फलित ज्योतिषः- नारायण भण्डारी
मेष राशिः- चु चे चो ला ली लु ले लो अ
यो साता तपाईलाई महत्वपूर्ण कामको जिम्मेवारी प्राप्त हुनेछ। बैदेशिक क्षेत्रको काम अगाडि बढ्नेछ। तपाईबाट टाढा रहेका आफन्त एवं साथीभाई संग प्रतक्ष वा प्रविधीको माध्यमबाट पूरनर्मिलन हुनेछ। सांगितिक कार्यक्रमहरुमा सहभागी हुने योग रहेको छ। मिष्ठान्न भोजनको योग पनी रहेको छ। तर साताको मध्यवाट भने मनमा नैरास्यता उत्पन्न हुनेछ। झन्झटिलो काममा समय व्यतित हुनेछ। १ र २ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेको छ। कार्यशिद्दिदाता गणेश भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन।
वृष राशिः- ई उ ए ओ वा वि वु वे वो
यो साता तपाईलाई रमाईलो र सुखद यात्राको योग रहेको छ। प्रेम र मित्रताको वन्धन कसिने छ। शुभ कार्यको चर्चा चल्नेछ। आर्थिक अवस्था मजवुत हुदै जानेछ। साथी भाईको राम्रो साथ सहयोग रहनेछ जसले गर्दा तमाम कामहरु सम्पन्न गर्न सक्नुहुनेछ। दाम्पत्य जिवन सुखमयका साथ अगाडि बढ्नेछ। शुभ कार्यको चर्चा चल्नेछ। व्यवसायमा राम्रो उन्नती प्रगती हुनेछ। २ र ५ शुभ अंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेको छ। भोलानाथ भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन।
मिथुन राशिः- का कि कु घ ङ छ के को ह
यो साता तपाईलाई धन आर्जनका नयॅा नयॅा श्रोतहरु पत्ता लाग्नेछन। बैदेशिक क्षेत्रको काम अगाडि बढ्नेछ। लामो समयदेखि रोकिएका कामहरुलाई पुनः दोहोर्याएर प्रयत्नगर्दा कार्य संपागन हुवेछन। प्राविधिक क्षेत्रको कार्य अगाडि बढ्नेछन। तर मध्य साताबाट भने तपाईको मन अस्थिर रहने छ। शेयरमा लगानी नगर्नुहोला। तपाई आफुलाई कमजोर भएको महसुस गर्नुहुनेछ। ३ र ६ शुभ अंक रहेका छन भने कालो रंग शुभ रंग रहेको छ। माता वंगलामुखिको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन।
कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो
यो साता तपाईलाई धर्म कर्म तथा समाजसेवामा रुचि बढ्नेछ। रमाईलो र सफल यात्राको योग रहेको छ। मित्रताको वन्धन कस्न उत्तम समय रहेको छ। तपाईले चिताएका शुभ र राम्रो ईच्छा आकांक्षा पूर्ण हुनेछन। तपाइका नजिकका मित्रहरुसंग पूनर्मिलन हुनेछ। स्वास्थ्यको भने ख्याल गर्नुहोला नोकरीमा मान सम्मान र पदोन्नतीको योग रहेको छ। ६ र ८ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कामले तपाईलाई लाभ मिल्नेछ।
सिंह राशि ः- मा मि मु मे मो टा टि टु टे
यो साता तपाईलाई कला संगित र साहित्यमा रुचि बढ्नेछ। शुभ कार्यको चर्चा चल्नेछ। रमणिय र सुखद यात्राको योग पनी रह्को छ। तपाईका सत्रुहरु घट्नेछन। तपाईका आफन्त र साथीभाईको साथ सहयोग उल्लेख्य कार्यहरु गर्न सक्नुहुनेछ। स्वास्थ्यमा गडबढि आउनेछ। बिषेश गरी नाक कान र घाटिमा सम्स्या देखा पर्ने छन। ४ र ९ शुभ अंक रहेको छन भने सुन्तला रंग शुभ रंगमा परेको छ। माता पिताको आशिर्वाद लिएर गरेका कामले तपाईलाई बढि सफलता दिलाउनेछन।
कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईका बिरोधीहरुले तपाईलाई तल पार्न हरसमय प्रयास गर्नेछन। तपाईले गरेका काममा ढिला सुस्ती हुनेछन। बेसुरमा वचन दिनाले तपाईलाई अप्ठ्योरो पर्न सक्छ। तपाईले सोचे आटेका र ताके अनुसारका काम नबन्नाले तपाईलाई दिक्क लाग्नेछ। तर साताको उत्तरार्धमा भने धार्मिक कृत्यको योग रहेको छ। पारिवारिक जमघट हुने योग रहेको छ। तपाईका दैनिक कार्यहरुमा प्रगती हुदै जानेछ। ५ र ८ शुभ अंक रहेका छन भने गुलावी रातो रंग शुभ रंगमा परेको छ। तपाईका ईश्टदेवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।
