फलित ज्योतिषः- नारायण भण्डारी
मेष राशिः- चु चे चो ला लि लु ले लो अ
यो साता तपाईले घरायसी कार्यमा समय व्यतित गर्नुपर्ने देखिन्छ। अरुले गरेको काममा तपाईको चित्त नबुझ्न सक्छ संयमित भएर अगाडि बढ्नु बुद्धिमानी हुन्छ। निकै सोच बिचार गरेर अगाडि बढ्नुहोला। तर साताको मध्यबाट भने शुभ कार्यको चर्चा चल्नेछ। तपाईको नेतृत्वमा अनेक कार्यहरु अगाडि बढ्नेछन। वाक पटुताले गर्दा बिभिन्न कार्यहरु सहजै सम्पादन गर्न सक्नुहुनेछ। ५ र ६ शुभ अंक हुन भने हरियो रंग शुभ रंगमा परेको छ। तपाईका कुल देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।
वृष राशिः- इ उ ए ओ वा वि वु वे वो
यो साता तपाईलाई तपाईको कार्यक्षेत्र र सामाजिक कार्यहरुबाट मान सम्मान मिल्नेछ। नसोचेको ठाउबाट धनागमन हुनेछ। नयॅा कार्य योजना पनी बन्ने योग रहेको छ। पुनर्मिलनको योग रहेको छ। प्रेम प्रस्ताव पनी आउन सक्ने योग रहेको छ। तर साताको मध्यवाट भने तपाईले आटे ताकेका काम नबन्नाले दिक्क लाग्नेछ। मनमा नैरास्यता बढ्नेछ। दबाब वा तनाव बढेको महसुस हुनेछ। सरीरमा आलस्यता बढ्नेछ। २ र ४ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंग हो। कार्यसिद्धिदाता गणेश भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछ।
मिथुन राशिः- का कि कु घ ङ छ के को ह
यो साता तपाईलाई शैक्षिक क्षेत्रबाट निकै राम्रो प्रगती हुनेछ। दाम नाम ईज्यत र प्रतिष्ठा कमाउने बेला आएको छ। सन्तानहरुवाट तपाईलाई साथ सहयोग र समर्थन रहनेछ। मनमा दोधार भै अर्थात डराउदै गरेका कामले तपाईलाई फाईदा दिलाउनेछन। लामो समय देखि रोकिएका कामहरुलाई पुनः दोहोर्याएर प्रयत्नगर्दा सफलता मिल्नेछ। तर साताको मध्यबाट भने तपाई निकै होसियारीका साथ अगाडि बढ्नुपर्ने देखिन्छ। तपाईका बिरोधिले तपाईको काम बिगार्न लागिपर्ने छन। तपाईको जिद्धिपनाले काम बिग्रने डर पनी रहेको छ। ४ र ९ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेको छ। पवनपुत्र हनुमानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मख गराउनेछन।
कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो
यो साता तपाईलाई काममा पदोन्नति हुनुको साथै कामको जिम्मेवारी पनी थपिनेछ। सुन्दर र रमणिय ठाउको भ्रमण हुने योग रहेकोछ। तपाईका रोकिएका कामहरुलाई पुनः दोहोर्याएर प्रयत्न गर्दा सजिलै कार्य संपादन हुनेछन। नयॅा साथी भाईहरु संग भेट हुनेछ। प्रेममा रमाईलो वातावरण बन्नेछ। हैदेशिक क्षेत्रको काममा पनि तपाईलाई सफलता मिल्नेछ। २ र ५ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। भोलेनाथ भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।
सिंह राशिः- मा मि मु मे मो टो टि टु टे
यो साता तपाईको सामान चोरिहुने वा हराउने योग रहेको छ। तपाईलाई झुठ्ठा आरोपहरु लाग्न सक्ने योग रहेको छ। सरकारी वा राज्य पक्षबाट पनी तपाईलाई डर रहनेछ। निकै संयमित र चनाखो भएर अगाडि बढ्नुहोला। तर साताको मध्यवाट भने तपाईको लाभदायक यात्रा हुने योग रहेको छ। बिभिन्न शुभ कार्यहरुमा सरिक हुने योग रहेको छ। महिला मित्रबाट बिशेष सहयोग मिल्ने योग रहेको छ। तपाईले छोटो समयमा बिशेष उपलब्धी हासिल गर्न सक्नुहुनेछ। ३ र ६ शुभ अंक रहेका छन भने निलो रंग शुभ रंगमा परेकोछ। माता पिताको आशिर्वाद लिएर गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।
कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईलाई धर्मकर्म तथा समाजसेवामा रुचि बढ्ने योग रहेकोछ। शुभ र लाभ दायक यात्रा हुने योग रहेको छ। नोकरिको लागि वा अन्य कारणले बसाई सराई हुने योग रहेको छ। अचल संपत्ति हातपर्ने योग पनी रहेको छ। धन आर्जनका नयॅा नयॅा श्रोतहरु पत्ता लाग्नेछन। तर मध्य साताबैट भने तपाईको मन अस्थिर रहने छ। बिभिन्न झमेलामा परिने योग रहेको छ। प्रेममा बाधा उत्पन्न हुने योग रहेको छ। अनाबस्यक यात्राको योग पनी रहेको छ। ४ र ९ शुभ अंक रहेका छन भने गुलावी रंग शुभरंगमा परेको छ। माता वंगलामुखिको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।
