फलित ज्योतिषः- नारायण भण्डारी
मेष राशिः- चु चे चो ला लि लु ले लो अ
यो साता तपाईलई नयॅा नयॅा ज्ञान सिक्ने मौका मिल्नेछ। तपाईको सामाजिक प्रतिष्ठा कायम राख्नको लागि आर्थिक लगानी गर्नुपर्ने भएकोछ। कुनैपनि लामो समय देखि रोकिएका कार्यहरुलाई पुनः दोहोर्याएर प्रयत्न गर्दा कार्य संपादन हुनेछ। आदर्श व्याक्तिहरुसंगको सहकार्यले तपाईलाई नया अनुभव दिलाउनेछ। तपाईको माया प्रेमलाई बचाईराख्न एकले अर्काको भावनालाई बुझ्ने कोसिस गर्नुहोला। ३ र ४ शुभ अंक रहेका छन भने गुलाबी रंग शुभ रंगमा परेकोछ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
वृष राशिः- ई उ ए ओ वा वि वु वे वो
यो साता तपाईले काम गरिरहनुभएको क्षेत्रमा तपाईको हालिमुहाली चल्नेछ। कुनैपनि मुद्धा मामिला लड्दैहुनुहुन्छ वा न्यायको प्रतिक्षामा हुनुहुन्छ भने फैसला तपाईको पक्षमा हुनेछ। उपहारको रुपमा तपाईलाई नयॅा वस्त्र अलंकारहरु प्राप्त हुनेछन। बैदेशिक क्षेत्रको कार्यबाट तपाईलाई राम्रो लाभ वा मानसम्मान्न प्राप्त हुनेछ। मनमा प्रसन्नता छाउनेछ। तर तपाईको स्वास्थ्य प्रति भने चनाखो रहनुहोला । ६ र ९ शुभ अंक रहेका छन भने क्रिम रंग शुभ रंगमा परेकोछ। कार्यशिद्धिदाता गणेश भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
मिथुन राशिः- का कि कु घ ङ छ के को ह
यो साता तपाईको स्वास्थ्यमा गडबढि आउने योग रहेको छ। कार्यहरुगर्दा तपाईलाई सानातिना समस्या वा झै झमेलाहरु आईपर्नेछन। तपाईका दैनिक कार्यहरुमा ढिलासुस्ती हुनेछन। दैनिक कामकाजहरुमा असर पर्नेछन। तपाईको मनमा नैरास्यता छाउनेछ। तर साताको उत्तरार्धमा भने कुनैपनि रोकिएका कार्यहरु सहजरुपमा अगाडि बढेर कार्य संपादन हुनेछन। रमाईलो यात्राको योग रहेकोछ। तपाईलाई मनमा आनन्द मिल्नेछ। ५ र ८ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेको छ। आदित्यनारायण भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो
यो साता तपाईलाई सामाजिक र परोपकारका काममा समय व्यतित गर्न पाउनुहुनेछ। शुभ कार्यको चर्चा चल्नेछ। तपाईलाई भाग्यले एक पछि अर्को अवसर जुराउनेछ। कुटनितिक नियोगको साथ सहयोग प्राप्त हुनेछ। शुभ समाचार सुन्न पाउनुहुनेछ। तपाईको आफ्नो बुद्धि बिबेकको प्रयोगले जटिल ठानेका कार्यहरुपनी सहजै कार्य संपादन हुनेछन। २ र ५ शुभ अंक रहेका छन भने निलो रंग शुभ रंगमा परेकोछ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।
सिंह राशिः- मा मि मु मे मो टा टि टु टे
यो साता तपाईलाई काममा मान सम्मान प्राप्त हुनेछ। प्रेम प्रसंग र प्रणय प्रसंगका लागि पनि श्रेष्ठ समय रहेकोछ। शैक्षिक क्षेत्रमा राम्रो सफलता हातलाग्नेछ। रमाईलो यात्राको योग रहेकोछ। छोटो तर लाभदायक यात्राको योग रहेकोछ। तपाईलाई मान सम्मान मिल्ने योग रहेकोछ। ३ र ६ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेकोछ। वंगलामुखी माताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईलाई सामाजिक एवं धार्मिक कार्यहरुमा रुचि बढ्नेछ। नयॅा नयॅा ज्ञान सिक्ने मौका मिल्नेछ। कुनैपनि मुद्दा मामिला लड्दै हुनुहुन्छ भने न्याय तपाईको पक्षमा हुनेछ। तपाईको मनमा हर्ष उमंग र उत्साह बढ्नेछ। तर साताको मध्यबाट भने तपाईका दैनिक कार्यहरुमा तपाईका निकटतम व्यक्तिहरुले बाधा अवरोध पुर्याउनेछन। दैनिक कार्यहरुमा ढिलासुस्ती हुनेछन। ३ र ८ शुभ अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेकोछ। पाथीभरा माताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।
तुला राशिः- रा रि रु रे रो ता ति तु ते