तुला राशिः- रा रि रु रे रो ता ति तु ते
यो साता तपाईलाई धार्मिक कार्यमा रुचि बढ्ने छ। तपाईले आटे ताकेका कामहरु सहजै अगाडि बढ्ने छन। छोटो दुरिको लाभदायक यात्रा हुनेछ। तपाईको घरमा अतिथिको आगमन हुनेछ। नसोचेको ठाउबाट धनआगमन हुनेछ।स्वास्थ्य प्रती निकै चनाखो हुनुहोला। ४ र ७ शुभअंक रहेका छन भने खैरो रंग शुभ रंगमा परेको छ। तपाईका ईष्ट देवताको आराधना पस्चात गरेका कामले तपाईलाई इयअत्याधिक सफलता दिलाउने छन।
वृश्चिक राशिः- तो ना नि नु ने नो या यि यु
यो साता तपाईको नयॅा साथीसंग भेटघाट हुनेछ। आफ्नै बुद्दि बिबेकमा बिभिन्न कार्यहरु संपन्न हुनेछन। लामो समयदेखी रोकिएका कार्यहरुलाई पुनः दोहोर्याएर प्रयत्न गर्दा तपाईलाई सफलता मिल्नेछ। तर मध्य साताबाट तपाईले आफुलाई एक्लो एवं कमजोर भएको महशुस गर्नुहुनेछ । अनावस्यक ठाउमा धन खर्च हुनेछ। २ र ६ शुभ अंक रहेका छन भने घ्युरंग शुभ रंगमा परेका छन। भगवान भोलेनाथको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।
धनु राशिः- ये यो भा भि भु धा फा ढा भे
यो साता तपाईलाई शैक्षिक प्रगती हुवे योग रहेको छ। शुभ यात्राके योग रहेको छ। आदर्श व्याक्तिहरुसंगको सहकार्यले तपाईलाई नयॅा ज्ञान सिक्ने मौका मिल्नेछ। तपाई धार्मिक कृत्य एवं मनोरंजनका कार्यहरुमा सहभागि हुने योग रहेको छ। सन्तान सुख प्राप्त हुनेछ। तर साताको मध्यवाट भने घराईसी झै झमेलामा पर्ने योग रहेको छ। तपाईको मन दोधार हुनेछ। आफु एक्लो एवं कमजोर भएको महसुस गर्नुहुनेछ। १ र ५ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेको छ। भगवान नारायणको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउनेछन।
मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो साता तपाईले बोल्दा वा ठट्टागर्दा निकै सतर्कताका साथ बोल्नुहोला तपाईको बोलिको बिपरित अर्थ लाग्नेछ। स्वास्थ्यमा समस्या देखापर्ने छ। नगद लगानी नगर्दा नै उत्तम हुनेछ। तर मध्य साताबाट भने तपाईले उपहार पेरापेत गर्ने योग रहेको छ। साथीभाई र प्रियजन संगको सहकार्यले तपाईको मन प्रसन्न हुनेछ। ३ र ७ शुभ अंक रहेका छन भने गुलावीरंगको रातो रंग शुभ रंगमा परेको छ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता हात लाग्नेछ।
कुम्भ राशि ः- गु गे गो सा सि सु से सो द
यो साता तपाईलाई तपाईका परिवारको पूर्ण साथ समर्थन रहनेछ। शैक्षिक क्षेत्रमा उन्नती र प्रगतीको समाचार सुन्न पाउनुहुनेछ। तपाईलाई मनपर्ने वस्त्रालंकारहरु उपहारको रुपमा प्राप्त हुवेछन। प्रेममा माधुर्यता छाउने छ। स्वास्थ्य प्रती भने निकै ख्याल गर्नुहोला अन्यथा विरामी पर्न सक्ने योग रहेको छ। ४ र ६ शुभ अंक रहेका छन भने कालो रंग शुभ रंगमा परेको छ। पवनपुत्र हनुमानको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।
मीन राशिः- दि दु थ झ ञ दे दो चा चि
यो साता तपाईका शुभ र राम्रा ईच्छा आकांक्षाहरु पूर्ण हुनेछन। सामाजिक एवं धार्मिक कार्यहरुमा रुचि बढ्नेछ। रमाईलो र स्मरण योग्य यात्रा हुने योग पनी रहेको छ। पारिवारिक जमघट हुनुको साथै रमाईलो वातावरण पनी बन्ने छ। प्रेममा सफलता प्राप्त हुने योग रहेको छ। खानपान एवं दैनिक व्यवहारमा निकै चनाखो रहनुहोला अन्यथा विरामी पर्नसक्ने योग रहेको छ। ४ र ९ शुभ अंक रहेका छन भने सेतो रंग सुभ रंगमा परेको छ। तपाईका कुल देवताको आराधना पस्चात गरेका कामले तपाईलाई सफलता दिलाउने छन।
यो साता तपाईको शुभ रहोस राशिफलले जे जस्तो फलित गरेता पनी तपाई आफ्नो कर्ममा विश्वास गरेर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा हुनेछ।
जयतु संस्कृतम जयतु सनातनम हरि ॐ