साप्ताहिक राशिफल १८ असार देखि २४ असार २०७९ सम्मको


फलित ज्योतिषः- नारायण भण्डारी

 

AD146B25 777E 4E80 8A18 775731DAFFA6

मेष राशिः- चु चे चो ला लि लु ले लो अ

यो साता तपाईलाई शैक्षिक क्षेत्रबाट राम्रो सफलता हातलाग्नेछ। तपाई आफ्ना प्रतिस्पर्धीहरुसंग भने सतर्क भएर अगाडि बढ्नु राम्रो हुनेछ। राजनीतिक एवं सामाजिक कार्यमा रुचि बढ्ने छ। लामो समय देखी रोकिएका कार्यहरुलाई दोहोर्याएर प्रयत्न गर्दा कार्य संपादन हुनेछन। १ र ३ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेको छ। शिव भगवानको आराधना गरी गरेका कार्यले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

B92FF335 C8B1 4A44 8D1A 795A535C876B

वृष राशिः- इ उ ए ओ वा वि वु वे वो 

यो साता तपाईका आदर्श व्याक्तित्वहरु संग सहकार्यगर्ने अवसर मिल्नेछ जसले गर्दा तपाईले नयॅा नयॅा ज्ञान अनुभव सिक्न पाउनुहुनेछ। शैक्षिक क्षेत्रमा रुचि बढ्नेछ र यात्राको योग समेत रहेको छ। तपाईको घरमा अतिथीको आगमन हुनेछ। तपाईको वाकपटुताले सहजै कार्य संपादन हुनेछन। तर साताको मध्यवाट भने तपाईलाई घरेलु समस्याहरुले सताउनेछ। आफु कमजोर भएको महसुस गर्नुहुनेछ। मनलाई दह्रो बनाएर अगाडि बढ्नुहोला । ३ र ६ शुभ अंक रहेका छन भने बैजनी रंग शुभ रंगमा परेको छ। नारायण भगवानको आराधना गरी गरेका कार्यहरुले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

5E456FF6 2C89 42E9 AB9A D3BDBD7F5F70

मिथुन राशिः- का कि कु घ ङ छ के को ह

यो साता तपाईको मन सामाजिक एवं धार्मिक कार्यमा लाग्नेछ। नविन कार्य थालनीको लागि उत्तम समय रहेको छ। कुनैपनी मुद्दा मामिलामा लड्दै हुनुहुन्छ भने फैसला तपाईको पक्षमा हुनेछ। कुटनितिक क्षेत्रको कार्य सहजै अगाडि बढ्नेछ। तर साताको मध्यवाट भने तपाईको शरीरमा अल्छिपना बढेर आउनेछ। खर्चमा बृद्धिहुनेछ। मन निरास हुनेछ। संयमित भएर अगाडि बढ्नुहोला। २ र ४ शुभ अंक रहेका छन भने गुलावी रंग शुभ रंगमा परेको छ। वंगलामुखी माताको आराधना पस्चात गरेका कार्यहरुले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

6DBF53EC F9B9 4B2C 8D33 EF84F53081B1

कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो

यो साता तपाईको लागि मंगल कार्यको योग रहेको छ। धार्मिक र लाभदायक यात्रा हुनेछ। शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। सन्तान सुखको योग रहेकोछ। तपाईले आटे ताकेका शुभ र राम्रा कार्यहरु पुराहुनेछन। तर साताको उत्तरार्धमा भने तपाईको स्वास्थ्यमा गडबढि आउनेछ। खानपान एवं दैनिक आहार बिहारमा ध्यान दिनुहोला। यात्रा नगर्दा नै उत्तम हुनेछ। यदि यात्रा गर्नैपरे वा बाटो काट्न परे निकै सावधानिका साथ अगाडि बढ्नुहोला। ७ र ९ शुभ अंक रहेका छन भने ध्वासे रंग शुभ रंगमा परेको छ। तपाईका ईष्ट देवताको आरधना पस्चात गरेका कार्यले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

C2E065F7 9DA3 4E06 9E55 9A34A332EA6E

सिंह राशिः- मा मि मु मे मो टा टि टु टे

यो साता तपाईको माल सामान हराउने या चोरीहुने योग रहेको छ। शरीरमा फुर्ति र जोसजागरको कमी हुनेछ। अनाबस्यक ठाउमा धन खर्च हुनेछ। नाक कान र घाटीमा समस्या देखिनेछ। तर साताको मध्यवाट तपाईका शुभ र राम्रा ईच्छा आकांक्षाहरु पूर्ण हुनेछन। तपाईको पहिरनको चर्चा चल्नेछ।  ४ र ७ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेको छ। पवनपुत्र हनुमानको आराधना गरी गरेका कार्यले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

ADE63758 7FDE 4B5C A8EB 9EBEA3A73A82

कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो

यो साता तपाईको लागि प्रेमसम्बन्ध र प्रणय प्रसंगका लागि उत्तम समय रहेकोछ। कुनैपनी रोकिएका कार्यहरुलाई दोहोर्याएर प्रयत्नगर्दा कार्य संपादन हुनेछन। तपाईका शुभ चिन्तकहरुले तपाईलाई पूर्ण साथ दिनेछन। मनमा हर्ष उमंग र उत्साहले पूर्णहुनेछ। तर साताको उत्तरार्धमा भने सामान हराउन सक्नेछ। कार्यसंपादनमा समस्या आउनेछ। तपाईको व्यस्तता पनी बढेर जानेछ। ५ र ९ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। सरस्वती माताको अराधना पस्चात गरेका कार्यले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

