फलित ज्योतिषः- नारायण भण्डारी
मेष राशि:- चु चे चो ला लि लु ले लो अ
यो साता तपाईको आर्थिक अवस्थामा निकै सुधार हुनेछ। सामाजिक एवं धार्मिक कार्यमा रुचि बढ्नेछ। नयॅा ज्ञान सिक्ने मौका मिल्नेछ। कुनैपनी नयॅा काम वा रचनात्मक कार्यमा जुटने समय आएकोछ। शेयर बजारको लगानी तपाईको लागि शुभ हुनेछ। नयॅा नयॅा ठाउको भ्रमण हुनेछ। कुटनैतिक क्षेत्रको काम पनी अगाडि बढ्नेछ। २ र ३ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेको छ। तपाईका आदर्श व्याक्तिको सर सल्लाह लिएर गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।
वृष राशिः- इ उ ए ओ वा वि वु वे वो
यो साता तपाईको लागि आफुभित्र लुकेर रहेको क्षमता प्रदर्शन गर्ने वेला आएको छ। राजनीतिक कार्यमा तपाईलाई सफलता मिल्नेछ। श्रीमान श्रीमतीको विचमा सर सल्लाह गरेर गरेका कामले तपाईलाई सफलता दिलाउनेछन। भाग्यले विभिन्न अवसर जुराउनेछ। सांगीतिक कार्यक्रमहरुमा सहभागि भएर मनोरञ्जन प्राप्त गर्ने योग रहेको छ। ४ र ७ शुभ अंक रहेका छन भने हरियो रंग शुभ रंगमा परेको छ। नारायण भगवानको आराधना गरी गरेको कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछ।
मिथुन राशिः- का कि कु घ ङ छ के को ह
यो साता तपाईको खर्चमा अनावस्यक वृद्धिहुनेछ। स्वास्थ्यमा गडबढि आउनेछ। बिबिध झैझमेलामा पर्न सक्ने योग रहेको छ। भने व्यर्थैको यात्रा हुनेछ। तर साताको मध्यवाट भने तपाईका आफन्तले गरेको कार्यमा मन रमाउनेछ। एउटा कामबाट दोहोरो फाईदा मिल्नेछ। परोपकार एवं धर्मकर्म र सामाजीक कार्यमा मन लाग्नेछ। ४ र ५ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेको छ। तपाईका कुल देवताको आराधना गरी गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।
कर्कट राशिः- हि हु हे हो डा डि डु डे डो
यो साता तपाईको बिधा र बुद्धिको बिकाश हुनेछ। तपाईको फसेको धन हातपर्ने योग रहेको छ। राजनैतिक एवं सामाजीक कार्यमा रुचि बढ्नेछ एवं मानसम्मान प्राप्त हुने योग रहेको छ। तपाईले आटे ताकेका शुभ र राम्रा कार्यहरुले पूर्णता पाउनेछन। नोकरीमा पदोन्नती एवं मान सम्मान पाउने योग रहेकोछ। व्यवसायिक रमणिय र शुखद यातेराको योग रहेकोछ। मनमा शान्ति एवं मुहारमा क्रान्ति छाउनेछ। ३ र ५ शुभ अंक रहेका छन भने गुलावि रंग शुभ रंगमा परेको छ। माता दुर्गा भवानीको आराधना गरी गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछ।
सिंह राशिः- मा मि मु मे मो टा टि टु टे
यो साता तपाईको आफ्नै बुद्धि बिबेकमा बिभिन्न कार्यहरु सम्पादन हुनेछन। धार्मिक क्षेत्रको यात्रा हुनेछ। तपाईको फसेको रकम उठने तथा उठ्नुपर्ने रकम हातलागि हुने योग रहेकोछ। तर साताको उत्तरार्धमा भने यात्रा गर्दा निकै सावधानि अपनाउनुहोला। धेरै महत्वपूर्ण अवसरहरु गुम्न सक्ने योग रहेको छ निकै सावधानि पूर्वक अगाडि बढ्नुहोला। ३ र ६ शुभ अंक रहेका छन भने पहेलो रंग शुभ रंगमा परेको छ। तपाईका ईष्ट देवताको आराधना गरी गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछ।
कन्या राशिः- टो पा पि पु ष ण ठ पे पो
यो साता तपाईको दाम नाम र प्रतिष्ठा कमाउने बेला आएकोछ। लामो समय देखि रोकिएका कार्यहरुलाई दोहोर्याएर प्रयत्नगर्दा कार्य संपादन हुनेछन।बिभिन्न सांस्कृतिक कार्यक्रमहरुमा सहभागि भएर मनोरञ्जन हासिल गर्न सकिनेछ। नविन कार्यको सुरुवात गर्ने योग रहेको छ। व्यापार व्यवसायको क्षेत्रमा राम्रो उन्नति प्रगती हुने योग रहेकोछ। २ र ७ शुभ अंक रहेको छन भने सुन्तला रंग शुभ रंगमा परेको छ। भैरवनाथ भगवानको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछ।
तुला राशिः- रा रि रु रे रो ता ति तु ते