तुला राशिः- रा रि रु रे रो ता ति तु ते
यो साता तपाईलाई आफुसंग भएको क्षमता देखाउने अर्थात प्रदर्शन गर्ने मौका मिल्नेछ। भ्रमण र मनोरंजनात्मक कार्यहरुमा सहभागि हुने अवसर मिल्नेछ। नयॅा वस्त्र अलंकार प्राप्तिको योग पनी रहेकोछ। बिशिष्ट व्याक्तिको साथ सहयोग प्राप्त हुनेछ। भौतिक सुख सुविधाका साधनहरु जुटाउने योग रहेको छ। तपाईले सजिलै अरुको मन जित्न सक्नुहुनेछ। २ र ७ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ। भगवान नारायणको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछ।
वृश्चिक राशिः- तो ना नि नु ने नो या यि यु
यो साता तपाईले साहित्य कला र संगितमा प्रगति गर्नुका साथै रुचि बढ्ने योग रहेको छ। विशिष्ट व्याक्तिहरु संगको सहकार्यले मन प्रसन्न हुनेछ। रमाईलो र सुखद यात्राको योग रहेकोछ। राजनीतिक कार्यमा काम गरेर नाम राख्ने समय आएकोछ। तर साताको उत्तरार्धमा भने व्यापार व्यवसायमा नोक्सानी बेहोर्नुपर्ने योग रहेको छ। आटे ताकेका काम नवन्नाले बाक्क दिक्क लाग्न सक्नेछ। मनमा नैरास्यता उत्पन्न हुनेछ। ३ र ७ शुभ अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेको छ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।
धनु राशिः- ये यो भा भि भु धा फा ढा भे
यो साता तपाईको आफ्नै दक्षतामै बिभिन्न कार्यहरु यंपादन हुनेछन। शुभ समाचार सुन्न पाउनुहुनेछ। तपाईलाई जागिरमा पदोन्नतीको संभावना प्रवल रहेकोछ। अरुलाई प्रभावित पारेर आफ्नो काम बनाउन सक्नुहुनेछ। तपाईको फसेको रकम हात लाग्नेछ। तर साताको उत्तरार्धमा भने तपाईले यात्रा नगर्दा नै उत्तम हुनेछ। तपाईलाई आएको महत्वपूर्ण अवसर पनी गुम्न सक्ने योग रहेकोछ। निकै सावधानिको साथ अगाडि बढ्निहोला। ४ र ७ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेको छ। तपाईका पितृहरुको आशिर्वाद लिएर गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।
मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो साता तपाईलाई प्रेमीले पूर्ण साथ र सहयोग गर्नेछन। लामो समय देखि रोकिएका अधुरा कार्यहरु पुरा हुनेछन। शुभ कार्यको चर्चा चल्नेछ। सुखद र रमणिय यात्राको योग पनी रहेकोछ। बैदेशिक क्षेत्रको कार्यबाट तपाईलाई लाभ हुनेछ। शुभ कार्यको चर्चा चल्नेछ। नोकरी एवं सामाजिक क्षेत्रका कामबाट मान सम्मान मिल्नेछ। मनोरञ्जनका लागि धन खर्च हुनेयोग रहेकोछ। ३ र ६ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेको छ। माता सरस्वतीको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछ।
कुम्भ राशिः- गु गे गो सा सि सु से सो द
यो साता तपाईको व्यापार व्यवसाय मा राम्रो प्रगती हुनेछ।परिश्रम अनुसारको फल प्राप्त गर्नसक्नुहुनेछ। लामो समयदेखि रोकिएका कामहरुलाई दोहोर्याएर प्रयत्न गर्दा कार्य संपादन हुनेछन। पारिवारिक वातावरण राम्रो बन्नेछ। शुभ कार्यमा सरिकहुने वातावरण बन्नेछ। बैदेशिक क्षेत्रको काम अगाडि बढ्नेछ। मन प्रसन्न हुनेछ। सरीरमा फुर्ति बढ्नेछ। २ र ३ शुभ अंक रहेका छन भने सुन्तला रंगको रंग शुभ रंगमा परेको छ। सूर्यनारायण भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।
मीन राशिः- दि दु थ झ ञ दे दो चा चि
यो साता तपाईलाई नसोचेको र आकस्मिक यात्राको योग रहेको छ। कुटनैतिक क्षेत्रको काम सहजै अगाडि बढ्नेछ। तपाईका नजिकका मित्रहरुको सहयोगमा बिभिन्न कार्यहरु संपादन हुनेछन। मनमा हर्ष उमंग र उत्साह छाउनेछ। नयॅा उधोग धन्दा एवं रचनात्मक कार्यमा जुटने बेला आएकोछ। नयॅा र रमणिय स्थानको भ्रमण हुनेयोग रहेकोछ। ४ र ६ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेको छ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता उन्मुख गराउनेछन।
राशिफलले जे जस्तो फलित गरेता पनी तपाई आफ्नो कर्ममा बिस्वास गरेर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा हुनेछ।
“यो साता तपाईको शुभ रहोस”
“जयतु संस्कृतम जयतु सनातनम”