5270EBBF 03AD 4605 9CD1 2790EA165C5A

तुला राशिः- रा रि रु रे रो ता ति तु ते  

यो साता तपाईलाई महिला मित्रहरुबाट बिषेश सहयोग मिल्नेछ। शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल दिनेछ। दाम्पत्य जिवन सुखमय हुनेछ। छोटो तर लाभदायक यात्रा हुनेछ। अतिथीको रुपमा मान सम्मान र सत्कार पाप्त हुनेछ। कुटनीतिक कार्यमा सफलता मिल्नेछ। कुनैपनी नयॅा कार्य योजना बन्नेछन। ४ र ८ शुभ अंक रहेका छन भने तपाईका कुल देवताहरुको आराधन पस्चात गरेका कार्यले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

4B79A69F 4834 42BB 86D8 66C044CBC56E

वृश्चिक राशिः- तो ना नी नु ने नो या यि यु

यो साता तपाईको लागि व्यवसायीक कार्यको लागि यात्रा हुने योग रहेको छ। सामाजीक कार्यहरु सहज रुपमा अगाडि बढ्नेछन। महिला मित्रहरुबाट बिषेश साथ र सहयोग मिल्नेछ। यात्रा गर्नमा तपाईको रुचि बढेर जानेछ। तर साताको उत्तरार्धमा भने तपाईको व्यापार व्यवसायमा समस्याहरु आउनेछन। तपाईको पारिवारिक साथै घरायसी समस्याले सताउनेछन। ४ र ५  शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेकोछ। तपाईका माता पिताको आशिर्वाद लिएर गकेका कार्यहरुले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

0A8BCA82 414D 4986 ADFE 4FC30AB5827C
धनु राशिः- ये यो भा भि भु धा फा ढा भे

यो साता तपाईले आफ्नो अधिकार प्राप्तिकोलागि निकै संघर्ष गर्नुपर्ने देखिन्छ। बैदेशिक क्षेत्रको कार्यमा पनी समस्या एवं ढिलासुस्ति हुनेछ। सामान हराउने वा चोरिहुने संभावना पनी रहेकोछ। तर साताको मध्यबाट भने तपाईका रोकिएका कार्यहरु सहजै अगाटि बढ्नेछन। शुभ समाचारहरु सुन्न पाउनुहुनेछ। सामाजिक क्षेत्रबाट राम्रो साथ र समर्थन पाउनुहुनेछ। कार्य सिद्धिदाता गणेश भगवानको आराधना गरि गरेका कार्यले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

74F8ADE1 B89F 4060 AB00 ED174C539A48

मकर राशिः-  भो जा जि जु जे जो ख खि खु खे खो गा गि

यो साता तपाईका दाजुभाई एवं दिदीबहिनिले तपाईको साथ सपोर्ट गर्नेछन। तपाईका दैनिक कार्यहरुमा प्रगती हुनेछ। तपाईको लगनशील भएर कामगर्ने बानीले कामहरु सहजै अगाडि बढ्नेछन। यो साता तपाईले काम गरेर नाम राख्ने समय आएको छ।  कला साहित्य तथा संगितमा तपाईको रुचि बढ्नेछ। सन्तान सुखको योग समेत रहेकोछ। स्वास्थ्यको ख्याल गर्नुहोला। २ र ६ शुभ अंक रहेका छन भने नीलो रंग शुभ रंगमा परेको छ। तपाईका  पितृहरुको आराधना गरी गरेका कार्यहरुले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

6210C06B 5597 4051 95C6 56DBDC566971

कुम्भ राशिः- गु गे गो सा सि सु से सो द

यो साता तपाईका कुटनीतिक क्षेत्रको काम सहजै अघि बढ्नेछन। कुनैपनी प्रतिस्पर्धाका कार्यहरुमा सफल हुनुहुनेछ। कुनैपनी पुराना तथा रोकिएका कार्यहरुलाई दोहोर्याएर प्रयत्न गर्दा कार्य संपादन हुनेछन।  तर साताको उत्तरार्धबाट भने शैक्षिक क्षेत्रका कार्यहरुमा रुचि घट्नेछ। प्रेममा बाधा आउनेछ। बन्नलागेको काम पनी बिग्रने योग रहेकोछ। ३ र ७ शुभ अंक रहेका छन भने सुन्तला रंग शुभ रंगमा परेकोछ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलतामा पुर्याउनेछन।

 

00C28400 35D3 47F5 B5B7 9C64B8FA69A4

मीन राशिः- दि दु थ झ ञ दे दो चा चि

यो साता तपाईकोलागि नयॅा सवारी साधन प्राप्तिको योग रहेकोछ। दाम्पत्य जिवन सुखमयसाथ अगाडि बढ्नेछ। लामो समयदेखि रोकिएका अधुरा कार्यहरुलाई दोहोर्याएर प्रयत्न गर्दा कार्य संपादन हुनेछन। तपाईले चिताएका शुभ र राम्रा कार्यहरुले तिब्रताका साथ अगाडि बढ्नेछन। प्रेम र मित्रताको बन्धन कस्नका लागि उत्तम समय रहेकोछ। ४ र ५ शुभ अंक रहेका छन भने ध्यू रंग शुभ रंगमा परेको छ। श्रीमान श्रीमती सरसल्लाह गरेर गरेका कार्यले तपाईलाई सफलतामा पुर्याउनेछन।

राशिफलले जे जस्तो फलित गरेतापनी तपाई आफ्नो कर्ममा बिश्वास गरेर अगाडि बढेमा सफलता तपाईको हातमा हुनेछ।

यो साता तपाईंको शुभ रहोस।

सर्वे भवन्तु सुखिनः सर्वे सन्तु निरामया।
सर्वे भद्राणि पश्यन्तु मा कश्चित् दुःखभाग् भवेत्।।

जयतु संस्कृतम जयतु सनातनम हरि ॐ


Translate »