यो साता तपाईला विभिन्न चुनौतिहरुको सामना गरी गलत कुराको निर्णय लिन सक्ने योग रहेको छ निकै साबधानिपूर्वक अगाडि बढ्नुहोला। तपाईका महत्वपूर्ण कार्यहरुमा बाधा व्यवधान आईपर्ने छन। तपाईले गरेका कुनैपनी कार्यमा ढिलासुस्ती हुनेछन। तपाईको बोलिको विपरित अर्थ लाग्नेछ।तर साताको मध्यवाट भने तपाईले छोटो समयमा निकै राम्रो प्रगति गर्न सक्नुहुनेछ।मनमा आनन्द मिल्नेछ। आर्थिक अवस्था मजबुत हुनेछ। ३ र ५ शुभ अंक रहेका छन भने सेतो रंग शुभ रंगमा परेकोछ। सूर्यनारायण भगवानलाई दर्शन वा जलार्पण गरी गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।
वृश्चिक राशिः- तो ना नि नु ने नो या यि यु
यो साता तपाईको भाग्योदय हुनेछ। प्रेम र दाम्पत्य जिवन सुमधुर रुपमा अगाडि बढ्नेछ। वित्तिय संघसंस्थाबाट सहयोग प्राप्त हुनेछ। कल्पना नै नगरेको ठाउबाट धनागमन हुनेछ। तर साताको मध्यमा भने तपाईले आटे ताकेका कार्यहरु सहजरुपमा अगाडि नबढ्नाले तपाईलाई दिक्क लाग्नेछ। नगद लगानी गरेर गरेका कार्यले तपाईलाई प्रतिफल राम्रो दिनेछैनन। शेयर वजार पनी तपाई अनुकुल नहोला। २ र ४ शुभ अंक रहेका छन भने बैजनी रंग शुभ रंगमा परेको छ। तपाईका माता पिताको आशिर्बाद लिएर गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछ।
धनु राशिः- ये यो भा भि भु धा फा ढा भे
यो साता तपाईलाई शुभ कार्यमा सरिक हुने अवसर मिल्नेछ। दोधारिएर पनी गरेका निर्णयले तपाईलाई फाईदा दिनेछन। लामो समयदेखि रोकिएका कार्यहरुले पूनः संचालनमा आउनेछन। तर मध्य साताबाट भने तपाईले पुजि बजारमा लगानी गर्दा निकै विचार पुर्याउनुपर्नेछ। घरायसि कामकाजमा समय व्यतित गर्नुपर्नेछ। स्वास्थ्य प्रतीपनी सचेत रहनुहोला। १ र ४ शुभ अंक रहेका छन भने आकाशे निलो रंग शुभ रंगमा परेको छ। नवग्रहहरुको आराधना पस्चात गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछ।
मकर राशिः- भो जा जि जु जे जो ख खि खु खे खो गा गि
यो साता तपाईलाई कुनै कुराले मनमा आनन्द एवं खुसिपनी दिलाउनेछ। राजनीतिक एवं सामाजिक कार्यमा ख्याति कमाउने बेला आएकोछ। भौतिक सुख सुविधाका साधनहरु जोड्ने समय आएकोछ। तर साताको उत्तरार्धमा भने तपाईको लागि बैदेशिक क्षेत्रको कार्यमा बाधा व्यवधान आईपर्नेछन। सोचे अनुरुपका कार्य नबन्नाले दिक्क लाग्नेछ। मन खिन्न हुने अवस्थाको श्रृजना हुनेछ। ३ र ७ शुभ अंक रहेका छन भने कालो रंग शुभ रंगमा परेको छ। पवनपुत्र हनुमानको आराधना गरी गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।
कुम्भ राशिः- गु गे गो सा सि सु से सो द
यो साता तपाईलाई सुन्दर एवं पर्यटकिय स्थलको भ्रमणले मन लोभ्याउनेछ। लामो समयदेखि रोकिएका कार्यहरुलाई पूनः दोहोर्याएर प्रयत्नगर्दा कार्य संपादन हुनेछन। तपाई प्रेमी प्रेमीका बिच रमाईलो वातावरण बन्नेछ। कुटनैतिक क्षेत्रको कार्य अगाडि बढ्नेछ। तपाईका सन्तानहरुबाट साथ सहयोग मिल्नेछ। तपाईको वाकपटुताले विभिन्न कार्यहरु सहजै सम्पन्न हुनेछन। १ र ३ शुभ अंक रहेका छन भने रातो रंग शुभ रंगमा परेकोछ। भोलानाथ भगवानको आराधना गरी गरेका कार्यले तपाईलाई सफलता तर्फ डोर्याउनेछ।
मीन राशिः- दि दु थ झ ञ दे दो चा चि
यो साता तपाईलाई नयॅा काम पाईने तथा रोजगारी प्राप्तहुने योग रहेकोछ। बिभिन्न कार्यक्रमहरुमा तपाईलाई नेतृत्वदायी भुमिका प्रदान गरिनेछ जसले गर्दा तपाईले आफ्नो कला कैशलले उक्त कार्यलाई सहजै अगाडि बढाउन सक्नुहुनेछ। तर साताको मध्यवाट भने तपाईलाई अरुले गरेका कार्यमा चित्त नवुझन सक्छ संयमता पूर्वक अगाडि बढ्नुहोला। अरुको कुरालाई पनी सुनेर अगाडि बढ्ने वानी गर्नुभयो भने तपाईलाई जिवनमा सहजता मिल्नेछ। ४ र ५ शुभ अंक रहेका छन भने क्रिमकलरको रंग शुभ रंगमा परेकोछ। तपाईका ईष्टदेवताको आराधना गरी गरेका कामले तपाईलाई सफलता तर्फ डोर्याउनेछन।
राशिफलले जे जस्तो फलित गरेता पनी तपाई आफ्नो कर्ममा बिश्वास गरेर अगाडि बढ्नुहोला सफलता तपाईको हातमा हुनेछ।
”यो साता तपाईको शुभ रहोस”
”जयतु संस्कृतम जयतु सनातनम हरि ॐ”