मान सम्मान मिल्नेछ। तपाईबाट छुटेर गएका आफन्त  एवं साथीभाई संग पुनर्मिलनको योग रहेकोछ। तर साताको मध्यबाट भने तपाईले आटे ताके अनुरुपका कार्यहरु नबन्नाले तपाईलाई दिक्क लाग्नेछ। दबाब एवं तनावको महसुस गर्नुहुनेछ। मनमा नैरास्यता छाउनेछ। निकै सतर्कताका साथ अगाडि बढ्नुहोला। २ र ४ शुभ अंक रहेका छन भने पर्पल रंग शुभ रंग हो विग्नहर्ता गणेश भगवानको आराधना पस्चात गरेका कार्यले लपाईलाई सफलता दिलाउनेछ।

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशिः- गु गे गो सा सि सु से सो द

यो साताको सुरुवाती दिनहरुमा तपाईको समय घरायसि कामधन्दामा बित्नेछ। कार्यगर्दा अरुले गरेका र भनेका कुरामा चित्त नबुझ्न सक्नेछ र मनमुटाब हुने योग रहेको छ निकै संयमताका साथ अगाडि बढ्नुहोला । तर साताको मध्यबाट भने तपाईको नेतृत्व तथा अगुवाईमा बिभिन्न कार्यहरु सम्पादन हुनेछन। शुभ कार्यको चर्चा चल्नेछ। तपाईको वाकपटुताले गर्दा सहजै कार्यसंपादन हुनेछन। मन प्रसन्न हुनेछ। ३ र ६ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ। तपाईका मातापिताको आशिर्बाद लिएर गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मीन राशिः- दि दु थ झ ञ दे दो चा चि 

यो साता तपाईका आदर्श व्याक्तिहरुसंगको सहकार्यले मन प्रसन्न हुनुको साथै नयॅा ज्ञान अनुभव प्राप्त हुनेछ। कला साहित्य तथा संगितमा तपाईको रुचि बढ्नेछ। रमाईलो यात्राको योग रहेकोछ। राजनैतिक कार्यमा ख्याति कमाउने बेला आएकोछ निकै ख्यालगरेर अगाडि बढ्नुहोला। आर्थिक लाभ प्राप्त गर्ने योग रहेकोछ। तर साताको उत्तरार्धमा भने व्यापार व्यवसायमा हानि नोक्सानी बेहोर्नु पर्नेछ। तपाईले आटे ताके अनुरुपमा काम नबन्नाले दिक्क लाग्नेछ। मनमा द्विविधा उत्पन्न हुनेछ। ५ र ९ शुभ अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेकोछ। पारिवारिक सल्लाह गरेर गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछ।

राशिफलमा जे जस्तो फलित गरेता पनि तपाई आफ्नो कर्ममा बिश्वास गरेर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा हुनेछ।

जयतु संस्कृतम जयतु सनातनम हरि ॐ

यो साता तपाईको शुभ रहोस !!


Translate »