यो साता तपाईको सामाजिक एवं राजनीतिक प्रतिष्ठा कायम गर्नको लागि तपाईले लगानी गर्नुपर्ने भएकोछ। तपाईको स्वास्थ्यमा गडबढि आउनेछ। कुनैपनि यात्रा गर्दा वा बाटो काट्दा निकै संयमित हुनुहोला अन्यथा दुर्घटनाको भय रहेकोछ। सकभर साताको सुरुवाती दिनहरुमा यात्रा नगरेकै बेस हुनेछ। कुनैपनि कुरामा खर्चगर्दा निकै मितव्ययिता अपनाएर खर्च गर्नुहोला अन्यथा तपाईलाई आर्थिक संकट पर्नेछ। कुनैपनि कुराको निर्णय गर्दा निकै सोचबिचार गरेर लिनुहोला। २ र ४ शुभ अंक रहेका छन भने हल्का नीलो रंग शुभ रंगमा परेकोछ। तपाईका कुल देवताको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
वृश्चिक राशिः- तो ना नि नु ने नो या यि यु
यो साता तपाईलाई नगद लगानि गरेर गरिने कार्य र शेयर बजारबाट पनि राम्रो प्रतिफल मिल्नेछ। कुनैपनि लामो समयदेखि रोकिएका कार्यहरुलाई दोहोर्याएर प्रयत्न गर्दा कार्य संपादन हुनेछन। शुभ कार्यको चर्चा चल्नेछ। अरुको भलाईको कार्यमा तपाईको समय व्यतित हुनेछ। ५ र ८ शुभ अंक रहेका छन भने सिन्दुरे रंग शुभ रंगमा परेकोछ। नवग्रहहरुको स्तुति पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
धनु राशिः- ये यो भा भि भु धा फा ढा भे
यो साता तपाईलाई महिला मित्रहरुबाट बिशेष सहयोग मिल्नेछ। नयॅा कार्य योजना बन्ने योग रहेकोछ। सामाजिक कार्यहरुमा तपाईलाई मान सम्मान गरिनेछ। उपहारको रुपमा नयॅा वस्त्रालंकारहरु प्राप्त हुनेछन। तर साताको उत्तरार्धमा भने घरायसि कामकाजमा समय व्यतित गर्नुपर्नेछ। नाक कान घाटिको समस्याले सताउनेछ। आफ्नो स्वास्थ्य प्रति चनाखो रहनुहोला। १ र ७ शुभ अंक रहेका छन भने नीलो रंग शुभ रंगमा परेकोछ। माता दुर्गा भवानीको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।
मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो साता तपाईका दैनिक कार्यहरु सहजरुपमा अगाडि बढ्नेछन। सामाजिक कार्यहरुमा तपाईको रुचि बढेर जानेछ। तपाईले काम देखाएर अरुको मन जित्न वा आफुतिर आकर्सित गर्न सक्नुहुनेछ। तर साताको उत्तरार्धमा भने यात्रा नगर्दा उत्तम हुनेछ। यदि गर्नैपर्ने र बाटो काट्दा समेत निकै ख्याल गरेर शुभ साईतमा गर्नुहोला। तपाईलाई आएका अबसरहरु पनि गुम्न सक्नेछन निकै साबधानिका साथ अगाडि बढ्नुहोला। ४ र ६ शुभ अंक रहेका छन भने कलेजी रंग शुभ रंगमा परेको छ। पसुपतिनाथ भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता दिलाउनेछन।
कुम्भ राशिः- गु गे गो सा सि सु से सो द
यो साता तपाईको आफ्नो बुद्धि बिबेकको प्रयोगले जटिल ठानिएका कामहरुपनि सहजै संपादन गर्न सक्नुहुनेछ। तपाईबाट छुटेर गएका आफन्तहरुसंग पूनर्मिलनको योग समेत रहेकोछ। तपाईका शुभेच्छुकहरुको सल्लाह र सुझावलाई बेवास्ता गर्दा तपाईले दुःख पाउनुहुनेछ सोच बिचार गरेर अगाडि बढ्नुहोला। ५ र ९ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। पवनपुत्र हनुमानको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलता दिलाउनेछन।
मीन राशिः- दि दु थ झ ञ दे दो चा चि
यो साता तपाईलाई राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। शुभ कार्यको चर्चा चल्नेछ। तपाईलाई धर्ममा आस्था, बिस्वास र सद्भाव पनि बढ्नेछ सोहि अनुसार तपाईको भाग्यमा बृद्धिहुनेछ। सानो प्रयत्नले ठूलो उपलब्धी हासिल गर्नसक्नुहुनेछ। तपाईका अधुरा कार्यहरु पुरागर्न आफन्तको सहयोग एवं साथ मिल्नेछ। १ र ७ शुभ अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेकोछ। तपाईका पितृहरुको स्मरण गरि गरेका कार्सहरुले तपाईलाई सफलता दिलाउनेछन।
राशिफल जे जस्तो फलित गरिएता पनि तपाई आफ्नो कर्ममा बिस्वास गरेर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा हुनेछ।
यो साता तपाईको शुभ रहोस ।
जयतु संस्कृतम जयतु सनातनम हरि ॐ